बतासेमा आयोजित इम्प्याक्ट म्याराथन सम्पन्न
देबराज सुबेदी
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ६ बतासेमा आयोजित इम्प्याक्ट म्याराथन सम्पन्न भएको छ ।इम्प्याक्ट म्याराथन र टार्गेट हिमालयको संयुक्त आयोजानमा भएको म्याराथनमा ३० जना विदेशी सहित ३०४ जना खेलाडीहरुको सहभागीता रहेको थियो । म्याराथनमा ४२ किलोमिटर पुरुषतर्फ लुके रोभर्ट पहिलो हुनुभयो । त्यस्तै दिपाकर शाह दोस्रो र बेन चिल्भेर्स तेस्रो हुनुभयो । महिलातर्फ ४२ किलोमिटरमा सोइ स्कोरिक पहिलो,कोमा दोस्रो र चारु तेस्रो हुनुभयो । प्रतियोगितामा २१ किलोमिटर पुरुषतर्फ सुप्रिन तामाङ पहिलो,निखिल तामाङ दोस्रो र रन सिंह तेस्रो हुनुभयो । महिलातर्फ रेचेल लमन पहिलो,जुडित व्रुनसेल्स दोस्रो र लिलिन पेलुके तेस्रो हुनुभएको टार्गेट हिमालयका अध्यक्ष सुजन तामाङले जानकारी दिनुभयो । म्याराथनको १० किलोमिटर पुरुषतर्फ सुदिप तामाङ पहिलो,रमेश तामाङ दोस्रो र सुजन तामाङ तेस्रो हुनुभयो भने पहिलातर्फ सुस्मित...
