विकास र वातावरणको सन्तुलन मिलाउनुपर्छ
बिदुर आचार्य/चौतारा
वन क्षेत्र समन्वय समिति सिन्धुपाल्चोकले विकास र वातावरणको सन्तुलन मिलाउनुपर्ने निष्कर्ष निकालेका छन् । बुधवार जिल्ला सदरमुकाम चौतारामा आयोजित वन क्षेत्र समन्वय समितिको बैठकले वन क्षेत्रको समस्या, चुनौती र आगामी कार्यक्रम वारे छलफल गर्दै समन्वय सँगै प्रभावकारी वनाईने निर्णय समेत गरेको छ । गत आर्थिक वर्षको समिक्षा, आगामी कार्यक्रम वारे जानकारि र डिभिजन वन कार्यालयले प्राथमिकतामा राख्नुपर्ने विषय वारे छलफल भएको हो । वन समितिको निष्क्रियता, डढेलो, जंगली जनावर आतंक, वन पैदावार, माग र आवश्यकता अनुरुपको विरुवा उपलब्धताको आवश्यकताबारे सरोकारवाला समेतले ध्यानाकर्षण गराएका हुन् । वन समितिका पदाधिकारी तथा सामुदायिक वन उपभोक्ता महासंघले वन पैदावा ब्यवस्थापन, उद्योग स्तापना, वन्यजन्तुलाई पानीलगायतका सुविधा, रिजर्भ पोखरी, भूक्षय रोक्ने तथा उत्पादनमुलक विरुवा वितरण र डढेलो नियन्त्रणक...
