सम्पर्क

समाचार

बजार अनुगमनमा म्याद गुज्रिएका सामग्री फेला, १ व्यापारी परे जरिवानामा

बिजनेस, ब्रेकिङ न्युज २, समाचार
निर्मल बस्नेत/सुकुटे जिल्ला बजार अनुगमन समिति सिन्धुपाल्चोकले बिहिबार छड्के अनुगमन गरेको छ । बजार अनुगमनको क्रममा बजारको कारोवार स्थलमा बिक्रि गर्न राखिएको म्याद गुज्रिएका सामग्री फेला पारी जफत गरेको छ भने १ जना जरिवानामा परेका छन् । जरिवानामा पर्ने व्यापारीवाट अनुगमन टोलीले रु.५ हजार जरिवाना असुल गरेको छ । अनुगमन समितिका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी जीत बहादुर भण्डारीको नेतृत्वमा उद्योग तथा वाणिज्य कार्यालय, उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय मातहत बलेफी चौकी,सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ, नेपाल पत्रकार महासंघ, नेपाल उपभोक्ता अधिकार मञ्च र नागरिक अधिकारकर्मीको संयुक्त टोलीको सहभागिता रहेको थियो । अनुगमन समितिले चौतारा सँगाचोकगढी नगरपालिका वडा नम्त्रर ९ को बलेफी बजार, भैँसे र सुकुटे र वडा नम्बर १० को सुकुटे वजार र सुनकोशी गाउँपालिकाको खाद्यन्न, हार्डवयर ,होटल तथा रिस...

चौतारामा २ दिने आत्मरक्षा तालिम सुरु

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
बागमती प्रदेश युवा परिषदको आर्थिक सहयोग र जिल्ला युवा समिति सिन्धुपाल्चोक आयोजनामा किशोरीहरुलाई २ दिने आत्मरक्षा तालिम चौतारामा सुरु भएको छ । तालिममा हिंसाका प्रकार, आत्मरक्षाको महत्व, आत्म जागरण र हिंसा न्यूनीकरण गर्न कानुनी प्रावधानलगायतका विषयमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिइनेछ । बिहिबार र शुक्रबार २ दिन हुने तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाको उप–प्रमुख सीता थापाले हरेक क्षेत्रमा हुने सबैखाले हिंसाको प्रतिकार प्रतिरक्षाको लागि मानसिक एव शारिरिक हिसाबले तयार रहनका लागि तालिम महत्वपूर्ण हुने बताउनुभयो । बागमती प्रदेश युवा स्वयंसेवक रुपक दुलालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाको उप–प्रमुख सीता थापा, अतिथि नगर महिला सञ्जालका सचिव तारादेवी राना, नगरकार्यपालिका सदस्य सानुमाया गुरुङ,  प्रशिक्षक सीता माया बुलुन र निर्...

वैशाख २ गतेदेखि भर्ना अभियान : सबै जिल्लामा पाठ्यपुस्तक पुर्याइयो

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार, साहित्य
काठमाडौँ, २९ चैत : नयाँ शैक्षिकसत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पु¥याएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले देशका विभिन्न भागमा रहेका नौ वटा बिक्री केन्द्रमा शैक्षिकसत्र–२०८१ का लागि सबै विषयका पुस्तक छापेर पु¥याइएको राससलाई बताउनुभयो । केन्द्रले प्रकाशन गरेको कार्यतालिकाअनुसार विराटनगर, जनकपुर, सानोठिमीस्थित केन्द्रीय कार्यालय, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट यही चैत १३ देखि २८ गतेसम्म पाठ्यपुस्तक बिक्री भएका छन् । केन्द्रले चालु शैक्षिकसत्रमा पनि समयमा नै किताब पु¥याएको थियो । प्रबन्ध सञ्चालक झाका अनुसार आउँदो शैक्षिकसत्रका लागि जिम्मेवारी दिइएको कक्षा ५ देखि १२ सम्मका एक करोड ७५ लाख थान किताब छापेर फागुनदेखि नै बिक्री सुरु गरेको थियो । केन्द्रले २४ सैँ घण्टा पुस्तक छापेको थियो । “हामीले भरमग्दुर प्रयास गर...

वर्षान्त २०८०ः चलचित्रका लागि सुखद्

मनोरन्जन, समाचार
काठमाडौँ, २९ चैत : चलचित्र क्षेत्रका लागि वर्ष २०८० को सुरुआत राम्रो भयो । नयाँ वर्षको अवसरमा प्रदर्शनमा भएको ‘जारी’ दर्शक र निर्माता दुवैको अनुहारमा खुसी ल्याइदियो । उपेन्द्र सुब्बाको निर्देशक रहेको जारीमा लिम्बू संस्कृतिलाई आमदर्शकले बुझ्ने गरी पालम, युप्पारुङ, धान नाच, जाँड संस्कृतिलाई पटकथामा उनेर जारी प्रथाले पतिपत्नीबीचको सम्बन्धमा ल्याइदिने आरोहअवरोहलाई प्रस्तुत गरिएको थियो । चलचित्रले कूल रु १७ करोडको कूल व्यापार (ग्रस कलेक्सन) गरेको थियो । हालसम्म यस वर्ष ५० वटा चलचित्र प्रदर्शन भइसकेका छन् भने दुई वटा चलचित्र प्रदर्शनको तयारीमा छन् । यही चैत ३० गते दुई चलचित्र ‘द रेड सुटकेस’ र ‘डिग्री माइला’ प्रदर्शनको क्रममा छन् । यो वर्ष ‘जारी’ पछि गत चैत ९ मा प्रदर्शन भएको ‘महाजात्रा’ सर्वाधिक सफल मानिएको छ । चलचित्र निर्माण र समूह र वितरकले उपलब्ध गराएको तथ्याङ्कअनुसार ‘महाजात्रा’ यस वर्षको द...

प्रेस काउन्सिल अध्यक्ष बस्नेत सम्मानित

ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, साहित्य
काठमाडौँ, २९ चैत : प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले हिमाल र पर्यावरण जोगाउनसके मात्रै पृथ्वी जोगिने भएकाले पत्रकारिता त्यसतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ । साहित्यिक पत्रकार सङ्घले आज बस्नेतलाई ‘हिमडमरु’को उपाधिसहित सम्मान गर्न आयोजना गरेको कार्यक्रममा उहाँले जलवायु परिवर्तनका कारण नेपालका हिमालमा हिउँ घट्दै गएकाले समग्र पर्या–पर्यटनमा ठूलो क्षति पुगेको बताउनुभयो । यसको असर न्यूनीकरणका लागि सम्बन्धित निकाय गम्भीर हुनुपर्ने उहाँको भनाइ छ । हिमाली क्षेत्रमा लामो समयदेखि पदयात्रा गर्दै हिमाल, पर्यावरण जोगाउन र जलवायु परिवर्तनको असरबारे पत्रकारिता क्षेत्रबाट विभिन्न अध्ययन गरेको भन्दै सङ्घले बस्नेतलाई सम्मान गरेको हो । वरिष्ठ साहित्यकार रोचक घिमिरे, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, सगरमाथा आरोही तेम्बाछिरी शेर्पासहितले अध्यक्ष बस्नेतलाई दोसल्ला, माला र प्रमाणपत्रसहित सम्मान ...

मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्सका लागि प्रस्तावित स्थान कति सुरक्षित ?

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
  रासस , काठमाडौँ, २८ चैत: मेलम्ची खानेपानी आयोजनाको अहिले (सिन्धुपाल्चोकको हेलम्बु)मा रहेको हेडवर्क्स करिब एक किलोमिटरमाथि सार्कस्थलीमा सार्ने गरी नयाँ स्थान प्रस्तावित गरिएको छ । हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजना सुधारको काम अगाडि बढाउँदा विपत्को जोखिम बढी भएको भन्दै र लागत बढी लाग्ने भन्दै नयाँ स्थानमा हेडवर्क्स बनाउने तयारी गरिएको हो । खानेपानी तथा सरसफाई मन्त्रालयले मेलम्ची खानेपानी आयोजनालाई दिगो बनाउँदै बाह्रै महिना नै उपत्यकावासीको धारामा मेलम्चीको खानेपानी उपलब्ध गराउनका लागि आयोजना सुधारको कार्य अगाडि बढाउन लागेको हो । आयोजनालाई दिगो बनाउनका लागि नयाँ स्थानमा आयोजनाको हेडवर्क्स सार्नुको विकल्प नभएको विकास समितिको ठहर छ । हेडवर्क्स बनाउने भनिएको नयाँ स्थान तुलनात्मकरुपमा सुरक्षित रहेको रहेको अध्ययन समिति तथा मेलम्ची खानेपानी विकास समितिको दाबी छ । मेलम्ची खानेपानी विकास समितिका...

ईदमा भोलि सार्वजनिक विदा

ब्रेकिङ न्युज १, समाचार
नेपाल सरकारले इद उल फित्रका अवसरमा बिहिबार (भोलि) २०८०चैत्र २० गते सार्वजनिक बिदा दिएको छ । नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईद (उल उल फित्र) का दिन विदा सार्वजनिक विदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार सुचना जारी गरेर बिदा दिएको हो । मन्त्रलय द्धरा जारी सुचनामा ‘‘ २०८० चैत्र २९ गते बुधबार सार्वजनिक विदा कायम भएको जनाइएको छ ।...

निजी क्षेत्रको क्रियाशिलताविना आर्थिक समृद्धि हुन सक्दैन : मन्त्री भण्डारी

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, २८ चैतः उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रको विकास र क्रियाशिलता विना देशको आर्थिक समृद्धिको आकांक्षा पूरा हुन नसक्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिक साधारणसभा समारोहमा शुभकामना मन्तव्य दिँदै उहाँले देशको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान उच्च रहेको बताउनुभयो । उहाँले रकारले निजी क्षेत्रलाई साझेदारका रुपमा मात्र नहेरी प्रमुख हिस्सेदारकै रुपमा व्यवहार गर्ने विश्वास दिलाउनुभयो ।मन्त्री भण्डारीले सरकारले नेपालमा उद्योग, व्यापार र लगानीको वातावरण सुधार गर्न आवश्यक नीतिगत, कानुनी तथा कार्यक्रमगत विषयलाई नीजि क्षेत्रको सल्लाह, सुझाव तथा समन्वयका माध्यमबाट शीघ्र अगाडि बढाउन चाहेको उल्लेख गर्नुभयो ।“आयात र विप्रेषणमा आधारित अर्थतन्त्रलाई उत्पादन तथा आन्तरिक आयमुखी अर्थतन्त्रमा रुपान्तरण गर्न प्रभावकारी नीति लिने, स्वदेशी उत्पादनको...

दोलालघाट महोत्सव ५ दिन सम्म चल्ने

जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार, स्वास्थ्य
प्राकृतिक ,सास्कृतिक, कृषि र ब्यापार दोलालघाट पर्यटन बिकासको आधार भन्ने मुल नाराका साथ २९ गते देखी दोलालघाट महोत्सव चौथो संचालन हुन लागेको छ । हाम्रा दोलालघाट स्थित व्यवस्थापक एकराज श्रेष्ठले जाकारी दिनु भयो । उँहाका अनुसार दुलालेश्वर बातावरणिय तथा समाज सेवा क्लव, दोलालघाट उधोग बाणिज्य संघ ,समृद्ध दोलालघाट टोल बिकास समिती र बन्देउ दोलालघाट टोल बिकास समितीको संयुक्त आयोजनामा दोलालघाट महोत्सव ४ संचालन हुन लागेको हो छ÷ २०८०÷चैत्र २९ बाट २०८१÷बैशाख÷३ गते सम्म सञ्चालन हुने महोत्सवको उदघाटन सास्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रि हित मान तामाङ्ग बाट हुने भएकबो छ ।कार्यक्रममा पुर्व मन्त्रि गोकुल बास्कोटा,पुर्वमन्त्रि सुर्यमान दोङ,पुर्व मन्त्रि कंचन बादे रुकु चौलागइ,प्रदेश मन्त्रि तिर्थ लामा पुर्व प्रदेश मन्त्रि रत्न ढकाल , मिना तामाङ को बिशेष उपस्थिती हुने भएको छ।बिविध सास्कृतिक कार्यक्रम,सुनको...

राप्रपाको प्रदर्शन तत्काल नवीन सम्झौताको लागि तयार गर्न सरकारलाई अनुरोध

ब्रेकिङ न्युज १, राजनिती, समाचार
संघियता खारेजी, हिन्दु राष्ट्र र राजतन्त्र फर्काउनु पर्ने सहितका ४० बुँदे माग राख्दै जनप्रदर्शन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले तत्काल नवीन सम्झौताको लागि तयारी गर्न सरकार र प्रमुख दलहरूलाई आग्रह गरेको छ । राजधानी काठमाण्डौमा भएको प्रदर्शनपछी सभालाई सम्बोधन गर्दै राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले “म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु । तत्काल नवीन सम्झौताको लागि तयारी हुनुस्, तयारी गर्नुस्, जहाँ राजादेखि माओवादीसम्म सबै मिल्ने सबै अट्ने नयाँ व्यवस्था निर्माण गरौँ र देशलाई नवीन सम्झौताबाट अगाडि बढाऔँ ।“ भन्नुभयो । उहाँले राजादेखि माओवादीसम्म ’सबै मिल्ने सबै अट्ने’ व्यवस्थाको प्रस्ताव गर्नू भएको हो । प्रदर्शनको क्रममा भद्रकालीमा भेला भएका प्रदर्शनकारीलाई पूर्वतर्फ रहेको सिंहदरबार अगाडिको बाटोमा जान प्रहरीले रोक लगाएपछि केहीबेर त्यहाँ तनावपूर्ण अवस्था देखिएको थियो । अध्यक्...