रोशन गौतम
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ कदम्बास, सिरान्चौरमा वडाकै नमुना सिढी बनेको छ । चौतारा साँगाचोकगढी नगरपालीकाबाट आठ लाखमा बस्ति बिकास कार्यक्रम अन्र्तगत बजेट बिनीयोजन गरीएको थियो ।(सिरानचौर दलित बस्ति कदमबास) कार्यक्रम अन्र्तगत सिडिं निर्माण गर्नका लागी गठीत उपभोक्ता समितीले आफुहरु समेत खटेर सिढी निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष श्यामकृष्ण विकले बताउनु भयो । गाउँटोलका सबै मानिसहरु मिलेर यो सिढी निर्माण भएको हो । उक्त सिडिको निर्माण गर्ने क्रममा विवादसंँगै चुनौतिहरु पनि आएको थियो ।
नगरप्रमुख कृष्ण प्रसाद सापकोटा र वडा अध्यक्ष बिमल श्रेष्ठको पहलमा बिवाद समाधान गरी उपभोक्ता समिती बनेपछी काम सुचारु भएको थियो । त्यसकारण पनी यो सिढी सबैको नजरमा पर्ने भएकाले यो कार्यलाई नमुनाकै रुपमा सम्पन्न गर्न चुनौती भएको र यो चुनौतीको सामाना गर्दै कार्य सम्पन्न गरिएको बिकले बताउँनु भयो ।चौतारा सागाचोकगढी नगरपालिका वडा नं. ९ सिरान्चौर स्थित बस्ति विकास कार्यक्रम अन्तर्गत सिढी निर्माण कार्यक्रम सम्मपन्न भएको हो ।सिढी निर्माण गर्ने क्रममा धेरै खालका चुनौतिहरु आएको थियो । कतिपय मानिसहरुले निर्माणको क्रममा विरोध गरेका थिए । तर पनि हिम्मत नहारी आफुले लिएको कामको अडान लिएर काम सम्पन्न गरेको समितिको अध्यक्ष विकले बताउनु भयो ।सिढी निर्माण गर्ने क्रममा एक जना काम गर्ने कामदारको आँखा फुटेको र त्यो व्यत्तिलाई समितिबाट उपचार गरेको कुरा पनि बताउनु भयो । असार १ गते देखि निर्माण सुरु गरेको काम १५ गते समाप्त भएको थियो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ सिरान्चौर, कदमवासमा सिढि निर्माण कार्य सम्पन्न भएको हो।