अपाङ्गता भएका व्यक्तिहरूको पहुँच, अधिकार र समावेशीकरण अभिवृद्धि गर्ने उद्देश्यले मेलम्ची नगरपालिकामा सञ्चालित चारवर्षे परियोजनाको प्रगति तथा आगामी कार्ययोजनामाथि छलफल गरिएको छ । ह्याण्डीक्याप इन्टरनेशनलको सहयोगमा टुकी संघ सुनकोशीले सञ्चालन गर्दै आएको ‘अपाङ्गता भएका व्यक्तिहरूको पहुँच वृद्धि परियोजना’ अन्तर्गत स्थानीय परियोजना सल्लाहकार समितिको बैठकमा हालसम्म भएका कामको प्रगति समीक्षा गर्दै आगामी वर्षका कार्यक्रमबारे छलफल गरिएको हो । चार वर्षका लागि सञ्चालनमा रहेको परियोजनाको कुल बजेट २ करोड ४ लाख ३ हजार ९ सय ४ रुपैयाँ रहेकोमा हालसम्म १ करोड ५७ लाख २१ हजार ८ सय १४ रुपैयाँ खर्च भएको जानकारी बैठकमा दिइएको थियो ।
परियोजनाअन्तर्गत मेलम्ची नगर अस्पतालमा फिजियोथेरापी तथा शारीरिक पुनर्स्थापना सेवा, आर्थिक तथा वित्तीय समावेशीकरण, जलवायु परिवर्तन अनुकूलन तथा विपद् उत्थानशीलता अभिवृद्धि, सामाजिक सुरक्षा अभिवृद्धिलगायतका कार्यक्रम सञ्चालन भइरहेका छन् । बैठकमा परियोजनाले गत आर्थिक वर्षमा सञ्चालन गरेका विभिन्न क्रियाकलाप, उपलब्धि तथा प्रगतिबारे परियोजना संयोजक महेन्द्र कार्कीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले आगामी वर्ष सञ्चालन गरिने कार्यक्रम तथा योजनाका विषयमा समेत जानकारी गराउनुभएको थियो । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सामाजिक संस्थाहरूले सरकारले गर्नुपर्ने काममा सहजीकरण गर्दै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो । उहाँले नगरपालिकाले संस्थासँग आवश्यक समन्वय गर्दै आगामी दिनमा पनि सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरपालिकाका उपप्रमुख उमा प्रधानले अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा टुकी संघले सकारात्मक काम गरिरहेको बताउँदै यस्ता कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तह, सामाजिक संस्था र सरोकारवाला निकायबीच निरन्तर सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत अनुषा कोइरालाले समन्वयात्मक रूपमा कार्यान्वयन गरिएका योजनाहरू सफल भएका उदाहरण प्रस्तुत गर्दै अपाङ्गता भएका व्यक्तिहरूका लागि सञ्चालित कार्यक्रमलाई प्रभावकारी बनाउन नगरपालिकाले आवश्यक सहकार्य गर्ने बताउनुभयो । टुकी संघ सुनकोशीका अध्यक्ष माधवप्रसाद पौडेलले परियोजना केवल सेवा प्रवाहमा सीमित नभई अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, समावेशीकरण र पहुँचका विषयमा अभियानकै रूपमा अघि बढिरहेको बताउनुभयो । उहाँले परियोजनालाई थप प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । स्थानीय परियोजना सल्लाहकार समितिको बैठकमा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, परियोजनाका प्रतिनिधि तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो ।