आगमी माघ २६ गते पाँचौ लिस्तिकोट दुगुनागढी माउन्ट ट्रेल रेस हुने
आगमी माघ २६ गते ‘पाँचौं लिस्तिकोट–दुगुनागढी माउण्टेन ट्रेल रेस २०८१’ प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाल–तिब्बत लडाइको बेला प्रयोग भएको मार्गमा पर्ने प्रसिद्ध धार्मिकस्थल लिष्तिमाई मन्दिर र दुगुनागढीलाई समावेश गरी रेस सञ्चालन गर्ने भएको हो ।
आज (शनिबार) गणको कार्यालय चौतारामा पत्रकार भेटघाट कार्यक्रम गर्दै पाँचौं लिस्तीकोट–दुगुनागढी ट्रेल रेस सञ्चालन गर्ने बताएको छ ।
इन्द्रध्वज गणको आयोजना र भोटेकोशी गाउँपालिकाको प्रायोजनमा साहसिक खेलकुदको बिकास तथा शैनिक नागरिकको सम्वन्धलाई प्रगाढ बनाउने उद्देश्यले आगामी माघ २६ गते उक्त रेस सञ्चालन गर्ने गणका खेल संयोजक सेनानी अनिलकुमार बस्नेतले जानकारी दिनुभएको छ । उहाँका अनुसार भोटेकोशी गाउपालिका–३ ड्राइपोटदेखि लिस्तिकोट हुँदै दुगुननगढीसम्म २४.५ किलोमिटर दौड प्रतियोगिता हुनेछ ।
अल्ट्रा म्याराथुन २४.५ लम्बाइ रहेको दौडको लागि माघ १५ गतेसम्म सहभागील...



