सम्पर्क

समाचार

‘छाता ओढाइदेउन’ मा रमेश र रस्नाको अन्स्क्रिन प्रेम

जिबनशैली, मनोरन्जन, विचित्र संसार, समाचार
काठमाडौं – नायक रमेश उप्रेती र रस्ना पौडेल बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण  डान्सिङ शैलीको   'छाता ओढाइदेउन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा गायिका रस्ना पौडेल र लोकप्रिय गायक तथा संगीतकार अर्जुन पोखरेलको युगल स्वर सुन्न सकिन्छ। गीतमा शब्द, संगीत र संगीत संयोजन अर्जुन पोखरेलको नै रहेको छ।श्याम तामाङले छायाँकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्।  मौसम हिमालीको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो ओएसआर डिजिटल नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो।...

वादोकाई कराँतेको अध्यक्षमा आइतमान तामाङ

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लको मेलम्च्ी नगर पालिकाका प्रमुख समेत रहनु भएका आइतमान तामाङ नेपाल वादोकाई कराँते संघको चौथो अधिवेशन बाट राष्ट्रीय अध्यक्षमा निर्बाचित हुनु भएको छ । सोम बार काठमाडौमा सम्पन्न भएको साधारणसभा बाट तामाङको अध्यक्षमा २३ सदस्य कार्य समिति निर्विरोध निर्वाचित हुनु भएको हो । सघको उपाध्यक्षमा काभ्रेका देबवहादुर लामा,बाँकेका कमल बस्नेत,मकवानपुरका शशिकुमार तितुङ, काभ्रेको जेबि अधिकारी( दिपक), बाराको गोवर्धन खड्का( सुमन) सुस्मिता तामाङ,सुदुरपश्चिमका चुडामणी भट्ट ।रहनु भएको छ भने ,महासचिवमा दोलखाका नारायणबहादुर मगर,कोषाध्यक्षमा काठमाडौका सुजेन्द्र केसी,सचीवमा महेश महर्जन, रोदाना घिमिरे, र सदस्यहरुमा देवकुमार कोइराला,मोहन तामाङ,अमिर लामा,सोमबहादुर तामाङ,रामकृष्ण अधिकारी,नारायण सापकोटा,भक्तबहादुर तामाङ,रुपा महर्जन, लगायत २३ जनाको कार्यसमिति निर्विरोध निर्वाचित भएको अध्यक्ष तामाङले जानका...

त्रिपुरासुन्दरीमा पहिलोपटक बजार अनुगमन

ब्रेकिङ न्युज २, समाचार
पृथ्वीजंग पाण्डे / पिस्कर त्रिपुरासुन्दरी गाउँपालिकामा बजार अनुगमन टोलिद्वारा गाउँपालिकाको विभिन्न वडामा सोमबारदेखि अनुगमन सुरु गरिएको छ । वडा नं. ४ पिस्कर, वडा नं. ३ धुस्कुन तथा वडा नं. २ चोकटीमा भएका किराना पसल तथा होटलको अनुगमन गरि आवश्यक सल्लाह सुझाव दिएको हो । म्याद नाघेका र अखाद्य सामग्री बढि बिक्री वितरण भएको र स्थानीयको स्वास्थमा प्रतिकुल असर परेको गुनासो आउने गरेकाले बजार अनुगमन कार्यलाई सुरु गरिएको पालिका अध्यक्ष भक्तध्वज बोहराले बताउनुभयो । अनुगमनका क्रममा बिनादर्ता संचालन भएका पसलहरुलाई सात दिनभित्र दर्ता प्रक्रिया पुरा गरी प्यान नम्बर लिन आग्रह गरिएको छ । त्यसैगरी अधिकाशं पसल तथा होटलहरुले सरसफाईको अवस्था सुधार गर्नुपर्ने, प्यान नम्बर र साइनवोर्ड लगायतका कागजपत्रहरु देखिने गरी पसलमा राख्नुपर्ने लगायतका सुझावहरु दिएको छ । अनुगमनका क्रममा म्याद गुज्रिएको अखाद्यय वस्तु ,विभिन्...

चौतारा अस्पतालमा डाइलाइसिस (रगत शुद्धीकरण) सेवा सुरु

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा अस्पतालमा डाइलासिस (रगत शुद्धीकरण) सेवा सुरु भएको छ । सिन्धुपाल्चोक जिल्ला २ नं. क्षेत्रका संघीय सांसद पूर्व स्वास्थ्य मन्त्री माननीय मोहन बहादुर बस्नेतले एक समारोहका बिच डाइलासिस सेवाको उद्घाटन गर्नु भएपछी अस्पतालले सो सेवा सुरु गरेको छ । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ गैरिगाउँका ५१ बर्षीय शर्मीला तामाङबाट सो सेवा सूरुवात गरिएको छ । डाइलासिस सेवाका लागि डा. सरोज श्रेष्ठको नेतृत्वमा तिन जना नर्स समेत परिचालित हुने भएका छन् । अस्पतालमा ५ वटा मेशीन रहेको छ भने दैनिक १० जना बिरामीले सेवा लिने अस्पताल मेडीकल सुपरिटेन्डेन्ट डा. रुद्रमणी भण्डारीले जानकारी दिनुभयो । सेवाको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी बस्नेतले अस्पताललाई आबश्यक पर्ने सामाग्रीहरु आफुले उपलब्ध गराउँने तर दक्ष जनशक्तिको पनि व्यवस्था गर्न पर्ने भएकाले त्यस ...

पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय छः राष्ट्रपति

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, ६ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले देशको राजनीतिक परिवर्तन, सामाजिक रुपान्तरण र आर्थिक विकासमा पत्रकारिता जगत्ले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ । प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सवका अवसरमा आज राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले आमसञ्चारमाध्यम लोकतान्त्रिक शासन प्रणालीका मेरुदण्ड भएकाल बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रतिफल जनताको घरआँंगनसम्म पु¥याउन सत्तासीन शासन सञ्चालनमा बसेकाहरूलाई घच्घच्च्याएर लोकतन्त्रप्रति जनताको विश्वास अभिवृद्धि गर्न तपाईंहरूले जिम्मेवार भएर काम गर्नुहुने मेरो विश्वास छ ।” राष्ट्रपति पौडेलले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिताबिना लोकतन्त्र सुदृढ हुन नसक्ने भन्दै यही कारणले पत्रकारितालाई चौथो अङ्गका रुपमा सम्मान प्राप्त भएको बताउनुभयो । “जिम्मेवारीपूर्ण, सन्तुलित र तथ्ययुक...

आफ्नो ५५ औँ वार्षिक उत्सवका अवसरमाप्रेस काउन्सिल नेपाललेपत्रकारिता पुरस्कारप्रदान गर्ने

ब्रेकिङ न्युज १, समाचार
प्रेस काउन्सिल नेपालले आफ्नो ५५ औँ वार्षिक उत्सवका अवसरमा गोपालदास पत्रकारिता पुरस्कारसहित विभिन्न पुरस्कार घोषणा गरेको छ । यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक अखण्ड भण्डारी र नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई)लाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय भएको छ ।तीन दशकदेखि पत्रकारिताका विभिन्न विधामा सक्रिय रही सामाजिक रुपान्तरण र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर लाग्नुभएका पत्रकार भण्डारी र पत्रकारिता प्रशिक्षणमा अग्रणी संस्था एनपीआईलाई यो पुरस्कार प्रदान गरिने भएको हो । यो पुरस्कारको राशि एक लाख ५१ हजार रुपियाँ रहेको छ । पत्रकारिता तथा आमसञ्चार क्षेत्रको अध्ययन, अनुसन्धान, तालिम एवं प्रशिक्षण संस्थालाई गोपालदास पत्रकारिता पुरस्कारमा समावेश गरिएको काउन्सिलको इतिहासमा यो पहिलोपल्ट हो ।नेपाली पत्रकारिता क्षेत्रमा आजीवन समर्पि...

चौतारा अस्पातलमा डाइलासिस सेवा सुरु आजै पुर्ब स्वास्थ्य मन्त्री बस्नेतद्धाराउद्धघाटन हुने

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्ला को चौतारा अस्पतालमा डाइलासिस सेवा सुरु हुने भएको छ। पुर्ब स्वास्थ्य मन्त्री माननीय मोहन बहादुर बस्नेतको प्रमुख अतिथ्यतामा आज देखी मृगौला रोगीहरुलाई केन्द्रीत गर्दै डाइलासिस सेवा सुरु हुने भएको छ । चौतारा अस्पतालमा मृगौला रोगीहरुको सुबिधाका लागी सेवा शुरु गर्न लागीएको अस्पताल मेडीकल सुपरिटेन्डेन्ट डा. रुद्रमणी भण्डारी ले जानकारी दिनु भयो । डाइलासिस सेवाले सिन्धुपाल्चोक जिल्ला र आसपासका मृगौला रोगीहरुको लागि राहत प्रदान गर्ने अपेक्षा गरिएको भण्डारीले बताउँनु भयो । जब मृगौला रोगीहरुको मृगौलाले काम गर्दैन् शरीरका फोहोर चिजहरु फालिरहेको हुदैन् उति नै बेला मृगौलाले गर्ने काम मेसिनले गरिरहेको हुन्छ भन्दै उँहाले डाइलासिस सेवा लिनको लागि मृगौला रोगीहरुलाई आव्हान गर्दै ’मृगौला बिरामीहरु आउनुहोस हामी सेवा दिन तयार भइसकेका छौं भन्नु भयो ।हाल अस्पातलबाट इमर्जेन्सी , बहिरग...

कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर २को बेठक मेलम्चीमा

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर २ क्षेत्रीय कार्यसमितिको बैठक मेलम्चीमा बसेको छ । क्षेत्रीय सभापति एवं मेलम्ची नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा बागमती प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदिय दलका सचिव मा. कृष्ण कुमार तामाङ को प्रमुख आतिथ्यतामा क्षेत्र नम्बर २ भित्रका नेपाली कांग्रेसको विभिन्न तह तप्काका जिम्मेवार नेता हरुको उपस्तिथिमा बैठक बसेको हो । बैठकमा पार्टीको हितका लागि सबै एक भएर अगाडी बढ्न पर्ने बताउँदै पाटीले गरेका हरेक बिकासका कार्यक्रमहरु सबै सामु लानका लागी पनी हामी लागी पर्नु पर्ने बताउँनु भयो । बैठकमा क्षेत्रीय सभापती आइतमान तामाङले नेपाली काँग्रेस २ नं क्षेत्रलाइ अझ सक्रिय गराउँदै काग्रेसले गरेका कामहरु जनतामाझ लान आबश्यक भएकाले क्षेत्र भित्रका निर्बाचन जितेका सबै स्थानीय जन प्रतिनिधी पार्टी पदाधिकाीहरु प्रतिनिधीहरु ले यस तर्फ ध्यान दिन...

इतिहास मात्रै भजाएर नहुने भएकाले विकास निर्माण र जनताको काममा ध्यान दिन सभापती देउवाको आग्रह

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इतिहास मात्रै भजाएर नहुने भएकाले विकास निर्माण र जनताको काममा ध्यान दिनुपर्ने बताउँनु भयो । समय माग र जनताको चाहाना बमोजिम ठुला दलहरु दाया बाया फर्केर होइन एकै ठाउमा बसेर बिकासका कामहरु गर्न पर्ने आबश्यकता देखीएकाले बर्तमान सरकारको बनेको बताउँनु भयो ।  उहाँले काभ्रेपलाञ्चोकजिल्लाको धुलिखेलमा निर्माण गरिएको महामानव बिपी कोइरालाको प्रतिमा अनावरण समारोहलाई शनीबार सम्बोधन गर्दै सत्ताका लागि कचकच भइरहेका बेला दुई ठूला पार्टी नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सत्तासहकार्यको वर्तमान सरकारबाट मुलुकमा सकारात्मक सन्देश दिएको बताउनुभयो।“दुई मुख्य प्रतिस्पर्धी पार्टी मिल्दा के हुन्छ भन्ने चिन्ता पनि देखिएको थियो, तर मैले थाहा पाए अनुसार देशभरिमा सबैबाट सकारात्मक सन्देश गएको पाएँ”, देउवाले भन्नुभयो। उहाँले क...

अरनिको राजमार्ग विस्तार ः जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या

ब्रेकिङ न्युज २, समाचार
काभ्रेपलाञ्चोक अरनिको राजमार्ग विस्तार आयोजनाअन्तर्गत उपत्यकाको सीमास्थल काभ्रेको साँगादेखि धुलिखेलसम्म सडक विस्तार सुस्त भएको छ ।  जग्गा अधिग्रहणको समस्या, अधिक वर्षा तथा  सडकखण्डमा पर्ने ऐतिहासिक आठ संरचना व्यवस्थापनमा कठिनाइ भएपछि केही सुस्ताएको हो । विस्तारित बनेपा–धुलिखेल सडकखण्डमा केही मोड सुधारका लागि थप जग्गा अधिग्रहणका लागि आयोजनाले सोसम्बन्धी प्रक्रिया थालेपछि विवाद सिर्जना भएको छ । उक्त क्षेत्रमा करिव चार सय मिटरमा करिब पाँच रोपनी जग्गा अधिग्रहणका लागि छलफल गर्दा स्थानीयले सरकारी मूल्याङ्कनभन्दा पाँच गुणा बढी मूल्य मागेपछि समस्या सिर्जित भएको आयोजनाले जनाएको छ । सुर्यविनायक–धुलिखेल सडक आयोजनाले बनेपा नगरपालिका–६ र धुलिखेल नगरपालिका–४ स्थित दुई नगरको सीमा क्षेत्रमा दुई वडाका ११ जग्गाधनीको १७ कित्ता जग्गा अधिग्रहणका लागि छलफल अघि बढाएको हो । सडक आयोजनाले जग्गा अधिग्रहण गर्...