सम्पर्क

कलेजो रोगबाट पीडित बिक्रम तामाङलाई ५४ हजार ५ सय रुपैयाँ सहयोग

बलेफी गाउँपालिका–५ बिन्जेल निवासी कलेजो रोगबाट पीडित बिक्रम तामाङलाई उपचारका लागि रु. ५४ हजार ५ सय आर्थिक सहयोग गरिएको छ । बलेफी गाउँपालिका–४ का रास्वपा सभापति कृष्ण बहादुर गुरुङ (सुमन) को सहकार्यमा पोर्चुगलमा रहेका गनि गुरुङ, हाल एनआरएनए पोर्चुगलका उपाध्यक्ष तथा प्रवक्ताको पहलमा उक्त रकम संकलन गरिएको हो । संकलित रकम बिरामी बिक्रम तामाङलाई उहाँकै हातमा बलेफी गाउँपालिका–५ का रास्वपा सभापति रमेश पौडेललाई हस्तान्तरण गर्न लगाईएको थियो । रकम हस्तान्तरणका क्रममा ४ का सभापति कृष्ण बहादुर गुरुङ (सुमन)सहित स्थानीय भद्रभलाद्मी तथा गाउँका अगुवाहरूको उपस्थिति रहेको थियो ।
आर्थिक अवस्था कमजोर भएका बिरामी तामाङको उपचारमा केही राहत पुगोस् भन्ने उद्देश्यले विदेशमा रहेका नेपालीहरूको सहकार्यमा सहयोग रकम जुटाइएको बताइएको छ । मानवीय सेवाको भावनासहित गरिएको उक्त सहयोगले उपचाररत तामाङ तथा उहाँको परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ ।