नेपाली काँग्रेस बागमती प्रदेस क्षेत्र न २का कोषाध्यक्ष नेपाल भुत पुर्ब सैनिक संघका केन्द्रिय कोषाध्यक्ष भुपेन्द्र थापाले नेपाली काँग्रेसको शत्रु अरु कोही नभएर दुखी गरिब अशिक्षा बेरोजगारी बिथिती हो त्यसैले यसका बिरुद्ध लाग्नका लागी रुख चिन्हमा मतदान गर्न अनुरोध गर्नु भएको छ । उहाँले सबैलाई आ–आफ्नो राजनीतिक आस्था राख्न पाइन्छ तर अनुशासनको पालना गर्न र आपसी सद्भाव कायम राख्न अनुरोध गर्नुभयो। नेपाली काँग्रेस १४ नं वडा इकाइद्धारा आयोजित चुनाब प्रचार प्रसार शुभारम्भ कार्यक्रमको शुभारम्भ गर्दै यस्तो बताउँनु भएको हो ।
उँहाले नेपाली काग्रेसका उमेदवार बंसलाल तामाङ एक कुशल इमान्दारी र सबैले रोजेको र सबैले खोजेको उमेदवार मध्यको भएकाले उँहालाइ पाटीले जिम्मेवारी दिएको बताउँनु भयो । नगर सभापती इन्द्रलोचन धितालले चौतारासाँगाचोकगढी नगरपालिकाबाट काँग्रेसलाइ पहीलो स्थानमा राख्न अनुरोध गर्नु भयो । नेपाली काँग्रेस वडा नं१४का कार्यबाहक इकाइ सभापती नेत्र बहादुर बस्नेतले नेपाली काँग्रेसका उमेदवार बंसलाल तामाङ इन्द्रावती गाँउपालिकाको अध्यक्ष हुँदा गरेको कामहरुका प्रभाबका कारण सिन्धुपाल्चाकमा मात्र होइन देसै भरी उँहाको प्रशंसा भइरहेको अबस्थामा यस क्षेत्रको उमेदवारी बनेर आउँनु भएकोमा सबैले खुशी मानेको बताउँदै धेरै मतको अन्तरमा बिजय गराउँन लागी पर्ने बताउँनु भयो । बागमती प्रदेस प्रतिनिधी नेपाली कााग्रेसका युवा नेता प्रेम दङ्गाल नगर सह सचिब इन्द्र बहादुर बस्नेत , नोपली काँग्रेसका स्थानीय नेता इन्द्र बहादुर पुरी लगाएतको उपस्थितीमा निर्बाचन प्रचार प्रसार बिभागीय उप समिती समेत गठन गरी नाम सार्बजिनक गरिएको छ । जसमा संयोजक चतुरमान तामाङ रहनु भएको छ । कार्यक्रममा उपस्थित सहभागीहरूले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
