सामानको गुणस्तर का बारेमा उपभोक्ताले पनि जानकारी पाउँनुपर्छः प्रजिअ थापा
बजारमा खरिद गरिएको सामान गुणस्तरीय छन की छैनन् र मुल्य कस्तो छ भन्ने बिषयमा उपभोक्ताले पनि जानकारी पाउँन पर्ने प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउँनु भएको छ ।उहाँले आइतबार उपभोक्ता अधिकार दिवसको अवशरमा चौतारा साँगाचोकगढी नगरपालिका ५ को वडा कार्यलयको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै यस्तो बताउँनु भएको हो ।
कार्यक्रममा उहाँले राम्रा काम गर्नेलाई प्रोत्साहन र नराम्रा काम गर्नेलाई दण्ड सजाएको व्यवस्था भएकाले उपभोक्ताहरुमा बढि मुल्य लिने, सस्तोको नाममा म्याद गुज्रेको समाग्री बिक्री गर्ने कार्य पनी हुन सक्छ त्यसकारण सामानको मिती हेर्ने बिल लिने बिल लिदा मिती र सामानको नाम मुल्य प्रष्टसँग लेख्न लगाउँन पर्ने लगाएतका उपभोक्ताहरुले ध्यान दिनपर्ने कुराहरुको बारेमा प्रष्ट पार्नुभएको थियो ।
विश्व उपभोक्ता अधिकार दिवशका अवशरमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थापाले उपभोक्ता...

