सम्पर्क

काँग्रेसको प्रतस्पिर्धी एमाले मात्रै हो –महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार समिकरणका बारेमा स्पष्ट पार्दे नेपाली काँग्रसको नेर्तत्वमा भएका परिबर्तनहरुमा नेकपा एमालेको साथ र सहयोग रहेको कारण नितीगत रुपमा काँग्रेसको नेतृत्वमा हरेक परिबर्तन भएको तर नेकपा एमालेको पनी साथ र सहयोग भएकाले एमाले काँग्रेसले सयुक्त सरकार चलाउँनू कुनै नौलो कुरा नभएको बताउँनु भएको छ । उँहाले निर्बाचनमा भने नेपाली काग्रेस र एमाले बिच प्रतिस्पर्धा भएको र हुने बताउँनु भयो । जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको कार्यालय वि.पी. अध्ययन केन्द्र भवनको समुद्घघाटन तथा नेपाली काँग्रेसका सँस्थापक नेता वि.पी.कोईराला र सिन्धुपाल्चोकका पुर्व सभापति द्वय स्व .रोहिणीराज सिग्देल र स्व.बिकाश लामाको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले उक्त धारणा राख्नुभएको हो । थापाले महामन्त्री थापाले राज्यले कृषि क्षेत्रमा लगानी बढाउने गरी नीति अघि सार्नुपर्नेमा जोड दिनुभयो । उहाँले वैदेशिक रोजगारीले जीविकोपार्जन मात्रै भइरहेको बताउँदै कृषि क्षेत्रको विकास नभई देश संवृद्ध नबन्ने बताउनुभयो । थापाले लोड सेडीङ्ग हामीले गर्योै, बाटो हामीले खन्योै , बृद्ध भत्ता हामीले दियौ भन्ने नारा लगाउँदैमा हुँदैन , नेपाली काँग्रसले २०४८सालमा ल्याएको बिद्युत उत्पादनमा प्तिस्पर्धात्मक ढङ्गबाट निजी क्षेत्रलाइ बिजुली उत्पादन गर्न दिए पछी बिजुलीको उत्पादन भएर लोडसेडीङ्ग को अन्त्य भएको नेपाली काँग्रेसकै सरकारले देसमा ढुकुटीमा आर्थीक मजबुद पार्ने काम गरेको ले त्यही आर्थीक बाट सामाजीक सुरक्षा भत्ता दिएको बताउँनु भयो । जनताबाट सङ्कलित कर भन्सारबाट सङ्कलित राजस्व नै यस को मुख्य कारण भएको र यो राजस्व सङ्कलनका लागी नेपाली काँग्रेसकै निती र बिपीको बिचारले काम गरिरहैको हुँदा यो जनताकै करबाट भएको र यो करको सङ्कला र राज्यको ढुकुटीमा रकम जम्मा गर्ने निती काँग्रेसले ल्याएको हँुदा यसमा जनताकै करले भएकाले जनतानै यसको श्रोत हो भन्नु भयो । सत्ता सहयात्री एमाले कांग्रेसको प्रतिस्पर्धी दल रहेको स्मरण गराउँदै उहाँले संविधान संशोधन र विधिको शासनको लागि एमालेसँग मिलेर सरकार बनाउनु परेको बताउँनु भयो । उँहाले अधिबेशन बाहेक कुने नेता तथा कार्यकर्तालाइ अनाबश्यक आँच आउँने गरि जथाभाबी बोल्न छुट नभएकाले सबै पार्टीका नेता तथा कार्यकर्ताहरुले एक आर्कालाइ आरोप प्रत्यारापे नगरी अगाडी बढेर काम गर्न पाटी पक्तीलाइ निर्देशन समेत दिनु भयो । कार्यक्रमा बोल्दै केन्द्रीय सदस्य तथा राज्यब्यवस्था समितीका सभापती माननीय रामहरी खतिवडाले जुनसुकै व्यवस्था र जुनसुकै अबस्थामा पनी नेपाली काँग्रेसको निती र बिचार लागु नगरी देसका नागरिकले चाहेको व्यवस्था नआउँने भएको र काँग्रेसको इतीहाँस पढेर जानेर अगाडी बढ्न सबैमा आग्रह गर्नु भयो । उँहाले पार्टी बलियो रहेको सन्देश दिन सिन्धु कांग्रेस सफल भएको धारणा राख्नु भयो ।अर्को केन्द्रीय सदस्य जगदिश नरसिह केसी ,अजयबाबु शिवाकोटीले पार्टीलाई अझ एकतावद्ध बनाउनु पर्नेमा जोड दिनु हुँदै काँग्रेस हराउँने नै काग्रेस हो भन्नु हुँदै काँग्रेस शक्तीशाली पाटी भएको र काँग्रेस एक जुट भएर अगाडी बढ्न पर्ने बताउँनु भयो । कार्यक्रममा नेताहरु आइतमान तामाङ, बलदेव तिमल्सिना , भूपेन्द्रबहादुर थापा, बंशलाल तामाङ, डा. प्रेमध्वज लामा, दोर्जे लामा हाउडे, राजेन्द्र गोर्खाली, भूपेन्द्र थापा लगाएतले आआफ्ना भनाइ राख्नु भएको थियो । पाटी सभापती जङ्ग बहादुर लामाको सभापतीत्वमा भएको कार्यक्रममा चौतारासाँगाचोकगढी नगर कार्यसमितीको तर्फबाट मुख अतिथी थापालाइ सम्मान  गरिएको थियो ।         सिन्धु काँग्रसले बिभिन्न नेता, कार्यकर्ताको आर्थिक सहयोगमा पार्टी कार्यालयको रुपमा कांग्रेसले साढे दुई तले बिपी अध्ययन केन्द्र भवन निर्माण गरेको हो । सोही अवसरमा महामन्त्री थापाले अध्ययन केन्द्र भवन अघि निर्मित स्वर्गीय नेताहरुको प्रतिमा अनावरणसमेत गर्नु भयो ।कांग्रेस संस्थापक बिपी कोइराला, भवन निर्माणको लागि जग्गा दान गर्ने पूर्वजिल्ला सभापति स्वर्गीय रोहिणीराज सिग्देल र भवन निर्माणको नेतृत्व गर्ने पूर्वसभापति स्वर्गीय विकास लामाको प्रतिमा बनाइएको हो ।सो अवसरमा भवन निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने पूर्वसभापतिद्धय भूपेन्द्रबहादुर थापा, श्यामबहादुर श्रेष्ठ तथा आर्थिक सहयोग प्रदान गर्ने नेताहरु बंशलाल तामाङ, डा. प्रेमध्वज लामा, आइतमान तामाङ, दोर्जे लामा हाउडे, राजेन्द्र गोर्खाली, भूपेन्द्र थापा, लगायत का नेता, तथा कार्यकर्तालाई सम्मान गरिएको थियो । सो अबशरमा वडा नं १०का दर्जनौ युवाहरुले काँग्रेस प्रबेस गर्नु भएको थियो भने वडा नं १०का वडा सभापती मन्दु थापालाइ समेत बिशेष सम्मान गरिएको थियो । नव प्रबेसीहरुलाइ  स्वागत गरिएको थियो ।