स्नातक तह उतिर्णलाई नगरमै रोजगार दिदै बाह्रबिसे नगरपालिका
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकाले नगरभित्र स्नातक उतिर्ण गरेर बेरोजगार भएकाहरुलाई रोजगार दिने नगर प्रमुख बालकृष्ण बस्नेतले बताउँनु भएको छ । बस्नेतले सम्पती मात्र भएर हुँदैन सम्पति भनेको खान लाउन पुग्ने भए हुन्छ तर इज्जत र इमान नै मुख्य सम्पती हो भन्नुहुँदै आफु जनप्रतिनिधी भएको नागरिकको सेवा गर्न हो त्यसैले बेरोजगार नागरिकलाई रोजगारको व्यवस्था मिलाउँने शिक्षा स्वास्थ्यको व्यवस्था र स्थानीय स्तरमा नै आय आर्जनको व्यवस्था गरेर नागरिकहरुलाई खुशी बनाउँनु नै आफ्नो मुल धन हो भन्नुभयो । उहाँले लोकप्रिय नेत्रज्योतीसँग कुरा गर्दै बाह्र्बिसे नगरपालिकामा कोही पनि बेरोजगार बस्न नपरोस भनेर स्थानीय आयआर्जनमा सहयोग गरिरहेको बताउँनु भयो । उहाँले जनप्रतिनीधी भएकाहरु साथीहरुले काठमाण्डौमा घर बनाउँने होइन नागरिकको समस्या समधान गरेर नागरिकको मन जित्न पर्छ त्यो नै धन सम्पती हो भन्नुभयो । बस्नेतले आफ्नो ...
