लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण
लायन्स क्लब अफ काठमाडौं डाँफेले शुभदीपावलीको पावन अवसरमा सञ्चालन गरिएको देउसी–भैंलो कार्यक्रमबाट संकलित रकम सामाजिक उत्तरदायित्वअन्तर्गत उपयोग गर्दै मेलम्ची नगरपालिका–३ मा अवस्थित श्री कालिकाशरण आधारभूत विद्यालयका बालबालिकालाई अध्ययन तथा शैक्षिक वातावरण सुदृढीकरणका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ।
आज मिति २०८२ मंसिर २१ गते, शनिवार, आयोजित एक सरल कार्यक्रममा विद्यालयका कलिला विद्यार्थीहरूलाई न्यानो कपडा, खेलकुद सामग्री तथा क्ष्ऋत् टुल ‘प्रोजेक्टर’ हस्तान्तरण गरिएको सामाजिक अभियन्ता तथा पत्रकार दिप खतिवडाले जानकारी दिनुभयो। उहाँका अनुसार क्लबले संकलित रकमलाई समुदायमै प्रत्यक्ष लाभ पुग्ने गरी उपयोग गर्नु क्लबको उद्देश्य रहँदै आएको छ।
कार्यक्रमको क्रममा लायन्स क्लब अफ काठमाडौं डाँफेका अध्यक्ष भिमसेन खतिवडाले भन्नुभयो— “समुदायका बालबालिकाको सिकाइ, स्वास्थ्य र आत्मविश्वास वृद्धिमा ...



