सम्पर्क

समाचार

मेलम्ची बगुवा कालोपत्रको शिल्यान्यास छिटो र गुण स्तरियकाम गर्न तमामाङको निर्देशन

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
  सिन्धु पाल्चोक जिल्लाको मेलम्ची देखी नबलपुर हँुदै चौतारा जाने सडक अन्तर्गत मेलम्ची बगुवा खण्डको कालोपत्रे गर्ने कार्य शुरु भएको छ । सडकको सोमबार मेलम्ची नगरप्रमुख श्री आइतमान तामाङले शिलान्यास गर्नु भए पछी उक्त सडक कालोपत्र हुने भएको हो ।बागमती प्रदेश सरकारबाट विनियोजित बजेटको ठेक्का मार्फत निर्माण हुन लागेको सडक कालोपत्रे शिलान्यास कार्यक्रममा उपप्रमुख उमा प्रधान, वडा नं. १० का वडाअध्यक्ष अमृत खनाललगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।   मेलम्ची –बगुवा खण्डको ५ किमी लामो उक्त सडक २०८२ जेठ २८ मा निर्माण सम्पन्न गर्नेगरी ॐ वुद्ध नयाँ युग जेभीले निर्माणको जिम्मा पाएको छ । पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकबाट कार्यान्वयन गर्ने सो सडक कालोपत्रेका लागि रु १७ करोड ६६ लाख ६९ हजार ३ सय ६४ रुपैयामा टेन्डर परेको निर्माण व्यवसायी दामोदर कार्कीले जानकारी दिनुभयो । नाग पञ्चमिको अवसर...

आज नागपञ्चमी पर्व मनाइँदै

ब्रेकिङ न्युज १, समाचार
नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो । नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिनमा नागपूजाका लागि प्रसिद्ध...

निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको अध्यक्षमा दिपेन्द्र थापा

बिजनेस, ब्रेकिङ न्युज २, समाचार
निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको अधिबेशन ६गते चौतारामा हुँदै छ । अधिबेशनबाट निर्बाचीत हुन पर्ने अध्यक्ष सहीत बरिष्ट उपाध्यक्ष,उपाध्यक्ष, कोषध्याक्ष महासचिब लगाएतका पदहरुमा सर्ब सहमत गर्ने ब्यवसायीहरु ीबच सहमती भएको छ । सहमती अनुसार अध्यक्ष र सहकोषाध्यक्ष राप्रपा निकटको ब्यवसायीले पाउँनु भएको छ । महासचिव र सहसचिव एमाले निकट ब्यवसायीले पाउँनु भएको छ । त्यस्तै काँग्रेसले प्रथम उपाध्यक्ष, कोषाध्यक्ष पाएको छ भने माओवादी केन्द्रले द्वितीय र तृतीय उपाध्यक्ष पाएको जनाइएको छ । यस हिसाबले अध्यक्षमा राप्रपाका दिपेन्द्र थापा र बरिष्ठ उपाध्यक्षमा नेपाली काँग्रेसका सगुन श्रेष्ठको पद निश्चीत भएको छ ।नेकपा एमाले निकट व्यवसायी मध्य बाट जयचन्द्रलामा महासचिब,शिब श्रेष्ठ सचिब रहने प्राय निश्चीत भएको छ । उता नेकपा माओबादीको भागमा परेको प्रथम, र द्धितीय उपाध्यक्षका साथै नेपाली काँग्रेसको भागमा परेको बरिष्ठ ...

अनेमसंघ (क्रान्तिकारी)को जिल्ला भेला असोज १२ गते

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सिन्धुपाल्चोकले आगामी असोज १२ गते शुक्रबार जिल्ला भेला गर्ने भएको छ । आईतबार चौतारामा सम्पन्न जिल्ला सचिवालयस्तरको बैठकले उक्त निर्णय गरेको हो । संघको जिल्ला सचिव तारा रानाको अनुसार भेला चौतारा साँगाचोकगढी नगरपालिका सुकुटेमा हुने भएको छ । बैठक बागमती प्रदेश सभा सदस्य एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य साथै संघको केन्द्रिय सचिवालय सदस्य अमृता नेपाल (प्रभा)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । जिल्ला अध्यक्ष अम्बिका नेपाल(भूमिका)को अध्यक्षतामा बसेको बैठकलाइ सम्बोधन गर्र्देै प्रमुख अतिथी नेपालले महिलाहरुले जनयुद्धमा जस्तै भूमिका निर्वाह गरि प्राप्त अधिकार र उपलब्धीको रक्षाको निमित्त लागि पर्न आह्वान गर्नु भयो । “हामी निती निर्माणको स्थानमा छौँ तपाईहरु त्यसको कार्यन्वयन गर्ने स्थानमा हुनुहुन्छ” त्यसैले जस अवजस तपाईहरुकै हातमा छ भन्दै नेपालले जस्...

‘सुशासनका लागि सूचनाको हकको प्रभावकारी कार्यान्वयन अनिवार्य’

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, ३ भदौ : सूचनाको हकको प्रभावकारी कार्यान्वयनले मात्र सुशासनको प्रत्याभूति गर्न सकिने सरोकारवालाले बताउनुभएको छ । आज १७औँ राष्ट्रिय सूचना दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित कार्यक्रममा उपस्थिति आयोगका पदाधिकारी, सूचनाको हकका अभियन्ता र सञ्चारकर्मीले सूचनाको हक कार्यान्वयनबाटै सरकारलाई पारदर्शी एवं जवाफदेही बनाउन सकिने धारणा राख्नुभयो । उहाँहरुले सूचना आयोगलाई अझ सशक्त र बलियो बनाउन सरकारको ध्यानआर्कषण समेत गराउनुभयो । आयोगका प्रमुुख सूचना आयुक्त महेन्द्रमान गुरङ्ले लोकतन्त्रमा सूचनाको हकलाई संस्कारका रुपमा विकास गर्नुपमा जोड दिनुभयो । उहाँले सूचनाको हकका लागि सार्वजनिक निकाय भनेको सरकार र सरकारी संरचना मात्र हो भनेर सीमित रुपमा बुझन नहुने बताउनुभयो । सार्वजनिक संस्थाले जनताले माग्नै नपर्ने गरी स्वतः सूचना उपलब्ध गराउनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सरकारी संरच...

फेर्दैछ हुलाकी सडकले मधेस प्रदेशको काँचुली

#, ब्रेकिङ न्युज २, समाचार
वीरगञ्ज, ३ भदौ : कुनैबेला साँघुरो सडक र सडकै छेउमा फुसको छाप्रो, त्यसभित्र स–साना पसल मात्रै देखिने मधेस प्रदेशका ग्रामीण बजारको स्वरुप यतिबेला फेरिएको छ । बजारको स्वरुप फेरिएसँगै त्यस क्षेत्रका स्थानीयमा पहिलाको भन्दा बेग्लै खालको उत्साहसमेत देखिन थालेको छ । सिरहाको बरियारपट्टी बजार पनि अहिले सुगम क्षेत्रका रुपमा आफ्नो पहिचान फेर्न लागेको छ । भारतीय सिमानाका लदनियाँ बजारसँगै टाँसिएको बरियारपट्टी बजारमा धमाधम ठूला लगानीका पसल खुल्न थालेको छ भने बजारमा सर्वसाधारणको चहलपहलसमेत बढेको स्थानीयवासी बताउँछन् । ‘‘पहिला पहिला बजार क्षेत्रमा साघुँरो सडक र फुसको छाप्रो, त्यहाँभित्र साना व्यवसाय मात्र थियो”, धनुषाको औरहीका बिनोद यादव भन्नुहुन्छ,‘‘तर अहिले सडक फराकिलोसँगै बजारमा पक्की भवन र ठूला पसलहरु खुल्न थालेका छन् ।” पर्साको ठोरी गाउँपालिकालाई केही वर्ष अघिसम्म दुर्गम क्षेत्रको रुपमा मानिथ्यो । तर...

महिलाहरुलाइ २ दिने क्षमता विकास कार्यक्रम स्याउलेमा

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका वडा नंं १ मा २ दिने क्षमता बिकास कार्यक्रम भएको छ । आदिवासी जनजाति महिला उत्थान केन्द्रको आयोजना र टेवा संस्थाको आर्थिक प्राविधिक सहयोगमा चौतारासाँगाचोकगढी नगरपालिका वडा नंं १ मा रहेको महिला समुहहरुको सदस्यहरुलाइ २ दिने क्षमता विकास सम्वन्धी कार्यक्रम गरिएको हो । कार्यक्रम वडा अध्यक्ष युवलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा आफ््नो मन्तब्य राख्नुहँुदै वडाअध्यक्ष श्रेष्ठले महिलाहरुले अबशर पाएको खण्डमा राम्रा काम गर्ने बताउँदै महिलाहरुले चाहे भने पुरुषहरुको भन्दा रामे र पारदर्शीता काम गर्न सक्ने उदाहरण हामीले देखी सकेका छौ भन्नु भयो । उँहाले महिलाहरुमा नेतृत्व तथा क्षमता बिकासको आबश्यक परेको हुँदा यो आबश्यकता का लागी आदीबासी जनजाती महीला उत्थान केन्द्र लागी परेकोमा बिशेष धन्यबाद दिनु भयो । बिशेष अतिथि न्यायिक समितिको सदस्य ...

नेपाल तामाङ मौलिक ह्वाईला न्हानको तेस्रो बार्षिक सधारण सभा सम्पन्न

समाचार
नेपाल तामाङ मौलिक ह्वाईला न्हानको तेस्रो बार्षिक सधारणसभा तथा दिस्रो अधिवेसन काठमाडौको बौद्ध सिदार्थमार्गमा सम्पन्न भएको छ । शनिबार तामाङ मौलिक ह्वाईला न्हानको अध्यक्ष सुनिता कुमारी बलको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष राजु लामा विशेष आतिथि सुनकोशी गाँउपालिकाकको उपाध्यक्ष कान्छि लामा भएको उक्त कार्यक्रममा बिभिन्न संघ संस्थाहरुको प्रधिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न तामाङहरूको मौलिक झल्कने गित संगित र नाचहरू प्रस्तुत गरिएको थियो । तामाङ मौलिक ह्वाईला न्हानको दास्रो अधिवेसनबाट पोङदिला च्याङबा सन्दिप योन्जनको अध्यक्षतामा १७ जना नयाँ कार्यसमिति सदस्य चयन भएको थियो ।...

एक महिनामा एक सय आठमा डेङ्गु

ब्रेकिङ न्युज २, समाचार
चितवन,  जिल्लामा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य कार्यालयका अनुसार गत साउन १ देखि यही भदौ १ गते दिउँसो सम्ममा एक सय आठ जनामा डेङ्गुको सङ्क्रमण देखिएको हो । एक हजार एक सय ६४ जनाको परीक्षण गरिएकामा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । सङ्क्रमितमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । सङ्क्रमितहरुमा चितवनका ६०, बाहिरी जिल्लाका ३७ र ठेगाना नखुलेका ११ जना रहेका छन् । गत आर्थिक वर्षमा जिल्लामा डेङ्गुका कारण चार जनाको मृत्यु भएको थियो । जिल्लामा भेटिएका दुई हजार तीन सय छ सङ्क्रमितमध्ये उनीहरुको मृत्यु भएको हो । कार्यालयका सूचना अधिकारी केसीका अनुसार गत आवमा जिल्लाका विभिन्न अस्पतालमा उपचारमा आएका बिरामीमध्ये १४ हजार स...

डाँडागाउ लिफ्ट खानेपानी योजनाको समुद्घाटन

खानेपानी, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नं. ४ मा पर्ने लिफ्ट खानेपानी योजनाको समुद्घाटन गरिएको छ । उक्त योजनाको उद्धघाटन पश्चात खानेपानी आयोजनाको संरक्षणगरी स्वच्छ पानी पिउनका लागी स्थानीयलाई हस्तानन्तरण समेत गरिएको छ । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाँउपालिका वडा नं. ४ को थारथान खोला करङगैरा डाँडागाउँ कोले लिफ्ट खानेपानी आयोजनाको समुद्घाटन तथा हस्तान्तरण गरिएको हो । शुक्रबार प्रतिनिधिसभा सदस्य माधब सापकोटा ’सुबोध’ र नेपालको लागि जापानी राजदुत किकुता योउताकालद्वारा संयुक्तरुपमा आयोजनाको उद्धघाटन गरेपछी जापानी राजदुतले सापकोटा र बागमती प्रदेस सभा सदस्य अमृता नेपाललाई साक्षी राखेर पालिका अध्यक्षलाई योजना हस्तानन्तरण गर्नुभयो । योजनाको हस्तान्तरण कार्यक्रममा आफ्नो भनाई राख्दै प्रतिनिधी सभा सदस्य माननीय माधब सापकोटा सुवोधले थारथान खोला करङगैरा डाँडागाउँ कोले लिफ्ट खानेपानी आयोजनाले प्रया...