सम्पर्क

समाचार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका– ५ ढाँडेबाट बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुगल गाउँपालिका– ७ का वडाध्यक्ष रवि तामाङ रहेका छन् । उच्च अदालत पाटनले उहाँविरुद्ध २०७८ फागुन २० गते बैंकिङ कसुर मुद्दामा ३ दिन कैद र ९ लाख ९० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । पक्राउ परेका वडाध्यक्ष तामाङलाई आईतबार सिन्धुपाल्चोक जिल्ला अदालत चौतारामा पेश गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो ।...

अशक्त र गरिबले स्थानीय तहबाट सिफारिस लिएर आउनुुस्, काठमाण्डौँ महानगरले निःशुल्क उपचार गर्नेछः बालेन

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ महानगरपालिकाका प्रमुख बालेन शाहले अशक्त र गरिबले स्थानीय तहबाट सिफारिस लिएर आउनुुस्, काठमाण्डौँ महानगरले निःशुल्क उपचार गर्ने बताउनुभएको छ । उहाँले आइतबार सामाजिक सञ्जालमार्फत नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीले आफ्नो स्थानीय तहबाट विपन्न, असहायको सिफारिस लिएर आएमा काठमाण्डौंका अस्पतालमा निःशुल्क उपचारको व्यवस्था हुने जानकारी गराउनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला । हामीसँग ५२ अस्पतालका ३७४ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निशुल्क उपचार हुनेछ । तपाईको टोल छिमेक वा आफन्ताहरू यो वर्गमा पर्नुहुन्छ भने खबर गरिदिनुहोला ।’ उहाँले सम्पर्क नम्बर ११८० वा, काठमाडौँ महानगरको स्वास्थ्य विभागमा सम्पर्क गर्न पनि आग्रह ...

तेस्रो लगानी सम्मेलन काठमाण्डौमा शूरु

बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, विचार, समाचार
आज देखी काठमाडौँमा तेस्रो लगानी सम्मेलन शुरु भएको छ । आइतबार र सोमबार गरी दुई दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक समारोहका बिच उद्घाटन गर्नुभयो । सम्मेलनउद्घाटन सत्रमा लगानी सम्मेलन निर्देशक समिति संयोजक तथा अर्थमन्त्री वर्षमान पुनले स्वागत मन्तव्य सहित उपस्थितीलाइ स्वागत गर्नू भएको छ ।समारोहमा पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा , चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्ष लु चाउहुई, भारतको वाणिज्य एवम् उद्योग मन्त्री पियुष गोयल, संयुक्त अधिराज्य (युके) का विदेश, कमनवेल्थ वेल्थ र विकास कार्यालयका इन्डो–प्यासिफिक क्षेत्र हेर्ने राज्यमन्त्री आन्मुरी टुभेलियन, युनाइटेड नेसन कन्फ्रेन्स फर ट्रेड एन्ड डेभलपमेन्टका महासचिव म्याडम रेबेका ग्रेन्सपान, संयुक्त अधिराज्यको फरेन, कमनवेल्थ वेल्थ एन्ड डेभलपमेन्ट ...

उप निर्वाचन सम्पन्न आयोगद्धारा सबैमा धन्यबाद

ब्रेकिङ न्युज १, विचार, समाचार
२०८१ वैशाख १५ गते शनिबारका लागि निर्धा रित इला म जिल्ला प्रतिनिधि सभा सदस्यनिर्वा चन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य र बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वा चन क्षेत्र नं. १ कोप्रदेश सभा सदस्य निर्वा चन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य उपनिर्वा चन, २०८१ शा न्ति पूर्ण र उत्साहजनकरूपमासम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका उपसिचब रामदत्त पाण्डेय द्धारा जारी बिज्ञेप्तीमा उक्त कुरा जनाइएको हो । बिज्ञेप्तीमा मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टी हुने क्रम जा री रहेको छ । हालसम्मको विवरण अनुसा रइला म जिल्ला प्रतिनिधि सभा सदस्य निर्वा चन क्षेत्र नं. २ मा करी ब ५८ प्रतिशत र बझाङ जिल्ला प्रतिनिधि सभासदस्य निर्वा चन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य निर्वा चन क्षेत्र नं. १ मा करी ब ५० प्रतिशत मतदा न भएको छ ।यस उपनिर्वा चनमा इला म जिल्ला प्रतिनिधि सभा सदस्य निर्वा चन क्षेत्र न...

अबको बजेटले सुदूरपश्चिम र कर्णालीको सन्तुलन कायम गर्छ ः मन्त्री भण्डारी

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षको बजेटले अरु प्रदेश सरह सुदूरपश्चिम र कर्णाली प्रदेशको सन्तुलन कायम गरिने बताउनुभएको छ । नेकपा(एमाले) बैतडी–काठमाडौँ सम्पर्क मञ्चको नवौ अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले विगतका बजेटमा सुदूरपश्चिम र कर्णालीलाई अन्य प्रदेशभन्दा अनुपातका हिसाबले कम बजेट विनियोजन हुने गरेको बताउनुभयो । उहाँले अबको बजेटमा सरकारले केही हदसम्म भए पनि सबै प्रदेशको सन्तुलनता कायम गरिने उल्लेख गर्नुभयो । सरकारले अहिले देशमा भएका जडीबुटी, उर्जा, पर्यटन, कृषि तथा खानी उत्खननका माध्यमबाट देशलाई समृद्धिको बाटोमा अगाडि लैजान खोजेको उल्लेख गर्दै मन्त्री भण्डारीले ती सबै कुराको सुदूरपश्चिममा प्रचुर सम्भावना रहेको बताउनुभयो । उहाँले सुदूरपश्चिमका स्रोतसाधनको सरकारले उच्चतम उपयोग गर्नेमा जोड दिनुभयो । सरकार सहकारीभित्रका समस्य...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु

ब्रेकिङ न्युज १, राजनिती, समाचार
इलाम क्षेत्र –२ मा मतदान सुरु भएको छ । सबै एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताउनुभयो । शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी बल, चार सय ५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन भएका उहाँले बताउनुभयो । यो चुनावमा एक लाख १५ हजार आठ सय ८९ मतदाता कायम भएका छन् । आयोगका अनुसार ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई जना तेस्रो लिङ्गी छन् ।रासस...

गाउँपालिकाको गाडी दुर्घटना हुँदा प्रमुख प्रशासकीय अधिकृतसहित ५ जना घाइते

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकाको टाटा मोवायल हाइलेक्स गाडी लागर्चेमा दुर्घटना हुँदा प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना घाइते भएका छन् । दुर्घटनामा परी घाइते हुनेहरुमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइकेल, राम प्रसाद न्यौपाने, कान्छा तामाङ, शारदा उप्रेती, सरिता गौतम र दीपा कुमारी धमला रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरिक्षक निरन्जन भट्टराईले जानकारी दिनुभयो । उहाँको अनुसार गाउँपालिकाबाट काठमाडौं आउँदै गरेको बा १ झ ६३०३ नं. को टाटा मोवायल हाइलेक्स गाडी अनियन्त्रित भई सडकबाट करिब १ किलोमिटर तल खसेको थियो । घाईते ६ जनामध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।...

नगर प्रमुख तामाङ द्धारा ७ वडा कार्यालय उद्घाटन तथा स्वास्थ्य चौकी भवन शिलान्यास

ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार
मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरको वडा कार्यालय उद्घाटन तथा स्वास्थ्य चौकी भवन शिलान्यास सम्पन्न मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरको वडा कार्यालय भवन उद्घाटन गरिएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले भवनको उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै नगर प्रमुख तामाङले गुणस्तरीय भवन बनेको भन्दै अब सेवापनि गुणस्तरीय हुनेकुरामा ढुक्क हुन आग्रह गर्नुभयो । हामी सबैको साझा भवन भएकाले यसको संरक्षण गर्नुपर्ने बताउनुभयो । नगर प्रमुख तामाङले मुख्य सडक बाट वडा कार्यालय सम्म आउने सडक,वडा कार्यालय अगाडिको वाल लगायत संरचनाको मर्मतका लागी नगरपालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । नगरपालिकाको वडा नम्बर ४ र १२ को प्रशासनिक भवन निर्माणाधीन रहेकाले लगभग सबै वडाको प्रशासनिक भवन निर्माण सम्पन्न हुन लागेको बताउनुभयो । मेलम्ची दुवाचौर शेर्माथाङ र फट्टे धार्ना मोटरबाटोको स्तर उन्नतिको ल...
पत्रकारिता किन र कसका लागी ?

पत्रकारिता किन र कसका लागी ?

जिबनशैली, विचार, समाचार, साहित्य
हाम्रो देश नेपालमा १९९५ श्रावण महिनाबाट पत्रकारिताको सुरुवात भएको पाईन्छ । सुरुमा सुधासागर साहित्यक पत्रिकाबाट सुरु भएको पत्रकारिता पेशा अहिले आइपुग्दासम्म राजनितीक दलका शुभेच्छीक सँस्थाहरुसँग आबद्ध हुन थालेपछी यस पेशामा लागेको देखाउँन लहर चलेको जस्तो देखिन्छ । नेपाल सरकारले वास्तविक पत्रकारीता कसले गर्छ ? किन गर्छ ? भन्ने भन्दा पनि सञ्चार गृहको सिफारिसमा केही मापदण्ड पुरा गरेपछी सुचना बिभागबाट पाइने प्रेसपास अनि राजनीतिक दलको शुभेच्छुक सँस्थाहरुको भाग बण्डामा पाइने पत्रकार महासंघको सदस्यताका कारण वास्तविक स्वतन्त्र पत्रकारहरु ओझेलोमा परेको देखिन्छ । खाशगरी सिन्धुपाल्चोकको पत्रकारिता गर्ने वास्तविक पत्रकार कति छन् र कसरी गरिरहेका छन् यो त पाठकले मुल्याङ्कन गरेकै होलान तर मेरो बिचारमा सिन्धुपाल्चोकमा पत्रकारिता गर्नका लागि महासंघका सदस्यता लिएका धेरै ब्यक्तिहरु स्थानीय सरकारसँग आबद्ध छन् । ...

सिन्धुपाल्चोकमा सुत्केरीको लागि ब्लड बैंक नहुँदा समस्या

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
    सिन्धुपाल्चोकमा यस बर्ष नवजात शिशुको मृत्युदर शुन्यमा रहेको सुखद समाचार प्राप्त भएको छ । गत आर्थिक वर्ष २०७९÷०८० नौ जना नवजात शिशुको मृत्यु भएकोमा चालु आर्थिक वर्षमा नवजात शिशु मृत्युको कुनै पनि घटना नहुनु सुखद् पक्ष रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईंले जानकारी दिनुभयो । उहाँले जिल्लामा सुत्केरीलाई आवश्यक पर्ने रगतका लागि ब्लड बैङ्क नहुँदा र भएका वर्थिङ सेन्टरमा पर्याप्त उपकरण समेत अभाव हुँदा समस्या परेको बताउनुभयो । अत्याधिक रत्तस्राव हुदा र समयमा अस्पताल नपुग्दा यो वर्षमात्र चौतारा साँगाचोकगढी नगरपालिकामा दुई वटा मातृ मृत्युदरको घटना भएको उहाँले बताउनुभयो । जिल्ला स्तरीय प्रजनन् स्वास्थ्य समन्वय समितिको बैठकमा गर्भवती, सुत्केरीलाई निःशुल्क हवाई सेवाबारे समेत जानकारी गराइएको थियो । बागमती प्रदेश सरकारले सिन्धुपाल्चोक सहित ११ जिल्लाका स्थानीय तहलाई...