सम्पर्क

भारी वर्षाको सम्भावना, सिन्धुपाल्चोकमा सतर्कता अपनाउन आग्रह

आगामी असोज ९ देखि ११ गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन
आग्रह गरेको छ । मंगलबार साहयक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माद्धारा जारी विज्ञप्तीमा नेपाल मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिनअनुसार जिल्लाका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षा हुनसक्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम बढ्ने जनाएको छ । प्रशासनले अत्यावश्यकबाहेक रातिको समयमा यात्रा नगर्न, जोखिमयुक्त सडक तथा पहिरो सम्भावित क्षेत्रमा सावधानी अपनाउन र खोला तथा नदी किनारका बस्तीका बासिन्दालाई विशेष सतर्क रहन आग्रह गरेको छ ।
यस्तै, स्थानीय तह, सुरक्षा निकाय र विपद् व्यवस्थापनसँग सम्बन्धित निकायलाई आवश्यक तयारी अवस्थामा रहन तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।