सियाले खोलामा झोलुङ्गे पुल निर्माण हुने
सुनकोशी गाउँपालिका वडा नम्बर ३ र ४ मा रहेको सियाले खोलामा झोलुङ्ग पुल निर्माण हुने भएको छ । विगत लामो समयदेखि वर्षामा पुल नहुदा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका दुवै वडाका स्थानीयलाई आवतजावत र खेतीपाती गर्न जान समस्या हुदै आएको थियो । सुनकोशी गाउँपालिका र स्थानीय झोलुङ्गे पुल कार्यक्रम मार्फत उक्त खोला माथी स्टील बिज्र निर्माण हुने भएपछि दुवै वडाका स्थानीय खुसी भएका छन् ।
चालु आर्थिक वर्ष भित्रै निर्माण सम्पन्न हुने झोलुङ्गे पुलको सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले शिलन्यास गरेका छन् । सुनकोशी ३ को पुरानागाउँ र ४ को भिरकुले बस्ती जोड्ने पुल जम्मा ९६ मिटर लामो हुने सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिनुभयो ।
५६ लाख ७८ हजार १३७ रुपियाँको लागतमा निर्माण हुने झोलुङ्गे पुलका लागि आवश्यक पर्ने स्टील पार्टसको १५ लाख ४७ हजार ४८५ रुपिया...
