पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र स्थापनाका लागि त्याग गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । प्रजातन्त्र दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै उहाँले गरिबी र अस्थिरता नै नेपालको मुख्य शत्रु रहेको औँल्याउनुभएको छ । पूर्वराजा शाहले भन्नुभएको छ, “विगतमा भएका आन्दोलन र सङ्घर्षले ल्याएका परिवर्तनले देश र जनतालाई वास्तवमा के दियो भन्ने आत्मसमीक्षा गर्ने बेला आएको छ ।
अधिकार मात्र खोज्ने, तर कर्तव्य नसोच्ने प्रवृत्ति मौलाउँदै गएको अवस्था छ । त्यसैले सबैले गम्भीर भएर सोच्नुपर्छ ।”एउटा नेपालीले अर्को नेपालीलाई वैरी ठान्ने संस्कृतिको अन्त्य हुनुपर्नेमा पूर्वराजा शाहको जोड रहेको छ ।पूर्वराजा शाहले भिडीयो मार्फत मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति टिप्पणी गर्दै अबको बाटो राष्ट्रिय सहमति हुनुपर्ने बताउँनु भएको छ उहाँले हालको व्यवस्था र राजनीतिक नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि समेत व्यक्त गर्नु भएको छ । उाँहाले प्रजातन्त्र प्राप्तिका लागि राजा र जनता मिलेर गरेको २००७ सालको क्रान्तिको स्मरण गर्दै राष्ट्रपिता श्री ५ त्रिभुवन र सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको छ ।दशकौंदेखिको परिवर्तनले आम नागरिकको जीवनमा उल्लेख्य सुधार ल्याउन नसकेको प्रती चासो देखाउँदै पूर्वराजाले ‘मुलुक यतिबेला अस्वाभाविक छटपटीको भुमरीमा फसेको छ। यस्तो दुःखद परिस्थितिमा आलोपालो भाग लगाएर खाउँ भन्ने सोचले होइन, सबै मिलेर काम गरौँ भन्ने कर्तव्यबोधले मात्र मुलुकलाई नयाँ गति दिन सक्छ भन्नु भएको छ । उँहाले अधिकार मात्र खोज्ने तर कर्तव्य नसोच्ने प्रवृत्तिका कारण देश इतिहासकै कठिन र दर्दनाक स्थितिमा पुगेको बताउँनु भयो ।विगतमा भएका विभिन्न आन्दोलन र संघर्षहरूको सन्दर्भ उठाउँदै उहाँले ती परिवर्तनहरूले नेपाल र नेपालीलाई वास्तवमा के दियो भन्नेबारे अब आत्मा–समीक्षा गर्ने बेला आएको बताउँनु भयो।‘देशको अस्मिता र अस्तित्व नै संकटमा परेको हरेक देशभक्त नेपालीले महसुस भएको बताउँदै सन्देशमा ‘हाम्रो शत्रु विपन्नता र अस्थिरता हो, तर हामी एउटा नेपालीले अर्को नेपालीलाई वैरी ठान्ने अवाञ्छित संस्कृतिमा रुमल्लिरहेका छौँ भन्नु भएको छ । उँहाले अहीलेको अबस्थामा राष्टिय सहमती गरेर मात्र निर्बाचन गर्न आबश्यक रहेको समेत बताउँनु भएको छ ।
