सम्पर्क

मेलम्चीको फोहोर व्यवस्थापन गरिएको ठाउँ बगायो

विगत केहि दिनदेखिको अविरल वर्षाका कारण मेलम्ची नगरपालिकाले अस्थायी रूपमा फोहोर व्यवस्थापन गरिएको ठाउँ खोलाले बगाएको छ ।
मेलम्ची नगरपालिकाको बजार क्षेत्रमा उत्पादन हुने फोहोरमैलालाई ईन्द्रावती नदी किनारमा अस्थायी रुपमा व्यवस्थापन गरिँदै आएको थियो ।
मेलम्ची नगरपालिका प्रमुख आईतमान तामाङले शुक्रबार एक सूचना जारी गर्दै केहि दिनदेखिको अविरल वर्षा र स्थानीय बासिहरुको अवरोधको कारणले गर्दा अर्को सूचना प्रकाशित नभएसम्मको लागि फोहोरमैला संकलन र व्यवस्थापन कार्य नहुने जानकारी दिनुभयो ।