सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नम्बर १ मा विभिन्न राजनिती दल परित्याग गर्दै बिभिन्न नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको समाचार पप्त भएको छ । रास्वपा सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले तथा नेकपामा आबद्ध नेता–कार्यकर्ताहरूले संयुक्त रूपमा पार्टी त्यागेको घोषणा गर्दै रास्वपामा प्रबेस गरेको रास्वपा ले जनाएको छ ।
यसरी प्रबेश गर्नेहरूमा काँग्रेसकी महिला नेतृ लिला नेपाल, एमाले नेता जेपी सिल्वाल, नेकपा नेता चिनलाल श्रेष्ठ लगायतका रहेको जनाइएको छ । प्रबेश कार्यक्रमका प्रमुख अतिथि तथा रास्वपा उपसभापति डिपी अर्याल ले वर्तमान चुनावलाई “देश बनाउने र बन्न नदिने शक्तिबीचको निर्णायक प्रतिस्पर्धा” को रूपमा चित्रण गरे। उनले उपस्थित कार्यकर्तालाई आफ्नो मोबाइल सम्पर्क सूचीमा रहेका सबैलाई फोन वा सन्देशमार्फत घण्टी चिन्हका उम्मेदवारलाई समर्थन गर्न आग्रह गर्नु भयो ।यसैगरी, रास्वपाका समानुपातिक उम्मेदवार प्रमोद न्यौपाने ले पार्टीका सबै सदस्य र समर्थकले आफू नै उम्मेदवार भएको भावनासहित मैदानमा खटिनुपर्ने बताउँदै देशभर दुई तिहाइ बहुमतका साथ जित सुनिश्चित गर्ने लक्ष्य रहेको बताउँनु भयो । कार्यक्रममा वक्ताहरूले परम्परागत राजनीतिक अभ्यासप्रति जनताको असन्तुष्टि बढ्दै गएको दाबी गरे। सुशासन, पारदर्शिता र जवाफदेहिताको मागसँगै नयाँ पुस्ता र परिवर्तन चाहने मतदाता रास्वपातर्फ आकर्षित भइरहेको उनीहरूको भनाइ रहेको थियो।
रास्वपा सिन्धुपाल्चोक–१ का उम्मेदवार भरत पराजुली ले स्थानीय वाचापत्र सार्वजनिक गर्दै मतदाताको मनमा आफ्नो जित सुनिश्चित भइसकेको दाबी गर्दै “अब फागुन २१ मा मत खसाल्न मात्रै बाँकी छ,” भन्नु हुँदै समर्थकहरूलाई कुनै दबाब वा प्रभावमा नडराई खुलेर मतदान गर्न आग्रह गर्नु भयो । श्रोत फोटो खुल्लापनाभिडीयो चित्र मिजार
