खानेपानी अभावका कारण स्थानीय समस्यामा
नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धि हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वाच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने छ भनि स्पष्ट ब्यवस्था गरिएको भएता पनी सिन्धुपाल्चोकमा भूकम्पबाट विस्थापित भएकालाई खानेपानीको समस्या भएको छ ।
२०७२ सालको भूकम्पले जमिन चिराचिरा परेपछि तीन नगरपालिका र नौ गाउँपालिकाका १०३ वटा वडामा खानेपानीको मुहान सुकेको छ ।
सुनकोसी गाउँपालिका–४, मिजारटोलका ७८ वर्षीय जितबहादुर सार्कीलाई घर नजिकै पानीको मुहान भएको स्मरण ताजै छ । खानमात्र होइन खेतबारीमा पनि यहींको पानी प्रयोग हुन्थ्यो । सो ठाउँमा पानीको मुहान थियो भनेर भन्दा अहिले कसैले पत्याउँदैनन्। । भूकमप्प्छी मुहान सुकेपछी अहिले त धाराको संरचना पनि छैन,’ मिजार विगत सम्झँदै भन्नुहुन्छ ‘यहाँ मात्र हैन गाउँभरिका मुहान सुकेका छन् । बर्सेनि पानीका मुहान सुक्दै गएपछि गाउँमा पानीको पिर थपिँदै गएको छ ।’ पानी अभावका ...
