सम्पर्क

समाचार

आज दिउँसो देशभर असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

ब्रेकिङ न्युज १, समाचार
हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरुमा मेघ गर्जन, चटयाङ र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।...

छाप र लेटरप्याडमा एकरुपता दिँदै बागमती सरकार

ब्रेकिङ न्युज २, समाचार
बागमती प्रदेश सरकारले आफू अन्तर्गतका मन्त्रालय, निकाय र कार्यालयको छाप तथा लेटर प्याडमा एकरुपता कायम गराउने भएको छ । प्रदेश सरकारले माघ १७ गते राजपत्रमा सूचना प्रकाशन गरी सबै निकायमा छाप र लेटर प्याडको एक रुपता कायम गर्ने गरी मापदण्ड तोकेको हो । यस अघि प्रदेशका विभिन्न निकायबाट हुने काममा छाप र लेटर प्याड एकरुपता नभएको पाइएपछि यस्तो निर्णय गरिएको वागमती प्रदेश सरकारका सचिव रुद्र सिंह तामाङले जानकारी दिनुभयो । बागमती प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गरेको छ । लेटर प्याडमा नेपालीमा कालिमाटी फन्ट बोल्ड गर्ने, लेटर प्याडको माथिल्लोमा देखिने बागमती प्रदेश फन्टको साइज १६ र त्यसपछिको मन्त्रालयको नामको फन्ट २४ मा हुनुपर्ने, अन्य सम्बन्धित ठेगानाको फन्ट साइज १४ हुनुपर्ने, चलानी नम्बर र मितिको फन्ट ११ हुनुपर्ने र अन्तिममा फोन नम्बर, इमेल ठेगानाहरुको फन्ट साइज १...

गहुँ पसाउने बेला पनि मलको अभाव, उत्पादन घट्ने किसानको चिन्ता

ब्रेकिङ न्युज २, समाचार
गहुँ पसाउने बेला किसानले मलको अभाव खेप्नुपरेको छ । गहुँको मुख्य सिजनमा रासायनिक मलको अभाव भएपछि किसान चिन्तामा परेका छन् । अहिले एक लाख ३० हजार टन रासायनिक मलको माग छ । तर सरकारी गोदाम रित्तै छन् । चालु आर्थिक वर्षका लागि तीन लाख ९ हजार टन मल खरिदको स्वीकृति भए पनि मल आउने टुङ्गो छैन । कृषि मन्त्री महिन्द्र राय यादवले यसअघि जीटूजी प्रक्रियाबाट मल ल्याउन पहल भइरहेको बताए पनि प्रक्रिया अगाडि बढेको छैन । यसअघि गहुँ छर्ने बेलामा समेत मल नभएपछि किसानले त्यत्तिकै गहुँ छरेका थिए । तर अहिले बाला पसाउने बेला पनि मलको अभाव कायमै छ । दुई सरकारी कम्पनी कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सहकारीमार्फत किसानलाई मल बिक्री वितरण गर्छन् । तर कम्पनीमै मल नभएपछि सहकारीमा मल छैन । मल आपूर्तिमा समस्या भएपछि चैते धानमा समेत रासायनिक मल अभाव हुने निश्चित छ । अन्तर्राष्ट्रिय बजारमै म...

आज रातिदेखि पश्चिमी वायुको प्रभाव बढ्ने

ब्रेकिङ न्युज १, समाचार
आज रातिदेखि पश्चिमी वायुको प्रभाव बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकामा आज रातिदेखि यसको प्रभाव बढ्ने सम्भावना छ । प्रदेश नं १, बागमती, गण्डकी, मधेस प्रदेश र तथा लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश नं १ र गण्डकी प्रदेशका केही स्थानमा सामान्य वर्षाको सम्भावना छ । बिहीबार प्रदेश नं १, मधेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । आंशिक बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहा...

मेलम्चीमा मृत अवस्थामा चितुवा फेला

ब्रेकिङ न्युज १, समाचार
मेलम्ची नगरपालिका वडा नं. ११ दुलालटोल स्थित खोल्सामा चितुवा मृत्त अवस्थामा फेला परेको छ । मृत अवस्थामा फेला परेकोले चितुवालाई आवश्यक कानूनी प्रक्रिया पुरा गरि सव–डिभिजन वन कार्यालय मेलम्चीलाई हस्तान्तरण गरिएको सुचना अधिकारी प्रनाउ दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । चितुवाको मृत्यु कसरी भएको भन्ने अहिले नखुलेको प्रनाउ वस्नेतले जानकारी दिनुभयो ।...

मेलम्ची खानेपानी आयोजनामा गेग्य्रान हटाउन सुरु

ब्रेकिङ न्युज २, समाचार
रासस मेलम्ची खानेपानी आयोजनाका विभिन्न संरचनामा रहेका गेग्य्रान हटाएर पुरिएका संरचना निकाल्न थालिएको छ । आयोजनामा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो प्रालिले गएको वर्षामा पुरिएका संरचना खुलाउन लागेको हो । वर्षामा बाढी र पहिराका कारण पुरिएर रहेका संरचना खुलाएर मर्मत गरेर पुनः काठमाडौं उपत्यकामा खानेपानी ल्याउन तयारीको काम भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । गत शुक्रबारदेखि कम्पनीले दुई चरणमा काम भइरहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । केही दिनमा नै तीन सिफ्टमा हुने र सकेसम्म चाँडो सक्ने गरी तीन ठाउँमा काम गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तीनतीनवटा डोजर राखेर काम भइरहेको जानकारी आएको छ ।” संरचनामा रहेको लेदो सफा गरेर पहिले अम्बाथान अडिट खोलिने सूचना अधिकारी पन्तले बताउनुभयो । त्यो खोल्नासाथ सुरुङको ‘डिवाटरिङ’ गर्न सकिन्छ । सुरुङ खाल...

चोरी डाँका अभियोगमा पक्राउ परेका ४ अभियुक्त पुर्पक्षका लागि थुनामा

ब्रेकिङ न्युज २, समाचार
गत पौष १२ गते नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखा अध्यक्ष जीवन श्रेष्ठको चौतारा पूरानो बजारस्थित घर फोडी चोरीडकैती गरेको अभियोगमा पक्राउ परेका ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत सिन्धुपाल्चोकले आदेश जारी गरेको छ । अभियुक्तहरुले दिउँसोको समयमा नै नगद एक लाख र सुन चाँदीको गरगहना गरि झण्डै १३ लाख बढी चोरीडकैती गरेका थिए । थुनछेक बहस सकिएपछि जिल्ला न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलासले डाँका चोरीको आरोपमा पक्राउ परेकी सुनकोशी गाउपालिका वडा न ६ कि २० बर्षिया कन्चन पराजुली, इन्द्रावती ९ का अनिल तामाङ, बुद्ध तामाङ, र इन्द्रावती १० का मनिष सुन्दासलाई पुर्पक्षका लागि थुनामा राख्न आदेस दिएको हो । चोरीडाँका गरि अभियुक्तहरुले ल्याएको सुनको स्वरुप परिबर्तन गर्ने मेलम्ची र बाहुनेपाटीका सुनचाँदी ब्यबसायी राजेश नगरकोटी र बिजेश श्रेष्ठलाई धरौटीमा रिहा गरिएको छ । घटना लगत्तै अनुसन्ध...

लागुऔषध नियन्त्रणमा प्रहरीको सक्रियता

ब्रेकिङ न्युज १, समाचार
लागु औषध नियन्त्रणमा प्रहरीको सक्रियता पछिल्लो समय बढ्दै गइरहेको छ । ‘विगतको भन्दा प्रहरीको सक्रियता बढ्दो छ ।’ केही प्रकरणमा अनुसन्धान गर्न चुकेको आरोप खेप्न बाध्य नेपाल प्रहरीको साख पछिल्लो समय वढ्दै गएको छ । २० हजार ८ सय १५ क्याप्सुल नियन्त्रित औषध सहित ५ जनालाई विभिन्न मिति र ठाउँबाट लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं सिफल बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका–१ ठेगाना भएको २५ वर्षीय सुनिल भन्ने निमा दोर्जे शेर्पा, काठमाडौं गोकर्णेश्वर बस्ने बझाङ चैनपुर नगरपालिका–८ ठेगाना भएको २९ वर्षीय उमेश कुमार केसी, काठमाडौं चाबहिलस्थित कल्याणकारी मेडिकल हलका संचालक संखुवासभा पाँचखपन गाउँपालिका–७ ठेगाना भएका ३० वर्षीय पेम्वा शेर्पा, नुवाकोट म्यगङ गाउँपालिका–५ ठेगाना भएको ३४ वर्षीय राजाराम दवाडी र काठमाडौं टोखा बस्ने लमजुङ मध्यनेपाल नगरपाल...

स्याउलेमा प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम

ब्रेकिङ न्युज २, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका वडा नंम्बर १ को आर्थिक सहयोग,आदिवासी जनजाति महिला उत्थान केन्द्रको आयोजना र सक्रिय किशोर किशोरी समुहसँगको समन्वयमा दुई दिने प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम सोमबार सम्पन्न भएको छ । कार्यक्रममा आदिवासी जनजाती महिला उत्थान केन्द्रका अध्यक्ष पानमाया तामाङ, प्रमुखअतिथि चौतारा साँगाचोकगढी नगरपालिकाका वडा न.ं१ का वडा सचिव राजबहादुर श्रेष्ठ, अतिथि शोभा उलक,रामशरण अधिकारी ,पुजा तामाङ, निरमाया लामा,किशोर किशोरी,महिला समुहका महिला प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो । प्रस्तवाना तथा प्रतिवेदन लेखन तालमिबाट स्थानिय निकायमा लक्षितवर्गको विनियोजित वजेट प्राप्त गर्नको लागि प्रस्तवानपत्र लेख्न सक्ने कार्यक्रम माग गर्नुपदा पुर्याउन पर्ने प्रक्रिया सम्वन्धी क्षमताको विकास गराउनु थियो । नेतृत्वको आवश्यकता, नेतृत्वको शैली साथै प्रस्तावना लेखन फारम माथि प्रशिक्षक शोभा उल...

बाढिबाट क्षती भएका संरचनाहरुको पुनर्निर्माण तत्काल थाल्न सडक विभागलाई आग्रह

ब्रेकिङ न्युज १, समाचार
पुर्ब मन्त्री एबम् सिन्धुपाल्चोक संघीय निर्वाचन क्षेत्र नम्बर २ बाट निर्बाचित सांसद शेर बहादुर तामाङको अध्यक्षतामा मेलम्ची र ईन्द्रावती नदीमा गत असार १ गते र त्यस पछि आएको भीषण बाढिबाट क्षति भएका भौतिक संरचनाहरुको पुनर्निर्माण सम्बन्धमा सोमबार सडक बिभाग, ललितपुरमा छलफल भएको छ । सो बैठकले हेलम्बु, मेलम्ची, पांँचपोखरी र ईन्द्रावती क्षेत्रमा गत असार १ गते र त्यसपछि आएका भीषण बाढिबाट ध्वस्त भएको मेलम्ची देखि— पांचपोखरी, ईन्द्रावति, चौतारा जोड्ने पक्की पुल, मेलम्ची फट्टे मोटरपुल र मेलम्ची हेलम्बु सडक खण्डको थप ३ वटा पक्कि पुलहरु, मेलम्ची हेलम्बु सडक, मेलम्ची भोताङ सडकको तत्काल पुनर्निर्माण गर्न सडक बिभाग मार्फत छोटो बिधिबाट कार्यान्वयन गराउने निर्णय समेत भएको छ । बाहुनेपाटीको पूललाई तत्काल कार्य सम्पन्न गर्न निर्देशित भएको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले जानकारी दिनुभयो । त्यसैगरि ब...