सम्पर्क

समाचार

राजतन्त्रको माग गर्दै राजधानीमा मोटर साइक र्याली

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
राजतन्त्रको माग गर्दै राजधानीमा मोटर साइक र्याली भएको छ । राष्ट्रिय झण्डासहित संघीयताको खारेजी र राजतन्त्रको पुनस्थपनाको माग राख्दै बुधबार राजधानीका सडकमा प्रदर्शनी भएको छ । राजधानीमा बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले बृहत् प्रदर्शन गरेको हो । राजतन्त्र पुनर्बहाली हुनुपर्ने मागसहित राप्रपाले जनप्रदर्शन गरेको हो ।धवलशमशेर राणाा नेतृत्वको आन्दोलन परिचालन समितिको अगुवाइमा भएको प्रदर्शनमा राष्ट्रिय झण्डासहित ‘राजा आउ, देश बचाऊ’ लगायत नाराहरू लगाइएको थियो । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष राजेन्द्र लिङ्गदेल सहीतको हजारौको सख्यामा राजधानीमा मोटर साइकल र्याली गरिएको राप्रपाको महीला नेतृ बागमती प्रदेस सभा सदस्य कुमारी तामाङ तामाङ, स्याङवोले जानकारी दिनु भयो ।  ...

निःशुल्क शिवीरबाट लाभ लिन कोहीपनि वञ्चित नहोस् ः नगरप्रमुख सापकोटा

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
चौतारा साँगाचोकगढी नगरबासीहरुलाई निःशुल्क स्वास्थ सेवा उपलब्ध गराउने अभियानमा मंगलबार चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृृष्णप्रसाद सापकोटाले शिबिरको उद्घाटन गर्नुभएको छ । शिवीरको उद्घाटन गर्दै उहाँले नगरबासीलाई सहज सुबिधा सहित स्वास्थ्यमा पहुँच पु¥याउनको लागि शिबिर सञ्चालन गरिएको बताउनुभयो । उहाँले जनताको स्वास्थ्यप्रति राज्य र वर्तमान सरकार संवेदनशील रहेको बताउदै उक्त निःशुल्क शिवीरबाट लाभ लिन कोहीपनि वञ्चित नहोस् समेत बताउनुभयो । ३ दिने निःशुल्क निशुल्क मोतियाबिन्दु र क्षयरोग परिक्षणको क्रममा चौतारा साँगाचोकगढी नगरपालिकामा सेवा लिनेको दिनभर लाइन रहेको थियो । पहिलो दिन चौतारा नगरपालिकाको शिबिरमा ३ सय ८ जनाले सेवा लिएका छन् ।   नगरल स्वास्थ्य शाखाले गरेको शिबिरमा नगरबासी तेस्रो पटकको लागि आँखाको सल्यक्रिया गर्न समेत पुगेका थिए । उनी हुन् सिरुवारीका ७८ बर्षिया कुल बहादुर दुलाल । दुलालल...

पाँचपोखरी कप फुटबल प्रतियोगिताको उपाधी चौतारा साँगाचोकगढी नगरपालिकालाई

खेलकुद, ब्रेकिङ न्युज १, समाचार
जिल्ला स्तरीय प्रथम पाँचपोखरी कप फुटबल प्रतियोगिताको उपाधी चौतारा साँगाचोकगढी नगरपालिकाले हात पारेको छ । आज भएको फाइनल खेलमा सुनकोशी गाउँपालिकालाई पेनाल्टी सुटआउटमा पारजित गर्दै उपाधी चौताराले जितेको हो । चौताराले उपाधी सँगै १ लाख रुपैयाँ नगद पाएको छ भने उपबिजेता बनेको सुनकोशीले भने ५० हजारमै चित्त बुझाएको छ । सोमबार भएको पहिलो सेमिफाइनलमा आयोजक पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई २–० गोल अन्तरल पराजित गर्दै चौतारा साँगाचोकगढी नगरपालिका फाइनल प्रवेश गरेको थियो भने इन्द्रावती गाउँपालिकालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सुनकोशीले चौतारासँगको फाइन भेट पक्का गरेको थियो । पाँचपोखरी थाङ्पालगाउँपालिकाको आयोजना र जिल्ला फुटबल संघको प्राबिधिक सहयोगमा सञ्चालित १५ फागुन देखि सुरु भएको प्रतियोगितामा जिल्लाभरिका १० टोली सहभागी भएका थिए ।...

यस्तो छ स्ववियु निर्वाचन कार्यतालिका

ब्रेकिङ न्युज २, समाचार
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया सुरु गरेको छ । त्रिविका आङ्गिक, सम्बन्धनप्राप्त क्याम्पसमा सोमबार बेलुकासम्म विभिन्न विद्यार्थी सङ्गठनले आफ्नो सङ्घ, सङ्गठनको नाम दर्ता गराएका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिनुभयो । “विद्यार्थी सङ्गठनले आआफ्नो सङ्गठनको नाम निर्वाचनका लागि दर्ता गराउनुभएको छ”, उहाँले भन्नुभयो, “विगतभन्दा धेरै क्याम्पसमा यसपटक निर्वाचन हुन्छ ।” निर्वाचन कार्यतालिकाअनुसार भोलि फागुन २१ गते मतदाता सूची प्रकाशन गर्ने र फागुन २७ गते बिहान ११ देखि २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन दर्ता गरिने छ । त्रिविले मतदान आगामी चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि तोकेको छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले निर्वाचनका लागि सबै क्याम्...

पाँचबुँदे माग राख्दै पिछडावर्ग महासंघले आन्दोलन सुरु गर्‍यो

ब्रेकिङ न्युज २, समाचार
काठमाडौं नेपाल पिछडावर्ग (ओबीसी) महासंघले पाँचबुँदे माग राख्दै सोमबारदेखि आन्दोलन सुरु गरेको छ । पिछडावर्ग महासंघले काठमाडौंको माइतीघर मण्डलामा अनिश्चितकालीन धर्ना सुरु गरेको हो । उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति, पिछडिएको समुदाय (ओबीसी) उत्थान विकास समिति र वादी समुदाय उत्थान विकास समितिहरुलाई यथाशीघ्र सञ्चालन गर्न मागसहित पिछडावर्ग महासंघ आन्दोलित भएको छ । तीनवटा विकास समितिहरुमा रिक्त रहेको पदमा यथाशीघ्र पदाधिकारीहरु नियुक्ति गर्नुपर्ने, राष्ट्रिय समावेशी आयोगले पिछडावर्गको थर सूचिकरणका लागि गरिएको सिफारिस मन्त्रिपरिषद्बाट पास गरी यथाशीघ्र ओबीसी आरण लागू गर्न माग महासंघले गरेको हो । यसैगरी, नेपाल सरकार र नेपाल पिछडावर्ग (ओबीसी) महासंघ, दलित संघ तथा वादी समुदायबीच भएको सम्झौताहरु लागू गर्नुपर्ने र तीनवटै विकास समितिमा लामो समयदेखि कार्यरत अवकासित कर्मचारीलाई यथाशीघ्र...

कर्णाली प्रदेशको नेतृत्वमा मोतिलाल सर्वसम्मत चयन

ब्रेकिङ न्युज १, समाचार
दर्शन सुनार /लोकप्रिय दैनिक कतारमा स्थापित कर्णाली प्रदेश समन्वय परिषद् कतारले तेस्रो अधिवेशन भब्य रुपमा सम्पन्न गरेको छ । कर्णाली प्रदेश समन्वय परिषद कतारका काःवा अध्यक्ष मोतिलाल बुढा मगरको सभापतित्व तथा गैर आवासिय नेपाली संघ एनसिसी कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा शुक्रबार वेलफेयर रेष्टुरेन्टको सभाहलमा “छैठौं वार्षिक उत्सव“ तथा बिविध साँस्कृतिकको साथमा सम्पन्न गर्दै खुल्ला शत्र र बन्द शत्र गरेर दुई चरणमा सम्पन्न अधिवेशनको बन्द शत्रबाट आगामी कार्यकालका लागी मोतिलाल बुढा मगर अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । बरिष्ठ उपाध्यक्ष पुर्ण बहादुर राना, उपाध्यक्षमा क्रमश टंक बिश्वकर्मा,तिलक सिहं ठकुरी, शेर बहादुर रोकाय, पवि कुमारी थापा, महासचिवमा सुरेश केसी, सचिवद्घय हरिस रावल, प्रकाश हमाल, कोषाध्यक्षमा यज्ञ बहादुर रावत र सहकोषाध्यक्षमा रुपसिहं सिञ्जाली निर्वाचित भएका छन् । त्यस्तै क...

सार्वजनिक स्थानमा फोहर फाल्नेप्रति कठोर बन्दै कामपा

ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा फोहर फाल्ने जोकोहीलाई रु पाँच हजारदेखि १५ हजारसम्म जरिवाना गराउने भएको छ । कामपा वातावरण विभागका अनुसार कामपा क्षेत्रका घर कम्पाउन्ड तथा परिसरको फोहरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्नेजस्ता कार्य गरे रु पाँच हजारदेखि १५ हजारसम्म कारबाही गर्ने भएको हो । कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार जथाभावी फोहर फाल्दा दुर्गन्धित हुनुका साथै नागरिकको जनस्वास्थ्यमा समेत गम्भीर असर गर्ने भएकाले पूर्ण रुपमा यस कार्यलाई प्रतिबन्ध गरिएको हो । यदि कामपाको आग्रहलाई बेवास्ता गरी सार्वजनिक स्थानमा फोहर फालेको कामपाको अनुगमन टोलीले भेटे कामपाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा (च) बमोजिम कारबाही हुने पनि कामपाले स्पष्ट पारेको छ । यसैबीच कामपाले फोहर व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउनका लागि ३२ वटै वड...

ला–नारूबोन बोन्पो–छाम, नाच तथा वार्षिक उत्सव समारोह साथै विधागत सम्मान एवं दोस्रो नगर भेला सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ इर्खुमा रहेको ला – नारूबोन बोन्पो–छाम, नाच तथा वार्षिक उत्सव समारोह साथै विधागत सम्मान एवं दोस्रो नगर भेला सम्पन्न भएको छ ।  बिहिबार नेपाल तामाङ घेदुङको आयोजना प्रतिमा/शालिक, गुम्बा संरक्षण समितिको सह–आयोजना र चौतारा साँगाचोकगढी नगरपालिकाको समन्वयमा सम्पन्न भएको हो । नेपाल तामाङ बोन्पो घेदुङका अध्यक्ष चिन बहादुर तामाङको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाको नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सापकोटाले ला नरु बोन झाँक्रीको प्रतिमाले इर्खुलाई सुन्दर देखाएको बताउनु भयो । उहाँले “धर्म तपाईको हो तर यो सम्पत्ति, सांस्कृतिक विविधता, संस्कार सबै राष्ट्रको सम्पत्ती हो ।” भन्नुभयो । उहाँले बोन झाँक्रीको प्रतिमा र नजिकैको रानीपोखरी मन्दिर, व...

भुकम्पका कारण भागाभाग एक घाइते केन्द्रबिन्दु भोटेकोशीमा पहीरो

#, जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
  शुक्रबार विहान २ः५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको कारण मानीसहरुको भागाभाग भएको छ भने एक केदी घाइते भएको समाचार प्राप्त भएको छ । जिल्ल प्रहरी कार्यलयका अनुसार भुकम्प आए पछी जिल्ला कारागार सिन्धुपाल्चोकमा थुनामा रहेका भोटेकोसी गाँउपालिका वडा नं ५का ३३ बर्षीय स्याङ्वो तामाङ भुकम्प आएको बेला कारागारको दुएतले खाटको दोश्रो तलाबाट हामपाल्दा दाहीने हात फ्याक्चर भइ प्रहरी हवल्दार प्रशान्त पुरी सहीत भइ अस्पतालमा उपभार गराइ अस्पतालबाट डिस्चार्ज समेत भइ सकेको छ भने घाइतेको दहीने हातको पातो खुस्किएको जनाइएको छ । यसै गरी भोटेकोशी गाँउपालिका २ भैरब कुण्ड केन्द्र बिन्दै भएर आएको भुकम्पका कारण सोही गाउँपालिका वडा नं ३मा तुसारे माथकिो भिरमा सुक्खा पहीरो गएको र त्यँहा मानबिय बस्ती नभएकाले उो समाचार तैयार पार्दा सम्म कुनै क्षेतीको बिबरण आएको छैन त्यँ...

६.१ म्याग्निच्युडको भूकम्प

ब्रेकिङ न्युज १, समाचार
काठमाडौं सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहान छ दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ । खानी तथा भूगर्व विभाग मातहतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो । राजधानी काठमाडौँ र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको धक्का पूर्वी नेपालका केही जिल्लामा समेत महसुस गरिएको छ । भूकम्पका कारण रातको समयमा निद्रामा रहेका मानिससमेत खुला स्थानमा निस्केका थिए ।...