सम्पर्क

समाचार

नेपाल मगर संघ महिला बिभागले भब्यताका साथ मनायो २७औं स्थापना दिवस

मनोरन्जन, समाचार
दर्शन सुनार, लोकप्रिय समाचार / दोहा, कतार नेपाल मगर संघको महिला बिभागले २७औं स्थापना दिवस भब्य रुपमा मनाईएको छ । “जनसंख्याको आधारमा पुर्ण समानुपातिक महिला प्रतिनिधित्वको लागि हाम्रो आन्दोलन, सशक्तीकरण र पहिचानको संरक्षण सम्बर्द्धन पक्षमा हाम्रो अभियान“, भन्ने मुल नाराका साथ नेपाल मगर संघ शाखा कतारको मातहतमा रहेको महिला बिभागले २७औं स्थापना दिवस भब्य रुपमा मनाएको छ । शुक्रबार प्लाजा मलमा अवस्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा नेपाल मगर संघ कतार महिला बिभागकी दिलुमाया आले मगरको सभापतित्व तथा नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष रेशम आले मगरको प्रमुख आतिथ्यतामा “चेलीमाईती भेटघाट तथा महिला सचेंतना कार्यक्रम २०२४“ भब्य रुपमा मनाएको हो । बिधिगत रुपमा ब्यानर अनावरण तथा दिप प्रज्वलन सगै प्रथम सहिद क्याप्टेन लखन थापा मगरको तस्बिरमा राख्नुभएको थियो भने कार्यक्रम संयोजक सीता राना मगरले कार्यक्रमको...

हिराहरि तेक्वान्दोको सिनियर ग्रेडिङ तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

खेलकुद, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
हिराहरि तेक्वान्दो डोजाङ , चौतारामा सिनियर तेक्वान्दो खेलाडीहरुको चौतारा रंगशालामा ग्रेडिङ तथा आउदै गरेको नेपालीहरुको महान पर्व बढा दशै, शुभ दीपावली तथा अन्य पर्बको शुभकामना आदानप्रदान कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले चौतारा साँगाचोकगढी नगरपालिका वडा नं।  ५ का वडा सदस्य रामबहादुर घले को प्रमुख आतिथ्यता जिल्ला फुटबल संघ सिन्धुपाल्चोक र नगर खेलकुद विकास समितिका अध्यक्ष अमृतमान श्रेष्ठ, जनता पत्र पत्रीकाका टिका सुबेदी, सिन्धु ज्वालाका प्रमुख निर्मल बस्नेत, अभिभावक तथा खेलाडी हरुको बाक्लो उपस्थितिमा रातो कालो पेटि , प्रथम डान कालो पेटी र दोस्रो डान कालो पेटीको ग्रेडिङ भएको छ । रातो पेटीबाट रातो कालो पेटीमा सुसन खत्री र सुनिधी कक्षपति उतिर्ण हुन सफल भएको छ । तेस्तै गरि रेहान श्रेष्ठ, आशिष तामाङ, प्रबेस नेपाल, रजिब...

इलेक्ट्रोपावर कम्पनि लिमिटेडको प्राथमिक उपचार तालिम भोटेकोशीमा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
नेत्र बहादुर बस्नेत ,इलेक्ट्रोपावर कम्पनि लिमिटेड (भोटेकोशि–१ जलविद्युत आयोजना ४० मेगावाटको आयोजना र भोटेकोशि गाँउपालिकाको सहकार्यमा १ दिने प्राथामिक उपचार तालिम सम्पन्न भएको छ । योगदान राष्ट्रको लागि नामक संस्थाले प्राथामिक उपचारका बिधिका बारेमा प्रशिक्षण दिएको थियो । गाउँपालिकाका अध्यक्ष नुर्पु शेर्पाको सभापतित्वमा गाउँपालिकाको सभाहलमा भएको तालिममा पालिका भरका स्वास्थ्यकर्मि, स्वयम्सेवीका, शिक्षक, शिक्षिका, स्थानिय समाजसेबी, सुरक्षाकर्मीहरु क्लबहरु र आयोजनासँग सम्बन्धित कर्मचारिहरु, पालिकाकाका कर्मचारीहरुको सहभागीता रहेको थियो । योगदान राष्ट्रको लागि केन्द्रिय अध्यक्ष तथा प्रशिक्षक ओम उप्रेतीले प्राथमिक उपचारका लागि कसरी गर्ने के के गर्ने भन्ने बिषयमा जानकारी दिनुभएको थियो । उहाँले खाना खाँदा घाँटीमा खान अड्केर हुन सक्ने क्षेती रोक्ने, पानिमा डुबेकालाई तत्काल गर्न पर्ने उपचार बिधि, एम्...

कतारमा ३९ नेपालीले गरे रक्तदान

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
दर्शन सुनार शेष घलेद गैरआवासीय नेपाली संघ कतारको आयोजनामा र नेपाल रक्तदाता संघ कतारको संयोजकत्वमा भएको रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेका छन् । “उत्कृष्ट मानवीय सेवाद्वारा प्रेरित रक्तदान–जीवन दान“ भन्ने नारालाई ध्यानमा राख्दै शुक्रबार बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको हो । खुल्ला रक्तदानका लागि ५३ जना दर्ता भए पनि ३९ जनाले रक्तदान गर्न सफल भएको र १४ जनाले रक्तदान गर्न नसकेको नेपाल रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले बताउनुभयो । कतारको हमाद अस्पतालको रक्तदान केन्द्रमा शुक्रबार आयोजित बृहत् रक्तदान कार्यक्रममा ९० जनाको उपस्थिति रहेको थियो । गैरआवासीय नेपाली संघले रक्तदान गर्ने सबै रक्तदाताहरुलाई कार्यक्रममा उपस्थित भई कदर पत्र प्रदान गरी सम्मान गरेको थियो । संघका अध्यक्ष सुनिलकुमार घिमिरेले रक्तदान जस्ता महान कार्यमा सहभागी भई कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन सहयोग गर...

दुना टपरी बुन्न सिक्दै गोल्मादेवीका विद्यार्थी

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
लोपोन्मुख नेपाली परम्परागत सीप र संस्कृतिको संरक्षणमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–९ स्थित रहेको गोल्मादेवी माध्यमिक विद्यालयले चासो दिन थालेका छन् । विद्यालयले पढाइसँगै परम्परागत सीप तथा दुना–टपरीको प्रयोगात्मक जानकारी दिने उद्देश्यले विद्यालयका छात्र छात्राहरुलाई हरेक शुक्रबार तालिम दिइएको विद्यालयका प्रधानाध्यापक ज्ञान बहादुर तामाङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उद्देश्यसहित हामीले छात्राहरुलाई दुना, टपरी बनाउने जीवन उपयोगी परम्परागत सीप प्रदान गरेका हौं । यो व्यवहारिक ज्ञान दिने माध्यम मात्र हैन र नेपाल र नेपाली चिन्ने र चिनाउने कडी पनि विद्यार्थीलाई सिकाएका हौँ । किताबी ज्ञान भन्दा व्यवहारिक ज्ञानबाट विद्यार्थीले धेरै सिक्ने र सजिलैसँग सिक्ने भएकोले सामाजिक विषयसँग सम्बन्धित भएकोले प्रत्येक साताको एक दिन हामीले ...

टेवलटेनिसमा प्रथम हुने दिवाकर मास्के लगाएतलाई पुरस्कार

समाचार
 संबिधान दिवसको अवसरमा कर्मचारी मिलन केन्द्रद्धारा आयोजित टेवलटेनिस प्रतियोगितामा प्रथम हुने भू–तथा जलाधार कार्यालयका प्रमुख दिवाकर मास्के, दितिय हुने सोही कार्यालयका लोक बहादुर श्रेष्ठ, तृतीय हुने राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख राजन प्रजापति र सान्त्वना हुने उद्योग तथा बाणिज्य कार्यालयका प्रशिक्षक प्रबिण बस्नेतलाई प्रमाणपत्र र ट्रफी प्रदान गरिएको छ । संबिधान दिबसको अबशरमा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि सांसद माधव सापकोटालेपुरस्कार बितरण गर्नू भएको हो । चौतारा सागाचोकगढी नगरपालिकाको व्यवस्थापनमा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रम जिल्ला प्रशासन कार्यालय बिपद् व्यवस्थापन शाखामा कार्यरत कर्मचारी रबिराज धितालले सहजीकरण गर्नु भएको थियो । त्यस्तै संबिधान दिवसकै अवसर पाररे शुक्रबार कर्मचारी मिलन केन्द्रले बनदेबी म...

नेपालको संविधान विश्वकै उत्कृष्ट संविधानः सांसद सापकोटा

ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला प्रतितिधी सभा १ का सासद माधब सापकोटाले मुलुकमा अहिलेसम्म बनेका संविधानहरु मध्य सबैभन्दा राम्रो र जनताले चाहेको संबिधान भएको बताउँनु भएको छ । सिन्धुपाल्चोक जिल्लाको चौतारामा आयोजित संविधान दिवसको उपलक्ष्यमा भएको प्रभातफेरी संगै भएको कोण सभामा बोल्दै बहुमतबाट निर्माण गरिएको संविधान विश्वकै उत्कृष्ट भएको बताउँनु भएको हो । सो अवसरमा सांसद सापकोटाले नेपालको संबिधान मूलुक कै उत्कृष्ठ संबिधान भएको बताउँदै उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख र पूर्ण समानुपातिक निर्वाचनको पक्षमा माओबादी दृढ रहेको बताउँनु भयो । संबिधानले शान्तिपूर्ण बिरोध गर्ने अधिकार दिएको छ । चित्त नबुझेको कुरा भन्न पाइन्छ तर अराजकता शैलीमा होइन शान्तपुर्ण तरिकाले भन्न पर्छ भन्नुभयो । संविधानमाथि अफवा फैलाउने अतिबादी अराजकताबादीहरुको हावी भएकोले त्यसको पक्षमा नलाग्न सवैलाई आग्रह गर्नुभयो । सयौ ...

प्रदेश सरकारद्धारा संस्थागत बिद्यालयलाई सम्मान

समाचार
संस्थागत बिद्यालयको उत्कृष्ट विद्यालय गोकर्णेश्वर लाइट एकेडेमी बागमती प्रदेशद्वारा सम्मान गरेको छ । राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा बागमती प्रदेशका संस्थागत विद्यालय तर्फबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा तृतीय स्थान प्राप्त गर्दै गोकर्णेश्वर लाइट एकेडेमी बागमती प्रदेश सरकारबाट नगद रु ७०,००० सहित सम्मानित भएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको अवसरमा गोकर्णेश्वर लाइट एकेडेमीलाई पुरस्कृत गरेको हो । जसमा ३ जना विद्यार्थीको ४.०० जि पि ए सहित ३.७७ औसत जिपिए प्राप्त गर्दै गोकर्णेश्वर लाइट एकेडेमी बागमती प्रदेशमा तृतिय भएको हो । मन्त्रालयले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) मा कम्तिमा ३५ जना परीक्षार्थी सहभागि गराएको हुनुपर्ने प्रमुख मापदण्ड बनाएर नतिजा निकालेको थियो । त्यस्तै, विद्यालयले प्राप्त गरेको औसत जिपिएलाई सूत्रबाट गणना गरी...

लामोसाँघु बचत तथा ऋण सहकारी संस्थाको १५आंै बार्षिक साधारण

समाचार
लामोसाँघु बचत तथा ऋण सहकारी संस्थाको १५आंै बार्षिक साधारण सम्पन्न भएको छ । सुनकोशी, बलेफी, त्रिपुरासुन्दरी र बाह्रविसे नगरपालिकालाई कार्यक्षेत्र बनाएर स्थापना भएको लामोसाँघु बचत तथा ऋण सहकारी संस्थाको १५आंै बार्षिक साधारण सभाको उद्घाटन सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले गर्नु भएको हो । त्यस्तै कालिका मावि टेकानपुरमा आयोजित अर्काे एकाइको त्रिपुरासन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहराले उद्घाटन गर्नुभएको थियो । २०६५ सालमा स्थापना भएको उक्त सहकारीमा चार स्थानीय तहका ३०२० शेयर सदस्यहरु रहेका छन् । सहकारीले १३ करोड बढीको बार्षिक कारोबार गर्दै आएको छ । अधिवेशन समेत रहेको उक्त सहकारीमा पुन पुर्णचन्द्र ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वीरोध निर्वाचीत गरेको छ । सहकारीमा उपाध्यक्ष रीतादेवी नेपाल, सचिव नेत्रप्रसाद पराजुली, कोषाध्यक्ष प्रेमबहादुर तामाङ र सदस्यहरुमा मिरा...

पाँचपोखरीमा शैक्षिक गुणस्तर अभिवृद्धि, क्षमता विकास उत्प्रेरणा सम्बन्धी कार्यशाला

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका भित्रका विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धि, क्षमता विकास साथै उत्प्रेरणा सम्बन्धी २ दिने कार्यशाला सुरु भएको छ । गाउँपालिका सभाहलमा सुरु भएको कार्याशालाको बिहिबार औपचारिक कार्यक्रम सहित गाउँपालिका अध्यक्ष टासी लामाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लामाले शिक्षकहरुको उर्जा, उत्सुकता, गतिशीलताले कार्यक्रम फलदायी हुने बिश्वास लिएको बताउनुभयो । उहाँले संविधानको सार्वभौमसत्ता नेपाली जनतामा रहेको उल्लेख गर्दै यो संविधान पनि पुर्ण नरहेको टिप्पणी भइरहेको उल्लेख गर्दै बनेको संविधानको पुर्ण रुपमा अक्षरंश लागु गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष लामाले पाँचपोखरीको शैक्षिक गुणस्तर वृद्धि गर्दै यहाँको समृद्धिमा टेवा पुर्याउन शिक्षकहरुको भुमिका महत्वपूर्ण हुने जिकिर गर्नुभयो । सामुदायिक विद्यालयका शिक्षकहरु असाधारण क्षम...