ग्याल्थुम स्थित श्री सरस्वती माध्यमिक विद्यालयको वार्षिकोत्सव सम्पन्न
दिपक विक्रम देउजा / हेलम्बु गाउँपालिका ४, ग्याल्थुम स्थित श्री सरस्वती विद्यालयको ६३ औ वार्षिकोत्सव तथा ३२ औ अभिभावक भेला सम्पन्न भएको छ । बागमती प्रदेशका सरकारका खानेपानी ,सिंचाइ तथा उर्जा मन्त्री प्रदेस माननीय कृष्णकुमार तामाङ (समीर) प्रमुख आतिथ्यता र हेलम्बु गाउँपलिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सिन्धुपाल्चोक जिल्लाकै पुराना विद्यालय मध्येको एक मानिने उक्त विद्यालय २०७८ असार १ पछि आएको बाढीका कारण उच्च जोखिममा समेत रहेको छ । कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथी तामाङले बाढीका कारण जोखिममा रहेको मेलम्ची नदी आसपासका निजी तथा सार्वजनिक सम्पत्तिहरुको संरक्षण र पुनःनिर्माणको लागि केन्द्रदेखि स्थानीय तहसम्म समन्वय गरी नेतृत्वदायी भूमिकामा आफू क्रियाशिल रहेको बताउनुभयो । मेलम्ची पुननिर्माण राज्यको दायित्वभित्र रहेकोले सबै तहका सरकार आफ्नो जिम...




