मेलम्चीमा न्यायीक भेला सम्पन्न
जिल्ला स्तरीय न्यायिक भेला तथा २ दिने अन्तरक्रिया अनुभव आदानप्रदान कार्यक्रम मेलम्ची नगरपालिकाको आयोजनामा मेलम्ची नगरपालिका नगरप्रमुख आइतमान तामाङुको प्रमुख आतिथ्यतामा र उपप्रमुख उमा प्रधानको अध्यक्षतामा बुधबार मेलम्चीमा सम्पन्न भएको छ ।
स्थानीय तहमा उत्पन्न हुने विवादहरूको समाधान सर्वसुलभ, छिटोछरितो, मितव्ययि, निष्पक्ष, प्रभावकारी र जनउत्तरदायी विधि र प्रकृया अबलम्न गरि सबैको लागि पहुँच पु¥याउन जिल्ला स्तरमा एकरूपता ल्याई एक पालिकाको असल अभ्यास अर्को पालिकामा आदानप्रदान गर्दै भावि दिनमा जिल्लामा न्याय निरूपणमा प्रभावकारीता ल्याउने अभिप्रायले सञ्चालित कार्यक्रममा उच्च अदालत बार एशोसियसनका अध्यक्ष शान्तिराम खतिवडा, कोषाध्यक्ष मिलन श्रेष्ठ र जिल्लाका ८ वटा पालिकाका उप्रमुख र उपाध्यक्ष, जिल्ला स्रेस्तेदार, मेलम्ची नगरपालिका निवर्तमान उपप्रमुख भगवती नेपाल, वडाअध्यक्षहरू, बालमनोविज्ञ नानिलक्ष्...

