सम्पर्क

समाचार

“SEE २०८२ मा सहभागी विद्यार्थीहरुले शैक्षिक सुधारको लागि ध्यान पुर्‍याउनुपर्ने पक्षहरु”

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
माध्यमिक शिक्षा परीक्षा (SEE) नेपालको विद्यालय शिक्षाको एक महत्वपूर्ण खुड्किलो हो। यो परीक्षा केवल कक्षा १० को अन्त्य मात्र होइन, विद्यार्थीको शैक्षिक यात्रा, अनुशासन, क्षमता र भविष्यको दिशानिर्देशन गर्ने आधार समेत हो। SEE २०८२ मा सहभागी विद्यार्थीहरुले आफूलाई सफल मात्र होइन, समग्र शैक्षिक सुधारको संवाहकको रूपमा पनि स्थापित गर्नुपर्ने आवश्यकता छ। यसका लागि विद्यार्थीहरुले केही महत्वपूर्ण पक्षहरुमा विशेष ध्यान पुर्‍याउनु अत्यावश्यक छ। १. नियमित अध्ययन र समय व्यवस्थापन शैक्षिक सुधारको पहिलो आधार नियमित अध्ययन हो। SEE मा सहभागी विद्यार्थीहरुले परीक्षा नजिकिँदा मात्र पढ्ने बानी त्यागी दैनिक अध्ययनलाई जीवनशैलीको रूपमा विकास गर्नुपर्छ। समय व्यवस्थापनले पढाइलाई व्यवस्थित बनाउँछ। विषयअनुसार समय छुट्याउने, कठिन विषयलाई बढी समय दिने र पुनरावृत्तिका लागि निश्चित समय तोक्ने अभ्यासले अध्ययन प्रभावकार...

प्रतिनिधिसभा निर्वाचन: नेकपाबाट सिन्धुपाल्चोक क्षेत्र नं. १ मा सापकोटा, क्षेत्र नं. २ मा दुलाल सिफारिस

ब्रेकिङ न्युज २, राजनिती, समाचार
आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सिन्धुपाल्चोकले दुवै निर्वाचन क्षेत्रमा युवा नेतृत्वलाई अघि बढाउने निर्णय गरेको छ । पार्टीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट माधव सापकोटा र क्षेत्र नम्बर २ बाट युवराज दुलाललाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको हो । निर्वाचन क्षेत्र नम्बर १ बाट सिफारिस भएका माधव सापकोटा यसअघि पनि प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका अनुभवी नेता हुनुहुन्छ । उहाँले संसदमा रहँदा जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उठाउँदै आउनुभएको थियो । स्थानीय तहका समस्या, विकासका आवश्यकता तथा जनजीविकासँग जोडिएका सवालहरूलाई राष्ट्रिय बहसमा ल्याउने भूमिकामा उहाँ सक्रिय रहँदै आउनुभएको छ । यस्तै, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत बसेको जिल्ला समन्वय समितिको उम्मेदवार सिफारिस बैठकले युवराज दुलाललाई प्रत्यक्षतर्फ...
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रेकिङ न्युज १, समाचार
त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज राजधानीमा सम्पन्न भएको छ । यस वर्ष विभिन्न तहमा उत्तीर्ण भएका ८९ हजार १९१ विद्यार्थीमध्ये १६ हजार ३८० जना दीक्षित भएका छन् । आज काठमाडौँमा आयोजित दीक्षान्त समारोहमा स्नातकदेखि विद्यावारिधिसम्मको शैक्षिक उपाधिसहित १६ हजार ३८० जना विद्यार्थी दीक्षित भएका हुन् ।  शैक्षिक उपाधि पाउनेमध्ये स्नातक तहका ११ हजार २३४, अधिस्नातक १४, स्नातकोत्तरका चार हजार ८६०, दर्शनाचार्य (एमफिल) का १२० र विद्यावारिधिका १५२ विद्यार्थीले आज दीक्षान्त समारोहमा भाग लिएका हुन् । कार्यक्रममा विभिन्न सङ्कायबाट सर्वोच्च नतिजा ल्याउने २२ जना विद्यार्थीलाई दीक्षान्त पदक प्रदान गरिएको थियो ।  समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले ज्ञानलाई सेवासँग, सीपलाई सदाचारसँग र सफलतालाई समाजप्रतिको योगदानसँग जोड्न आह्वान गर्नुभयो । उहाँले चार लाख...

जरायटार सानाकिसान कृषि सहकारीको ५औँ साधारणसभा सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
मेलम्ची–११ स्थित जरायटार सानाकिसान कृषि सहकारी संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष शिवप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न सभामा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्य तथा मेलम्ची–११ का वडा अध्यक्ष चन्द्रबहादुर तामाङ, प्रदेश कृषि सहकारी संघका सचिव तथा जिल्ला कृषि सहकारी संघका अध्यक्ष मित्रलाल चौलागाईं, सचिव रामशरण गिरिलगायतको उपस्थिति रहेको थियो । प्रमुख अतिथि आइतमान तामाङले सहकारीलाई नीतिगत रूपमा सम्भव भएसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मेलम्ची ११ का अध्यक्ष चन्द्रबहादुर तामाङले सहकारीबाट ऋण लिने सदस्यहरूले समयमै ऋण तिर्ने हो भने सहकारी संस्थाहरू समस्यामा नपर्ने भन्दै यस विषयमा सबैले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी जिल्ला कृषि सहकारी संघका अध्यक्ष मित्रलाल चौलागाईंले सदस्यहरूले बीमा तथा बचतलाई प्रा...
आज पनि बढ्यो सुनचाँदीको मूल्य

आज पनि बढ्यो सुनचाँदीको मूल्य

ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ,  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६८ हजार १०० र त्यति नै चाँदीको मोल रू चार हजार ४२० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दुवै धातुको मूल्य हालसम्मको उच्च हो । गत आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ५८ हजार ३००मा र चाँदी रु चार हजार १०५ मा कारोबार भएको थियो । सोमबार दुवै धातुको मूल्यमा उल्लेख्य वृद्धि हुँदै प्रतितोला सुन रु दुई लाख ६१ हजार ७०० सय पुग्यो भने चाँदी रु चार हजार २३५मा कारोबार भएको थियो । मङ्गलबार भारी वृद्धिका साथ एक तोला सुनको मूल्य रु दुई लाख ६७ हजार २०० र चाँदी रु चार हजार २५५ मा किनबेच भएको थियो । अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्य पनि बढेको विश्लेषकहरूले बताएका छन् । अन्तरराष्ट्रिय बजारमा आज एक ...
काठमाडौँको तापक्रम आज यस वर्षकै कम

काठमाडौँको तापक्रम आज यस वर्षकै कम

ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ,  पछिल्ला दिनमा चिसो बढ्दो क्रममा रहेको छ । तराईका कतिपय जिल्लामा बाक्लो हुस्सु र कुहिरो सुरु भएकाले विद्यालय बन्द हुन थालेका छन् । हिमाली क्षेत्रमा हिमपात जारी छ । काठमाडौँ उपत्यकालगायत जिल्लाहरुमा पनि तापक्रम र मौसमको उतारचढाव जारी रहेको छ । सोही क्रममा काठमाडौँको तापक्रम आज यस वर्षकै सबैभन्दा कम रेकर्ड गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मौसमविद् हरिप्रसाद दाहालका अनुसार हिजोको तुलनामा आज काठमाडौँको न्यूनतम तापक्रम झण्डै दुई डिग्रीले घटेको छ । हिजो छ दशमलव आठ न्यूनतम तापक्रम रहेकामा आज घटेर चार दशमलव नौ डिग्रीमा झरेको छ । यो अभिलेख काठमाडौँको यो वर्षकै सबैभन्दा कम न्यूनतम तापक्रम रहेको उहाँले बताउनुभयो । गत मङ्सिर २८ गते काठमाडौँको न्यूनतम तापक्रम पाँच डिग्रीमा झरेको थियो । उहाँका अनुसार आज देशको तराईका धेरै क्षेत्रमै बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको छ । हिमाली क्...

( ज्ञानबहादुर तामाङकोऔपचारिक जीवनी)

अन्तर्वाता, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
शिक्षा कुनै पनि राष्ट्रको समग्र विकासको मेरुदण्ड हो। शिक्षाको गुणस्तर, पहुँच र प्रभावकारिता धेरै हदसम्म शिक्षकको समर्पण, नेतृत्व र दृष्टिकोणमा निर्भर गर्दछ। शिक्षक केवल पाठ्यपुस्तकको ज्ञान दिने व्यक्ति होइन, ऊ समाजको चेतनाको संवाहक, संस्कारको रोपणकर्ता र भविष्यको निर्माता हो। यही आदर्शलाई आफ्नो जीवनको मूल दर्शन बनाउँदै शिक्षा क्षेत्रमा निरन्तर समर्पित व्यक्तित्व हुन्—Gyan Bahadur Tamang(ज्ञान बहादुर तामाङ)। उहाँ हाल श्री गोल्मादेवी माध्यमिक विद्यालय, जितपुर सिन्धुपाल्चोकका प्रधानाध्यापकका रूपमा कार्यरत रहनु भएको छ। १. जन्म तथा पारिवारिक पृष्ठभूमि ज्ञान बहादुर तामाङको जन्म वि.सं. २०३५ साल पौष ७ गते शुक्रबार भएको हो। उहाँका पिता चन्द्रबहादुर तामाङ र माता कान्छीमाया तामाङ हुनुहुन्छ। साधारण, श्रमशील र संस्कारयुक्त परिवारमा जन्मनु भएका तामाङले बाल्यकालदेखि नै इमानदारी, अनुशासन, परिश्रम र जिम्...
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा श्रम संस्कृती पार्टी कमिटी गठन

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा श्रम संस्कृती पार्टी कमिटी गठन

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
 सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकामा श्रम संस्कृती पार्टीको गाउँपालिका कमिटी गठन गरिएको छ। पार्टीका सिन्धुपाल्चोक जिल्ला अध्यक्ष आकाश गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले धनबहादुर नेपालको अध्यक्षतामा ३१ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत रूपमा गठन गरेको हो। पुस ५ गते सम्पन्न उक्त भेलामा पार्टी संगठन विस्तार, श्रममैत्री राजनीति र जनमुखी अभियानलाई स्थानीय तहसम्म विस्तार गर्ने विषयमा व्यापक छलफल गरिएको थियो। भेलापछि उपस्थित पार्टी नेता–कार्यकर्ता तथा सहभागीहरूले स्थानीय बजार क्षेत्रमा श्रम अभियान समेत सञ्चालन गरेका छन्। भेलामा सहभागीहरू धरानका मेयर हर्क साम्पाङको नाम र सन्देश अंकित टिसर्ट लगाएर स्थानीय बजारमा सरसफाई अभियानमा सहभागी भएका थिए। श्रम संस्कृतिको अभ्यास आफैंबाट सुरु गर्ने उद्देश्यले गरिएको उक्त सरसफाई अभियानले स्थानीयस्तरमा सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएक...

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

समाचार
राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेद्वारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन (पहिलो संशोधन) निर्देशिका, २०८२ ले गरेको व्यवस्था बमोजिम राजनीतिक दलले उम्मेद्वारको बन्द सूची पेस गर्दा नयाँ व्यवस्थाअनुसार गर्नुपर्ने आयोगले जनाएको छ । दलित, आदिवासी, जनजाती, खस आर्य, मधेसी, थारु र मुस्लिमको जनसङ्ख्या प्रतिशतको आधारमा सूची पेस गर्नुपर्नेछ । राष्ट्रिय जनगणना, २०७८ को विवरणका आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची १ मा आवश्यक संशोधन गरिएको थियो । पछिल्लो कानुनी प्रबन्धअनुसार, दलित १३ दशमलव ४४ प्रतिशत, आदिवासी जनजाति २८ दशमलव ७२ प्रतिशत, खस आर्य ३० दशमलव २८ प्रतिशत, मधेसी १६ दशमलव १५ प्रतिशत, थारु छ दशम...
लाभगाउँ आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा, शैक्षिक तथा खेलकुद सामग्री वितरण

लाभगाउँ आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा, शैक्षिक तथा खेलकुद सामग्री वितरण

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
लाभगाउँ मेलम्ची नगरपालिका वडा नम्बर ८ स्थीत लाभगाउँ आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा, शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ । कान्छीमाया तामाङ फाउन्डेसनका प्रोप्राइटर डा. दिलबहादुर थोकरको उपस्थितिमा आयोजित कार्यक्रममा विद्यालयका ३० भन्दा बढी विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको हो । कार्यक्रमसँगै सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ३५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । स्वास्थ्य परीक्षणपछि आवश्यक औषधि समेत निःशुल्क वितरण गरिएको छ ।यस्तै, कार्यक्रमको अवसरमा समाजसेवी लाफिङ बुद्ध गुरु शेरबहादुर तामाङले पनि बिद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गर्नुभएको थियो । सिन्धु स्पाइडर युवा क्लबका अध्यक्ष अरुण तामाङ र गायक सुक्री दोङ लगायत काठमाडौमा बसोबार गर्ने वडाका समाजसेवीहरुको पहल तथा ब्यवस्थापनमा भएको उक्त कार्यक्रममा बिद्यालयले सहयोगीहरूलाई सम्मानपत्रसमेत वितरण गरेक...