मेलमिलाप मार्फत समृद्धि हासिल गर्न सहज हुन्छः सापकोटा
चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले मेलमिलाप कार्य मार्फत समृद्धि हासिल गर्न सहज हुने बुझाई रहेको र समाजमा हुने आपसी कलह, झगडा र मनमुटाबले समाधानको खोजी गर्न मेलमिलापकर्ताको भुमिका हुने बताउनु भयो । उहाँले मेलमिलापकर्ताले खेलेको भुमिकामा कुनै पक्षले पनि नहार्ने र कुनै पक्षले नजित्ने तर नियम, कानुन र शान्तिले जित्ने भएको हुँदा मेलमिलापकर्ताको भुमिका महत्वपूर्ण हुने गरेको बताउनुभयो । उँहाले उक्त कुरा चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजना र प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको सहजीकरणमा ८ दिवसीय मेलमिलाप सम्बन्धी आधारभुत तालिमको उद्घाटन गर्दै यस्तो बताउनु भएको हो । उहाँले तालिम सम्पन्न पश्चात् न्यायिक कार्य सम्पादन कार्यमा सघाउ पुग्ने र प्रभावकारी वृद्धि हुने विश्वास लिएको बताउनु भयो ।
उद्घाटन कार्यक्रममा बोल्नु हुँदै विशेष अतिथी माननीय जिल्ला न्याय...
