सम्पर्क

समाचार

पत्रकार महासंघद्धरा आन्दोलनको तैयारी

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
नेपाल पत्रकार महासघंले तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथिको आक्रमण र पत्रकार रजकको हत्याका सम्बन्धमासरकारलाई दिएको सात दिने अल्टिमेटम सकिएको सन्दर्भमा महासंघको उपलब्ध केन्द्रीय समितिको बैठकले आन्दोलनको तैयारी गरिरहेको छ ।   नेपाल पत्रकार महासघंको बैठकले त्यस सम्बन्धमा बिभिन्न निर्णय गरेको महास३का महासचिब राम प्रसाद दाहालद्धारा जारी बिज्ञेप्तीमा जनाइएको छ ।उँहाद्धारा मङ्गलबार जारी बिज्ञेप्तीमा यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमण र पत्रकार सुरेश रजकको हत्याका सम्बन्धमा स्वतन्त्र छानबिन गरी सात दिनभित्र प्रेस स्वतन्त्रता हननमा संलग्नहरूमाथि कानुनी कारबाही, रजकका परिवारका साथै क्षति पुगेका सञ्चारगृहलाई यथोचित क्षतिपूर्ति र घाइते पत्रकारको निःशुल्क उपचारका लागि नेपाल पत्रक...

नेवा देय दबु सिन्धुपाल्चोकको पहिलो बैठक सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
नेवा देय दबु सिन्धुपाल्चोक जिल्ला कमिटिको पहिलो बैठक हेलम्बु –३ पाल्चोकमा सम्पन्न भएको छ । विभिन्न ११ वटा प्रस्ताव उपर छलफल गरि महत्व निर्णय गरि बैठक सम्पन्न गरिएको जिल्ला कार्यसमिति सचिव बुद्ध नारायण श्रेष्ठले जानकारी दिनुभयो । जिल्ला अध्यक्ष राधाकृष्ण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा नेवा देय दबु केन्द्रिय सचीव हरिकुमार श्रेष्ठको प्रमुख आतिथ्य, राष्ट्रिय परिषद सदस्य रामशरण श्रेष्ठ, महाधिवेशन प्रतिनिधि अमृतकुमार श्रेष्ठ, नेवा देय दबु बागमती प्रदेश सदस्य राम गोपाल श्रेष्ठ, एकलाल श्रेष्ठ लगाएत जिल्ला कमिटिको पदाधिकारीहरु तथा महिला नेतृ जिल्ला सचिव रिना श्रेष्ठ लगायतको उपस्थितमा बैठक सम्पन्न भएको हो । नेवा देय दबु हेलम्बु गाउँपालिक कमिटी र भिमेश्वर नेवा गुठी पाल्चोक परिवारले नेवारी संस्कृतिको प्रबद्र्धन सहित सम्पुर्णलाई स्वागत गरिएको थियो ।...

ईन्द्रावतीको नवलपुर बजार क्षेत्रमा अनुगमन

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका– ४ नवलपुर बजार क्षेत्रमा सञ्चालित एक दर्जन बढी पसल, होटल, रेष्टुरेन्ट र औषधी पसलमा अनुगमन गरिएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाको नेतृत्वमा इन्द्रावती गाँउपालिका उपाध्यक्ष सोभना तामाङ, जिल्ला अनुसन्धान कार्यालयका प्रमुख राजन प्रजापती, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक उमा शंकर प्रसाद यादव, उद्योग तथा वाणिज्य कार्यालयका प्रतिनिधि हरी वि.क र पत्रकार महासङ्घको प्रतिनिधि सहितको टोलीले संयुक्त रूपमा बजारको अनुगमन गरेको हो अनुगमनका क्रममा एक पसलहरूमा व्यापक रूपमा अखाद्य तथा म्याद गुज्रिसकेका सामान फेला परेको छ । व्यापारीले उपभोक्ताको हित विपरीतका अखाद्य तथा म्याद गुज्रेका सामान बिक्री गरेको फेला परेकोले ती समान जफत गरी पहिलो पटक सम्झाउने काम गरिएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनुभयो । यस्तै अधि...

अपाङ्गता समाबेशी भू– संरक्षण अभ्यास प्रवद्र्धन कार्यक्रमको समिक्षा वैठक इन्द्रावतीमा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
अपाङ्गता समाबेशी भू– संरक्षण अभ्यास प्रवद्र्धन कार्यक्रमको परियोजना सल्लाहकार समिति तथा सरोकारवालाहरु बिच समिक्षा वैठक सम्पन्न भएको छ । कार्यक्रम इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नाथ नेपालको प्रमुख आतिथ्यता र उपाध्यक्ष शोभना तमाङको अध्यक्षतामा सम्पन्न भएको थियो । त्यहाँ वडा नं ५ देखि १० सम्मका वडाध्यक्ष, सव डिभिजन वन कार्यालयका अधिकृत समुदायिक बन समुहका अध्यक्षहरु, अपाङ्गता भू–संरक्षण समुहका प्रतिनिधिहरु, पलिकाका बिषयगत शाखाका प्रमुखहरुको सहभागिता थियो । सो कार्यक्रममा परियोजना अन्तरगत भएका काम तथा प्रगतिहरु, भएका सिकाइ प्रस्तुत गरिएकोमा सहभागीहरुले यो राम्रो कार्यक्रमलाई निरन्तरता दिने बिषयमा जिज्ञासा र सुझाव दिनु भएको छ । अपाङ्गता भएका ब्यक्तिहरुलाई जिबिकोपार्जनमा सहयोग त्यो पनि अर्गानिक विधि यो महत्त्वपूर्ण पक्ष छ । अहिलेको ठुलो समस्या बाँदर हट्ने जैबिक झोलको प्रयोग ब्यापकता...

मोना कतारको नयाँ वर्षको शुभकामना आदानप्रदान तथा आन्तरिक वनभोज कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतारले नयाँ वर्ष २०८२ सालको शुभकामना आदानप्रदान तथा आन्तरिक वनभोज कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । कतारको समालमा अवस्थित पार्कमा साङ्गीतिक प्रस्तुति सहित सम्पन्न कार्यक्रम सङ्घका अध्यक्ष बाबुराम भण्डारीको सभाध्यक्षता तथा मोना आइइसीका कोषाध्यक्ष नरेन्द्र फगामीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रम मार्फत कतार भ्रमणमा रहनु भएको मोना कतारका संरक्षक रमेश पौडेलका ममतामयी आमा टिका पौडेल र छोरा सुप्रिम पौडेललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा मोना कतारका संस्थापक अध्यक्ष प्रेम रसाइली, मोना कतार बहुउद्देश्यीय अक्षयकोषका अध्यक्ष विक्रम कार्की लगायत अन्य वक्ताहरूले शुभकामना शुभकामना मन्तव्य राख्दै म्याग्देलीहरुलाई समेटेर मोनाले आन्तरिक वनभोज मार्फत म्याग्देलिलाई जोड्ने काम गरेको बताउनु भयो । कार्य...

बाढीबाट प्रभावित स्थानीय किसानहरूलाई मौरीपालनसम्बन्धी कार्यक्रम

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
मेलम्ची नगरपालिका वडा नं. ६ तालामाराङमा बाढीबाट प्रभावित स्थानीय किसानहरूलाई आत्मनिर्भर र आर्थिक रूपमा सबल बनाउने उद्देश्यले मौरीपालनसम्बन्धी विशेष कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रममा Prakriti Research Center (PRC) को सहकार्य र उत्तम मार्ग साना किसान कृषि सहकारी संस्था लि. को व्यवस्थापनमा, देबस्थली मौरी कृषि फर्म, तार्केश्वर–२ का सञ्चालक श्यामकृष्ण श्रेष्ठबाट उपलब्ध गरि ४५ वटा आधुनिक मौरीका घारहरू स्थानीय किसानहरूलाई प्रदान गरिएको थियो । कार्यक्रमको अध्यक्षता संस्थापक अध्यक्ष बालकृष्ण देउजाले गर्नुभयो भने प्रमुख अतिथिका रूपमा मेलम्ची नगरपालिका उप–मेयर उमा प्रधानको विशेष उपस्थिति रहेको थियो । उप–मेयर प्रधानले मौरीपालनजस्ता साना तर प्रभावकारी उद्यमले गाउँघरमा वैकल्पिक आम्दानीका स्रोत खोल्ने, स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने र वातावरण तथा जैविक विविधताको संरक्षणमा समेत सकारात्मक प्...

माग पूरा नभएसम्म शिक्षकले उत्तरपुस्तिका परीक्षण नगर्ने

ब्रेकिङ न्युज १, समाचार
नेपाल शिक्षक महासङ्घले चौथो चरणको आन्दोलन घोषणा गरेको छ । यही चैत २० गतेदेखि काठमाडौँमा सडक आन्दोनल गरिरहेको महासङ्घले सोमबारदेखि शैक्षिक हडतालको घोषणा गरिएको महासङ्घ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनुभयो । आन्दोलन अवधिभरि उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, शैक्षिक भ्रमणजस्ता कुनै पनि कार्यमा सङ्लग्न नहुन उहाँले आग्रह गर्नुभएको छ । महासङ्घको अगुवाइमा विद्यालय शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै आन्लोन भइरहेको छ । महासङ्घ अध्यक्ष सुवेदीले विगतमा भएका सहमतिअनुसार विधेयक जारी गर्नुपर्ने र सो नभएसम्म आन्दोलनमै रहने बताउनुभयो । उहाँले अध्यादेशबाट भए पनि विगतमा गरिएका सहमतिअनुसार विधेयक जारी गर्नुपर्ने माग गर्नुभयो ।...

वायु प्रदूषण नियन्त्रणमा आवश्यक कदम चाल्न आह्वान

ब्रेकिङ न्युज १, समाचार
विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत देशका अन्य भागमा वायु प्रदूषणको अवस्था गम्भीर बन्दै गएको भन्दै त्यसको नियन्त्रणमा तत्काल आवश्यक कदम चाल्न आह्वान गरिएको छ । वातावरणसँग सम्बन्धित विभिन्न संस्थाहरूले आज संयुक्त विज्ञप्तिमार्फत वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकायसँग समन्वय र सहकार्य गर्न आग्रह गरेका छन् । नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष चन्द्रशेखर कार्की, प्रकृति रिसोर्सेज सेन्टरका कार्यकारी निर्देशक राजु पण्डित क्षेत्री, स्वच्छ ऊर्जा नेपालका महासचिव राजन पराजुली, अभ्नी भेन्चर्सका निर्देशक सिलसिला आचार्य र वातावरणविद् भुषण तुलाधरले विज्ञप्तिमार्फत उपत्यकामा धुवाँ फाल्दै कुद्ने सवारीलाई तत्काल रोक लगाउनुपर्ने, धुलो लिएर उपत्यकामा भित्रने सवारीसाधनलाई रोक लगाउनुपर्ने आह्वान गर्नुभएको हो । उहाँहरूले वायु प्रदूषण स्तरमा सुधार नहुञ्जेलसम्मका लागि उप...

भिरकोट नगर ईकाईमा नयाँ नेतृत्व, अध्यक्षमा रोका सर्वसम्मत

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार /लोकप्रिय दैनिक, कतार स्याङ्जा सहयोग समाज कतारको मातहतमा रहेको भिरकोट नगर ईकाईले पाँचौ अधिवेशन तथा “आठौ बार्षिकोत्सव“ भब्य रुपमा सम्पन्न गरेको छ ।“स्याङ्जा सहयोग समाजको चाहना,बिशुद्ध सामाजिक सेवाको भावना“ भन्ने मुल नाराका साथ लिल बहादुर रोकाको नेतृत्वमा नयाँ कार्य समिति चयन गर्दै अधिवेशन सम्पन्न गरेको हो । शुक्रबार वेलफेयर रेष्टुरेन्टको सभाहलमा खुल्ला शत्र र बन्द शत्र गरि दुई चरणमा सम्पन्न अधिवेशनको बन्द शत्रबाट आगामी एक कार्यकालका लागी लिल बहादुर रोकाको अध्यक्षतामा ११ जनाको सदस्यीयतामा नयाँ कार्यसमिति सर्वसम्मत गठन गरेको हो ।त्यस्तै वरिष्ठ उपाध्यक्षमा कमल रोकाहा,प्रथम उपाध्यक्षमा बिवेक अर्याल,दित्तिय उपाध्यक्षमा पवन केसी,तृतीय उपाध्यक्षमा मञ्जुर मिया,महासचिवमा रमेश बि क,सचिवमा देउ बहादुर बिक,सह सचिवमा रमेश बिक, कोषाध्यक्षमा मोहम्मद अली,सह–कोषाध्यक्षमा भक्त बहादुर राना र सद...

धादिङ सेवा समाज कतारको आयोजनामा बृहत् साँस्कृतिक कार्यक्रम हुने, कार्यक्रमको मुख्य आकर्षणमा मिलन लामा

ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार कतारमा रहेका धादिङेहरुको साझा संस्था धादिङ सेवा समाज कतारले नेपालीहरुको नयाँ बर्ष २०८२ को अवसर पारेर “बृहत् साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । “धादिङ सेवा समाजको मुल मर्म,समाजसेवा नै हो मानविय प्रमुख धर्म“ भन्ने मुल नारालाई आत्मसाथ गर्दै गृह जिल्लाका चेपाङ समुदायलाई सहयोग्रार्थ गर्ने उद्धेश्यका साथ समाजले “नयाँ बर्ष धमकाको साथमा बृहत् साँस्कृतिक कार्यक्रम गर्ने भएको हो । नयाँ बर्ष धमाका कार्यक्रमको मुख्य आकर्षणमा पछिल्लो समयका चर्चित गायक मिलन लामा कतार आउने समाजका अध्यक्ष आयुष घलेले जानकारी दिनु भएको छ । गायक लामाका कृष्ण भिरमा जाम , हङ्कङ आईडिले माझीदाई पोखरा फेवातालको , छम्म छम्म नाचिदेउ,जुम्ला कालिकोटको,बेसारेको मन छईन मुखमात्रै,बारीमा बन्सो,गल्कोटे साईलो जस्ता सयौ गित सर्वाधिक चर्चामा छन् । अतिथी कलाकार लामाको साथमा कतारमा रहेका दुई दर्जन...