सम्पर्क

समाचार

सरकार लगानीमैत्री वातावरण बनाउन लागिपरेको छ : मन्त्री भण्डारी

ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, ९ चैत : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकार लगानीमैत्री वातावरण बनाउन लागिपरेको बताउनुभएको छ । न्यूज बिजनेस एज प्रालिले आयोजना गरेको आठौँ संस्करणको ‘न्यूबिज बिजनेस कनक्लेभ एण्ड अवार्ड’ वितरण समारोह तथा ‘कठिन समयमा व्यापार अवसर’ विषयक छलफल कार्यक्रममा उहाँले सरकार लगानीमैत्री वातावरण बनाउन द्रूत गतिमा आवश्यक कानुन संशोधनको तयारीमा जुटेको बताउनुभयो । आगामी वैशाख १५ र १६ गते सरकारले लगानी सम्मेलनको आयोजना गरेको जानकारी गराउँदै मन्त्री भण्डारीले नेपालमा लगानी गर्न स्वदेशी तथा विदेशी व्यवसायीलाई आग्रह गर्नुभयो । साना तथा मझौला उद्योगको प्रवद्र्धनमा सरकार अग्रसर भइरहेको जनाउँदै उहाँले रुग्ण अवस्थामा पुगेका उद्योग सञ्चालनका लागि अध्ययन गरिने बताउनुभयो । उहाँले छिट्टै सरकारले वाणिज्य नीति समयानूकुल परिमार्जन गर्ने बताउनुभयो । उद्योगी तथा व्यवसायीका ...

कागेश्वरी माबिमा शैक्षिक गुणस्तर वृद्धि गर्न सर्वपक्षीय भेला

ब्रेकिङ न्युज १, समाचार
पृथ्वीजंग पाण्डे/बाह्रबिसे त्रिपुरासुन्दरी गाउँपालिकाको कागेश्वरी माध्यमिक विद्यालयमा शुक्रबार सर्वपक्षीय भेला गरिएको छ । शैक्षिक गुणस्तर अभिवृद्धि गर्न अभिभावक, विद्यार्थी, जनप्रतिनिधि, शैक्षिक व्यक्तित्व लगायत शिक्षासँंग सरोकार राख्ने व्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रम गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । गाउँपालिका उपाध्यक्ष गिता कुमारी नेपालको विशेष आतिथ्यता, वडा अध्यक्ष सिताराम थापा शिक्षा समिति सदस्य मोहनकुमार श्रेष्ठको आतिथ्यता रहेको थियो।पुर्व वडा अध्यक्ष कर्णबहादुर खड्का लगायत स्थानीयहरुले महत्वपूर्ण सुझाव दिनुभएको थियो । प्रधानाध्यापक तेजबहादुर बस्नेतका अनुसार विद्यालय सुधार गर्न आफ्नो रचनात्मक सल्लाह र सुझावसहित उपस्थित आव्हान गरिएको थियो । भेलामा विद्यालयले राखेको एजेन्डाहरुमा हाम्रो विद्यालय कस्तो भए हुन्थ्यो ? आजको दि...

बैंकिङ कसूर मुद्दाका फरार दुई जना पक्राउ

ब्रेकिङ न्युज २, समाचार
बैङ्किङ कसुर मुद्दामा फरार रहेका २ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलम्ची नगरपालिका–१२ का ४० वर्षीय भगवति ढकाल र लिसंखुपाखर गाउँपालिका–५ का ५४ वर्षीय टेण्डु भन्ने टेण्डुप लामा रहेका छन् । बिहीबार ईलाका प्रहरी कार्यालय मेलम्ची र प्रहरी चौकी मुडेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी नायव उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार ढकालमाथि बैङ्किङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट २०७७ चैत १७ गतेको फैसालाले १२ दिन कैद र १९ लाख जरिवाना ठहर गरेको थियो भने, लामामाथि उच्च अदालत पाटनको २०७९ फागुन १४ गतेको फैसलाले बैङ्किङ कसुर मुद्दामा २ दिन कैद, ५ लाख जरिवाना ठहर गरेको थियो । फैसला कार्यान्वयनका लागि जिल्ला अदालत चौतारा ल्याईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...

नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई एडभान्स कार्डिएक लाइफ सपोर्टको तालिम

जिबनशैली, समाचार, स्वास्थ्य
काठमाडौं नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई एडभान्स कार्डिएक लाइफ सपोर्ट, बेसिक लाइफ सपोर्ट तथा एयरवेज म्यानेजमेन्ट सम्बन्धी तालिम दिइएको छ । कलेजको नर्सिङ विभाग, क्रिटिकल केयर तथा इमरजेन्सी म्यानेजमेन्टले दिएको चार दिने तालिममा १०३ जना स्टाफ नर्सहरु सहभागी थिए । कलेजमा कार्यरत स्टाफ नर्सहरुको क्षमता विकास गराउने उद्देश्यका साथ कलेजले यो तालिम दिएको हो । तालिममा सहभागी स्टाफ नर्सहरुलाई उपचारका क्रममा बिरामीको शारिरीक स्वास्थ्य अवस्था हेरेर उसलाई कस्तो प्रकारको लाइफ सपोर्ट चाहिएको निश्चित गरी प्रयोग गर्न सिकाइएको थियो । चिकित्सकीय सेवामा लाईफ सपोर्टका स्वास्थ्य सामग्रीहरु बिरामीलाई समयमै प्रयोग गर्दा हुने फाइदाहरुका बारेमा जानकारी दिईएको कलेजकी मेट्रोन नविना सिंहले जानकारी दिनुभयो । तालिममा सहभागी स्टाफ नर्सहरुले इमरजेन्सी तथा क्रिटिकल केयरमा आउने बिरामीहरुलाई सहज बनाउन लाइफ सपोर्ट स्वा...

बाह्रै महिना मेलम्ची खानेपानि काठमाण्डौं वितरण गर्ने अध्ययन सुरु

खानेपानी, ब्रेकिङ न्युज २, समाचार
सरकारले मेलम्ची खानेपानी आयोजनाबाट उपभोक्ताहरुलाई बाह्रै महिना पानी वितरण गर्ने गरी अध्ययन सुरु गरिसकेको छ । सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजनाको ‘हेडवर्क्स’ नै स्तान्तरण गरेर उपभोक्ताहरुलाई स्थायी रुपमा खानेपानी वितरण गर्ने लक्ष्य लिइएको हो । वर्षायामको सुरुआतसँगै बाढीबाट आयोजनाको ‘ हेडवर्क्स’ नै जोगाउन मुस्किल भएपछि आयोजना नै बन्द हुने गरेको छ । हिउँदमा आयोजना सञ्चालन गर्नुपर्ने र वर्षायाममा खोल्नुपर्ने अवस्था अन्त्य गर्न हेडवर्क्स नै अनेत्र स्तानान्तरणको तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमत अन्सारीले आयोजनालाई दिगो बनाउँदै बाह्रै महिना उपत्यकावासीको धाराधारामा पानी वितरण गर्न हेडवर्क्र्स नै स्तानान्तरण गर्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभएको छ । “मेलम्ची आयोजनालाई स्थायी नबनाएसम्म...

उद्योग वाणिज्य संघको ११औं अधिवेशन बाह्रबिसेमा उम्मेदवारीहरु जिताउन आग्रह गर्दै

ब्रेकिङ न्युज २, समाचार
आजदेखि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको २८ औं बार्षिक साधारणसभा तथा ११ औं अधिबेशन बाह्रबिसेमा हुदै छ । चैत्र ९ र १० गते सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको २८ औं बार्षिक साधारणसभा तथा ११ औं अधिबेशनबाट चुनिएर कार्यसमितिका पदाधिकारी र सदस्य पदका लागि नयाँ तथा पूराना ब्यापारी ब्यबसायीले उम्मेदवारी दिएका छन् । प्रथम उपाध्यक्षको लागि भेष बहादुर बस्नेत (राजेन्द्र), तृतीय उपाध्यक्षमा बिचारी पराजुली, महासचिवमा इश्वर गुभाजु र सह कोषाध्यक्षमा उद्दब पौडेल र महिला सदस्यमा चमेली श्रेष्ठ कल्याणी घिसिंग निर्बीरोध निर्बाचित हुनु भएको छ भने बाँकी पदहरुमा निर्वाचन हुँदै छ । संघको अध्यक्ष पदका उम्मेद्वारहरु मध्य कसले बाजी मार्नै हो त्यो हेर्न बाँकी छ । अध्यक्षका उम्मेदेवार बुद्धराज बस्नेत, शम्भु तिमिल्सीना सुमन खत्रीप्रतिस्पर्धामा रहनु भएको छ । बरिष्ठ उपाध्यक्षमा भने उमेश प्रधान बिदुर प्रसाद पराजुली,सुर्य...

विश्व क्षयरोग दिवस: सन् २०५० सम्म नेपाललाई क्षयरोग मुक्त बनाइने

ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, ८ चैत ः सरकारले सन् २०५० सम्ममा मुलुकलाई क्षयरोग मुक्त घोषणा गर्ने लक्ष्य लिएको छ । विश्व क्षयरोग दिवसका अवसरमा आज भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रज्ज्वल श्रेष्ठले क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत अहिले एक सय २५ स्थानीय तहमा क्षयरोगको पहिचान, निदान र उपचार सेवामा सुधार गरिएको जानकारी दिनुभयो । अभियान क्रमशः सात सय ५३ वटै स्थानीय तहमा लागू गरिने उहाँको भनाइ छ । उहाँका अनुसार गत आर्थिक वर्षमा २५ वटा स्थानीय तहबाट सुरु गरिएको सो अभियान चालु आवमा थप एक सय स्थानीय तहमा सुरु गरिएको हो । निर्देशक श्रेष्ठ समुदायको सक्रियतामा सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल बनाउने र क्षयरोगको निदान उपचारमा लाग्ने आर्थिक व्ययभारलाई शून्यमा झार्ने लक्ष्य लिएको बताउनुभयो । सरकराले सन् २०३५ सम्म क्षयरोगको महामारी अन्त्य गर्ने लक्ष्य लिएको छ । हाल प्रति एक ला...

हेलम्बुमा आपतकालिन केन्द्र स्थापना गरि गाउँपालिकालाई हस्तान्तरण

समाचार
स्थानीय स्तरमा विपदको पुर्वतयारी र प्रतिकार्य गर्नको लागी स्थानीय सरकार तथा समुदायहरुको क्षमता अभिवृद्धी गर्नको लागी हेलम्बु गाउँपालिकामा स्थानीय आपतकालिन केन्द्र स्थापना र हस्तान्तरण गरिएको छ । उक्त केन्द्रमा प्राविधिक र खोज तथा उद्दार सामाग्रीको व्यवस्था गरिएको छ । उक्त आपतकालिन केन्द्रको उद्धेश्य विपद जोखिमको पहिचान र पुर्वानुमानहरुको प्रशारण गर्ने र पुर्वानुमानको आधारमा पुर्वकार्य गर्ने स्रोत साधनहरुको परिचालन गर्ने रहेको छ । उक्त केन्द्र हेलम्बु गाउपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा कार्यपालिका सदस्य छिरिङ लामा, प्रमुख प्रशासकीय अधिकृत राजुभाई श्रेष्ठ, शिक्षा शाखा प्रमुख धनध्वज लामा, बिपद फोकल पर्सन हरिबहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । साथै प्राक्टिकल एक्सनको तर्फबाट परियोजना अधिकृत मिनेस गुरुङ र (सि डि सि एफ ) को तर्फबाट...

मैले नेतृत्व लिएपछी १२ वटै स्थानीय तहबाट सेवा दिने छु ः शम्भु तिमल्सिना

ब्रेकिङ न्युज १, समाचार
आगमी चैत ९ र १० गते हुन लागेको व्यवसायीहरूको छाता संगठन सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ११औ अधिबेशन तथा २८औ साधरण सभाका लागि अध्यक्षका प्रत्यासी नेपाली काँग्रेस पाटी नगर सभापती समेत रहनु भएको अध्यक्षका उमेदवार शम्भु बहादुर तिमल्सिनाले मतादाता समक्ष ६ बुदे प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । उहाँले आफु निर्वाचित भएपछी जिल्लाको १२वटै पालिकाबाट सेवा दिने व्यवस्था गर्ने बताउँनु भएको छ । उहाँले प्रस्तुत गर्नुभएको प्रतिबद्धतामा सिन्धुपाल्चोक उद्योग बणिज्य संघ जिल्लाभरीका साना मझौला तथा ठुला सम्पुर्ण व्यापारी व्यवसायी उद्योगीहरुलाई हाम्रो संघ छ भन्ने आभास दिलाउने कार्य गर्ने, सिन्धुपाल्चोक जिल्ला चिनको तिब्बतसँंग जोडिएको जिल्ला भएको कारण ठुलो देश नजिकको बजारलाई लक्षित गरी उत्पादन जिल्लाको भूगोल अनुसार उत्पादनलाई जोड दिने, हाल संघको सेवा केन्द्रीय कार्यालय बाह्रबिसे र शाखा कार्यालय चौतारा मेलम्ची...

मेलम्चीमा एस.इ.इ उत्प्रेरणा कार्यक्रम

ब्रेकिङ न्युज २, समाचार
माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ) को अन्तिम तयारीमा रहेका विद्याथीहरुका लागि मेलम्चीमा एस इ इ उत्प्रेरणा कार्यक्रमको आयोजना गरिएको छ । मेलम्ची नगरपालिका वडा नंं. ११ स्थित मेलम्ची कम्युनिटी मावि र कुमारी कलेज काठमाडौंको आ  योजनामा बुधबार मेलम्चीमा भएको कार्यक्रममा यस भेगका मेलम्ची कम्युनिटी मावि, प्रगती मावि, इन्द्रेश्वरी मावि, सितला देवि मावि, जवलवाई देवि मावि र जालपादेवी माविका २०० भन्दा बढि विद्यार्थीहरु सहभागी रहेका थिए । कार्यक्रममा विज्ञान र गणित विषयको पाठ्यक्रम प्रवोधिकरण गर्नका लागि बिषय बिज्ञ जेपि श्रीवास्तवले विज्ञान र रमेशप्रसाद अवस्थीले गणित विषयको सहजीकरण गर्नुभएको थियो । एस इ इ को अन्तिम तयारीमा रहेका विद्यार्थीलाई सहजताको लागि कार्यक्रम आयोजना गरिएको मेलम्ची कम्युनिटी माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश बस्नेतले जानकारी दिनुभयो । कार्यक्रममा इन्द्रेश्वरी माध्यमिक विद्या...