सम्पर्क

समाचार

अनेरास्ववियु सिन्धुपाल्चोकको अध्यक्षमा रविन

ब्रेकिङ न्युज २, राजनिती, समाचार
अनेरास्ववियु सिन्धुपाल्चोकको अध्यक्षमा रविन वाइबा निर्विरोध निर्वाचित हुनुभएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिन्धुपाल्चोकको २७ औ जिल्ला अधिवेशनबाट रविन वाइबाको अध्यक्षतामा ३९ सदस्य जिल्ला कमिटी निर्विरोध निर्वाचित गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा कृष्ण न्यौपाने, सचिव शुसिल लोप्चन सह–सचिवहरुमा किसन दुलाल, सविना कार्की, रामहरी कार्की, हरिशरण सुनार र उज्जवल रायमाझी, कोषाध्यक्षमा अमिर श्रेष्ठ र कार्यालय सचिवमा राजन स्याङबो निर्विरोध चयन हुनुभएको छ । अध्यक्षको जिम्मेवारी लिँदै वाइबाले संगठनलाई थप प्रभावकारी र चलायमान गर्ने बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । केन्द्रिय अध्यक्ष समिक बढालको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा एमाले केन्द्रिय सदस्य सरेश नेपाल,जिल्ला कमिटिका पदाधिकारी, अनेरास्ववियुका सचिव सञ्जिव धिताल, सचिव एवम बाग्मती प्...

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा

ब्रेकिङ न्युज १, राजनिती, समाचार
काठमाडौँ, २० वैशाख : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र पूर्वाधार विकासका लागि सरकार दृढतापूर्वक अघि बढिरहेको बताउनुभएको छ । सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८१ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले ‘साइबर स्पेस’लाई सुरक्षित र व्यवस्थित गर्ने उद्देश्यले पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरिएको बताउनुभएको छ । “राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना भएको छ । सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक तर्जुमा तथा दूरसञ्चार ऐनको पुनरावलोकन गर्ने काम भइरहेको छ”, मन्त्री शर्माले शुभकामना सन्देशमा भन्नुएको छ, “सूचना तथा सञ्चार प्रविधि नीति, २०७२, दूरसञ्चार नीति, २०६० र ब्रोडब्याण्ड नीति, २०७१ लाई पुनरावलोकन गरी एकीकृत नीति तर्जुमाको काम अघि बढिरहेको छ ।” सञ्चार तथा सूचना प्रविधिको प्रय...

खोस्टाको फूल बनाउने तालिम सम्पन्न

बिजनेस, ब्रेकिङ न्युज १, समाचार
बजारमा तिहार लगायत विभिन्न मेला महोत्सवहरुमा विदेशबाट खरिद गरिएको प्लास्टिक तथा रबरका फूलहरुलाई निषेध गर्ने अभियान आएको छ । यसै अभियानलाई मध्य नजर गर्दै सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा नं. ३ वाफल स्थित वडा कार्यालयमा खोस्टाबाट विभिन्न किसिमका सजावटका फूलहरु बनाउने तालिम सम्पन्न भएको छ । लिसंखुपाखर गाउँपालिका उद्यम विकास शाखाको आयोजनामा यहि बैशाख १७ गतेदेखि सुरु भएको तालिम बुधबार सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा उपस्थित लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष राजु लामा, उपाध्यक्ष मिठुदेवी लामा लगायतको उपस्थितिमा रहेको थियो । तालिम समापनसँगै गाउँघरमा खेर जाने मकैको खोस्टाबाट आकर्षक सजावटका फूल हरु बनाईसके पछि त्यसलाई बजार सम्म जोड्ने र विभिन्न समारोहमा यस्तै प्रकृतिका फूल प्रयोग गर्न सकिने कुरालाई गाउँपालिकाका अध्यक्ष राजु लामाले बताउनु भयो । यसैगरी कार्यक्रममा उपस्थित गाउँपालिक...

रेडक्रसको चौतारा उपशाखामा धिताल

समाचार
नेपाल रेडक्रस सोसाइटी चौतारा उपशाखाको सभापतिमा नातिबावु धिताल निर्वाचित हुनुभएको छ । उपशाखाको आठौं अधिवेशनबाट सभापती नातिबावु धिताल, उपसभापती सीता कसजु, सचिव चन्द्र खत्री, कोषध्यक्ष मिलन लामा, सहसचिव सुजाता सापकोटा, उपकोषाध्यक्ष बालसुन्दर कटुवाल निर्वाचित हुनुभएको हो । त्यसैगरी सदस्यहरुमा रिना श्रेष्ठ, ठाकुर श्रेष्ठ, हेमन प्रधान, झम्क घले र कुमार थापा निर्वाचित हुनुभएका छ । अधिवेशनले माधवलाल कर्माचार्यको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको नव निर्वाचित सभापती नातिबावु धितालले जानकारी दिनुभयो ।...

हेल्पिङ ह्याण्डद्धारा रेलिमायाको परिवारलाई सहयोग

समाचार
मजदुर दिवसको अवसरमा  रेलिमायाको परिवारलाई हेल्पिङ ह्याण्डद्धारा सहयोग गरेको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं. ३ पुरानोगाउँ वालुवाका रेलिमाया तामाङको बिपन्न परिवारलाई खाद्यन्न, लत्ताकपडा लगायत उहाँका बालबालिकाहरुलाई स्टेसनरीका सामग्री सहित सहयोग गरेको छ । एकै परिवारमा ८ जना बालबालिका रहेको उक्त परिवार अत्यन्तै नाजुक अवस्था भएको हुँदा सहयोग गरेको हेल्पिङ हाण्ड्सले जनाएको छ । यसअघि पनि हेल्पिङ हाण्ड्सले बाह्रबिसे नगरपालिका भित्र जुनसुकै ठाउँमा बिपत अबस्थामा तुरुन्तै पुगेर उद्दार तथा राहत कार्यक्रमहरु गर्दै आईरहेको छ ।...

खानेपानी मन्त्रीलाई ध्यानाकर्षण पत्र

ब्रेकिङ न्युज १, समाचार
खानेपानी मन्त्री राजेन्द्रकुमार राई समक्ष मेलम्ची खानेपानी प्रभावितले विभिन्न माग राखेका छन् । मेलम्ची खानेपानी आयोजना प्रभावितहरुका लागि लेबिको कार्यान्वयन, मेलम्ची हेलम्बु, मेलम्ची भोताङ, दाउचेत केउरिनी बांसखर्क बरुवा याङग्री सडक १२ महिना चल्ने सक्ने गरि स्तरोन्नति गर्नका लागि आगामी बर्षको बजेटमा रकम सुनिस्चित गर्न, सुप अन्तरगत यो बर्ष भएको बजेट कार्यान्वयन र थप बजेटको सुनिश्चितता लगायत बिषयहरुमा खानेपानी मन्त्रीलाई ध्यानाकर्षण गराइएको हो । ध्यानाकर्षण पत्र बुझाउंने कार्यक्रममा पुर्बमन्त्री शेर बहादुर तामाङ, एमाले नेता हस्त पण्डित, बोर्ड सदस्य बिष्णुमणि आचार्य, सरोकार समितिका अध्यक्षहरु उपेन्द्र तामाङ, गोपाल स्याङ्बो, दोर्जे स्याङ्बो मेलम्ची खानेपानी बिकास समितिका कार्यकारी निर्देशक रत्न लामिछाने लगायतको उपस्थिती रहनुभएको थियो ।...

मजदुरीमै बित्यो जीवन

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ निधारमा दाम्लोको दाग साक्षी छ, उहाँ मजदुरी गर्नुहुन्छ । दिनभरी पाखुरा खियाएपछि मात्रै उहाँको घरमा बेलुकाको छाक टर्छ । आज विश्वले एक सय ३५औँ मजदुर दिवस मनाइरहँदा धादिङकी मनसुरा विसीलाई मजदुरी नगरी सुख्खै थिएन । सधै झैँ कम्मरमा पटुकी बेरेर उहाँ इँटा, बालुवा र ढुङ्गा बोक्न जानुभयो । विसीलाई मजदुर दिवसको अर्थ थाहा छैन, तर उहाँले आधा जीवन मजदुरीमै बिताइसक्नुभएको छ । बानेश्वरस्थित एउटा बन्दै गरेको घरमा उहाँले इँटा र बालुवा ओर्साने काम पाउनु भएको छ । “शारीरिक रुपले जति कठिन काम छ, उति नै जोखिम पनि छ”, उहाँ भन्नुहुन्छ, “यही काम पाउन पनि ६ महिना कुर्नुप¥यो ।” विसीका लागी श्रम गर्न पाउनु नै ठूलो उपलब्धि हो । त्यो भन्दा महत्वपूर्ण समयमै भनेजति पारिश्रमिक पाउनु हो । धादिङबाट उहाँ दुईवर्ष अघि काठमाडौँ परिवारसहित आउनुभएको हो । काठमाडौँमा रोजगारी पाउने आशा बोकेर आउनुभएकी विसी दःुख गरे अनुस...

वनमा आगो लगाउँनेको सुचना दिनेलाइ ५०हजार

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाँउपालिकाले वनमा आगो लगाउँनेहरुको पहीचान लिन शुरु गरेको छ । गाउँपालिकाले आज सुचना प्रकाशित गरेर आगलागी गर्ने गराउँनेको पहीचान गरी कार्बाही गर्ने भएको छ । त्यसका लागी वनमा आगो लगाउँनेको सुचना दिनेलाइ रु पचास हजार पुरस्कारको समेत घोषणा गरेको छ ।

सुनकोसी मेन्द्रदय पुर्ब बिद्याथीद्धारा कार्कीलाइ नगर सहयोग

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका वडा नं ६का राम बहादुर कार्कीलाइ महेन्द्रदोय माध्यमिक विद्यालयका पुर्ब बिद्यार्थीहरुले ४५४००० नगद सहयोग गरेका छन। खाश गरी राहत सहयोगका लागी हल्ला गर्देै एक पक्षीय नेताहरुको उपस्थिती भइरहने सिन्धुपाल्चोकमा यो राहात बितरणका लागी सघीय सासंद प्रदेस सभाका माननीयहरु को रोहबरमा गाँउपालिकाका अध्यक्ष सहीतको टोलीलाइ सहयोग रकम हस्तानन्तरण गरिएको हो । महेन्द्रदय माबीका पुर्ब बिद्यार्थी समाजका संयोजक राम शरण भण्डारीले प्रतिनिधी सभा सदस्य माधब प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा बागमती प्रदेस सभा सदस्य पुर्ब मन्त्री माननीय मसिना खड्का,र माननीय अमृता नेपालको बिशेष अतिथ्यतामा सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिना मार्फत पीडितलाई संकलित रकम हस्तान्तरण गर्नु भएको थियो । वैशाख ७ गते घर गोठमा आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएपछि पीडित परिवारलाई आ...

पाँचपोखरी थाङपालमा प्रहरी चौकी भवन समुद्घाटन

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङपालगाँउपालिकामा प्रहरी चौकी भवनको उद्धघाटन गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशका माननीय मन्त्री गंगा नारायण श्रेष्ठले एक समोरहोका बिच उक्त भवनको यद्धघाटन गर्नु भयको हो । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विनियोजित बजेटबाट पाँचपोखरी थाङपाल कोे नव–निर्मित कार्यालय, ब्यारेक तथा मेश भवनका समुद्घाटन भएका हो । ,उक्त कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नं.२ (ख) का प्रदेश सांसद माननीय कृष्ण कुमार तामाङ,पाँचपोखरी थाङपाल गा.पा.का अध्यक्ष टासी लामा, सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी झक्क प्रसाद आचार्य, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किसन सिंह थापा,पाँचपोखरी थाङपाल गा.पा.का उपाध्यक्ष सुनिता अधिकारी, सिन्धुपाल्चोक प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्का, स्थानिय जनप्रतिनिधि, विभिन्...