सम्पर्क

समाचार

१४ नं डडुवामा योजना सम्बन्धी अन्तरक्रिया सम्पन्न

राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा न १४ मा आगामि बर्ष को लागि कार्य योजनाको बारेमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । आगमि बर्ष कसरी बिकासका कार्यक्रम गर्ने भन्ने बिषयमा अन्तर क्रिया कार्यक्रम गरियको हो । सोमबार वडा कार्यलय डडुवामा भएको कार्यक्रममा राजनिती दलका नेताहरु, बिभिन्न संघ सस्थाका प्रतिनिधी हरुको उपस्थिती रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका जिल्ला सचिब रामचन्द्र बस्नेतले वडाको बिकास का लागि सबै मिलेर अगाडि बढ्न पर्ने बताउनु भयो । उहाँले बिकास का कार्यक्रम गर्दा आयआर्जन मा पहिलो प्रथमिकतामा राखिदिन अनुरोध गर्नु भयो। वडाअध्यक्ष उद्वव नेपालको अध्यक्षतामा भयको थियो। कर्यक्रममा नेपाली काङ्गरेस का वडा सभापति बिनोद तामाङले बजेट मिलाउँदा स्थानिय रोजगार तथा आाय आार्जनमा केन्द्रित हुन पर्ने बताउँनु भयो। नेकपा माओबादिका तर्फ बाट बोल्दै पुर्ब वडा सदस्य समेत रहन...

मेलम्ची क्षेत्रमा पूर्व सूचना प्रणाली ९साइरन

#, जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
  देवराज सुबेदी मेलम्ची बाढीग्रस्त मेलम्ची क्षेत्रमा जडान गरिएको पूर्व सूचना प्रणाली ९साइरन० को अवस्था परीक्षण गरिएको छ ।मेलम्ची नगरपालिका वातावरण अधिकृत सुजन दुलालको अनुसार मनसुनको समयमा हुन सक्ने सम्भावित जोखिमबाट सचेत गराउन गत आ।व।मा मेलम्ची नगरपालिकाको तालामाराङ्ग, मेलम्ची बजार र बाहुनेपाटी बजारमा जडान गरिएको पूर्व सूचना प्रणाली ९साइरन० को अवस्था परीक्षण गरिएको हो । उहाँले भन्नुभयो “यसबाट मनसुनको समयमा हुन सक्ने सम्भावित विपदको जोखिमलाई कम गरि जनधनको क्षतिलाई कम गर्न सकिने छ।“ मेलम्ची नगरपालिकाले गत असारको महविनाशकारी बाढी पश्चात नगरपालिकाको लगानी तथा रामलक्ष्मण इनोभेसन प्रालिको सहयोगमा ‘अर्ली वार्निङ सिस्टम’ ९पूर्व चेतावनी प्रणाली साइरन प्रविधि जडान गरेको थियो ।...

पेट्रोल १९९ डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ जनता मारमा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ । यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ पुगेको छ ।निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ । यो मुल्य बृद्धी सँगै खेती गर्ने पमयमा मल नपाएका कृषक झन मारमा परेका छन । मल खोज्न भौतारिएर हिडेका किसानलाइ गाडीभाडाको मारमा परेका छन ।...

भललाइ जल बनाउँने गिरीको उद्घोष

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगर पालिका वडा नं ११का वडा अध्यक्ष रोषन राज गिरीले आफुले नगरपालीका मा भललाइ जल बनाउँने लगाएतका बिभिन्न कार्यक्रम अगाडी सारेको बताउँनु भएको छ । उँहाले आफुले अबलम्बन गर्न चाहेका निति तथा कार्यक्रम ÷ वडाको लागि उपर्युक्त सल्लाह शुझावको अपेक्षा समेत राखेको बताउँदै आधुनिक मेसिन औजारको प्रयोग गरि ठुला ठुला पोखरी खनी प्लास्टिक पोखरी निर्माण गरि सिंचाइ सुबिधा उपलब्ध गराएर “भललाई जल“ बनाउने अभियान संचालन गर्ने बताउँनु भएको छ । यसै गरी बस्तीका माथिल्ला क्षेत्रमा परेको पानीलाई साना साना पोखरी ट्रेन्चहरु बनाई जमिनमा पठाउने कार्यलाई झरेली अभियान को रुपमा अघि बढाउँदै “जनशक्तिलाई जल शक्ति“ मा रुपान्तरण गर्ने योजना रहेको बताउँनु भयो । “झरेका पात र परेको पानी “ को सदुपयोग गर्ने अभियान संचालन गर्दै प्राराङगिक मल उत्पादन अभियान संचालन गर्ने ।डुम्रेबेशी,बन्देउटार र दोला...

भौतिक पुर्वाधार संगै गुणस्तरीय शिक्षामा ध्यान दिन बस्नेतको आग्रह

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्व सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेत ले भौतिक पुर्वाधार संगै गुणस्तरीय शिक्षामा ध्यान दिन आग्रह गर्नु भएको छ । उँहाले हेलम्बु गाउँपालिका–३ स्थित जयवागेश्वारी माविको ४ कोठे पक्की भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताउँनु भएकोहो ।उँहाले जुनसुकै स्थानमा प्रतिस्पर्धामा सफल हुनेगरी विधार्थीलाई अध्यापन गराउन आग्रह गर्नुभयो ।उहाँले नेपाली काङ्रेसले हुने र सक्ने काम मात्र बोल्ने भन्दै बोलेको काम पूरा गर्ने बताउनुभयो जँहा दुखी पिडीत छन त्यँहा नेपाली कांग्रेस पुग्ने बताउँनु हँदै जनताको दुख सुखमा साथ दिन सके मात्र राजनिती धर्म पुरा हुने बताउँनु भयो । नेता बस्नेतले जनताको दुःखको सारथि कांग्रेस भएका स्पष्ट पार्दै गाउँपालिका लगायत अन्य ठाउँबाट विद्यालयको समस्या समाधान गर्न सहयोग गर्ने बताउँनु भयो । उँहाले पाल्चोक मन्दिर, सडक खानेपानी , विद्युतको सा...

स्थानीयसँग सहकार्य गर्दै सफाई अभियान सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
सञ्जिव तामाङ (स्याङ्बो)/काठमाडौं “सबै मिलि एउटा नयाँ यात्राको शुरुवात गरौं, अब फोहर टिप्ने मात्र होईन जथाभावि फोहर नफाल्ने प्रण गरौं ” भन्ने मुल नाराका साथ स्वतन्त्र नागरिक वातावरण सफाई अभियानले शनिबार काठमाडौं महानगरपमलिका वडा नं १५ डल्लु पुल क्षेत्रमा त्यहाँका स्थानीयनागरिकहरु संग सहकार्य गर्दै सरसफाइ तथा जन चेतना अभियान सम्पन्न गरेको छ । कार्यक्रममा प्रगतिशिल नागरिक मञ्च नेपाल बालाजु , उपत्यका सरोकार मञ्च , ग्रील तथा स्टील ब्यबसायी संघ काठमाडौं पश्चिम क्षेत्र ,शान्तिनगर टोलसुधार समिति बालाजु , काठमाडौं महानगर प्रहरी , त्यस क्षेत्रमा फोहर ब्यबस्थापन गर्ने निजि कम्पनि ,स्थानिय हरु लगायत बिभिन्न संघ संस्था का प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । अभियानले डल्लु पुल क्षेत्रमा थुप्रिएको फोहरलाई काठमाडौं महानगरपालिका को गाडीमा राखेर ब्यबस्थापनको लागि पठायो भने त्यस क्षेत्रका नागरिकमा सचेतना फ...

उद्योग बाणीज्य को बधाइ तथा सम्मान बाह्रबिसे मा

ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ ले शनीबार एक कार्यक्रमको आयोजनजा गरी जव जिर्वाचित जन प्रतिनिधीहरुलाइ बधाइ तथा सम्मान कार्यक्रम गरेको छ । बाह्र्ुबिसे नगरपालीकाको कवडहलमा संघद्वारा आयोजीत २०७९ बैसाख ३० गते स्थानीय निर्वाचनमा सहभागी भै निर्वाचित नगरपालिका,गाउपालिका जिल्ला समन्वय का प्रमुख र उपप्रमुख साथै सगरमाथा आरोही भोटेकोशी ५ निवासी बिकास कार्की लाई बधाइ तथा सम्मान गरिएको हो । संघका अध्यक्ष होम बहादुर बस्नेत (राजकुमार)ले सभापतीको आसनबाट बोल्दै बिगतमा जन प्रतिनिधी नहुँदा पनी उद्योग बाणीज्य संघले बिकासका कममा सहयोग गरिरहेको बताउँनु भयो । कार्यक्रममा बाह्र्बिसे नगरपालीकाका नगर प्रमुख बालकृष्ण बस्नेतले उद्योगीहरुको लागी सहज तरिकाले सामान ढुवानी गर्न सडकको व्यवस्थापनमा ध्यान दिन पर्ने बताउँदै हामी नागरिक सबैलाइ बर्ष भरी खानका लागी आबश्यक पर्ने खाद्यन्न रोप्ने बेलामा पनी मलको हाहाकार भ...

मनसुनसँगै रोपाई सुरु

ब्रेकिङ न्युज २, समाचार
सञ्जिव तामाङ (स्याङ्बो) मनसुन सुरु भएसँगै सिन्धुपाल्चोकको ग्रामीण भेगहरुमा रोपाई सुरु भएको छ । गत वर्षको भन्दा यस वर्ष मनसुन चाडै सुरु भएकोले धान रोप्ने चटारो बढिसकेको छ । समयमै आकाश बाट पानी परेकोले यस बर्ष गत बर्ष भन्दा अलि छिटो सुरु गरिएको छ । मौसममा परिवर्तन आए संगै किसानलाई यति बेला धान रोप्न चटारो परेको जिल्ला कृषि बिकाश कार्यलयको भनाई छ । मानो छरी मुरि फलाउने लक्ष्यका साथ किसान खेतबारीमा बस्त देखिन्छन् । ईन्द्रावती गाउँपालिका , ४ मा पनि रोपाई सुरु भैसकेको छ । बिहान ६ बजेदेखी साझ ७ बजे सम्म किसान खेरिबारीमै ब्यस्त देखिने गरेको ईन्द्रावती ४ का अब्बल किसान कृष्ण तामाङको भनाई छ । रोपाईको समयमा यो पटक पर्याप्त पानी परेकोे र सिचाई सुविधा पुगेकोले रोपाई भैरहेको तामाङको भनाई छ । यहाँ आधा भुभागमा राम्रो धान उत्पादन हुने भएकाले पनि किसान ब्यस्थ रहेको उहाँले बताउनुभयो ।...

पूर्वतयारी भन्दा राहतमा चासो दिन्छन् नागरिक

समाचार
वर्षयाम संगै बढदो विपद् तथा जोखिम न्यूनिकरणका लागि स्थानिय सरकारले बनाउने निती तथा त्यसको कार्यान्वयनको अवस्था विषयक नितीगत छलफलमा कार्यक्रम चौतारामा सम्पन्न भएको छ । सामुदायिक सारथीको आयोजनामा भएको उक्त कार्यक्रममा सिन्धुपाल्चोक जिल्लामा भएको स्थानीय सरकारहरुले विपद् व्यवस्थापन निति र्निर्माण तथा त्यसको कार्यान्वयनको अवस्था बारे कार्यक्रममा छलफल गरिएको थियो । हाल सिन्धुपाल्चोकका केहिले बाहेका स्थानिय सरकारले हाल सम्म पनि विपद् व्यवस्थापन नीती बनाएको छैन । स्थानिय सरकारले विपद् व्यवस्थापन तथा यसको कार्यलाई त्यति चासो नदिएको सरोकारवालाहरुले बताएका छन् । कार्यक्रममा कार्य पत्र प्रस्तुत गर्दै सहजकर्ता राजकुमार लम्सालले स्थानीय सरकारले निति बनाउन नसक्ुन र बनेका पनि केन्द्र र प्रदेशका हुबहु नाम मात्रै परिवर्तन गर्दै राख्ने परिपाटीले स्थानीय सवालहरु नआएको बताउनु भयो । बनेकाहरुको पनि कार्यान्वयन ...

विपद्को प्रतिकार्यमा जुटन मेलम्ची नगर प्रमुख तामाङको निर्देशन

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले विपद्को तयारी अवस्थामा रहन वडाअध्यक्ष हरुलाई निर्देशन दिनुभएको छ । बर्षायाम सुरुभएसँगै प्राकृतिक प्रकोपका घटनाहरु घट्ने भएकाले प्रत्यक्ष जनतासँगै रहेर काम गर्न उहाँले आग्रह गर्नुभयो । मेलम्ची नगरपालिकाको विपद् व्यबस्थापन तथा जलवायु उत्थानशील समितिको बैठकमा प्रमुख तामाङले यस्तो निर्देशन दिनुभएको हो । उहाँले यसभन्दा अघिका विपदका घटनामा सुरक्षाकर्मिको कामको प्रसंशा गर्दै विपद्का बेला अपनाउन पर्ने सावधानी र खेल्नुपर्ने भूमिकाका बारेमा जनप्रतिनिधिहरुलाई पनि प्रशिक्षण आवश्यक रहेको बताउनुभयो । नगर प्रमुख तामाङले १३ वटै वडा सम्म पुग्ने बाटो,बाहुनेपाटि मेलम्ची भोताङ, छापभञ्ज्याङ मेलम्ची , मेलम्ची तालामाराङ, बाहुनेपाटि काहुलेदोभान , भोटेचौर सडक कुनैपनि समयमा अवरोध नहुनेगरि कार्ययोजना बनाउन पर्ने बताउनुभयो । साथै बैठकबाट नगरप्रमुको संयोजक...