सम्पर्क

बिभिन्न दल परित्याग गरी नेकपामा प्रबेश

प्रतिनिधी सभाको निर्बाचन नजीकीए सँगै सिन्धुपाल्चोक जिल्लामा बिभिन्न राजनिती दलका नेता तथा कार्यकर्ताहरु नेपाली कम्युनिष्ट पाटीमा प्रबेश गर्नेको लहर चलेको छ । आसन्न फागुन २१ गतेको निर्वाचनको मुखैमा आफ्ना कार्यकर्ताले एमाले धमाधम पार्टी परित्याग गरेपछि एमाले बृतमा खैलाबैला सुरु भएको छ । शनिबार चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ का दर्जन माथीका युवाहरु माधव सापकोटा सुवोध जिताउन भनि नेकपा प्रबेश गरेको सञ्चाकर्मी निर्मल बस्नेतले जानकारी दिनु भयो । उँहाका अनुसार यसरी प्रबेश गर्नेहरुलाइ नेकपाका नेताहरुले खादा लगाएर पार्टीमा स्वागत गर्नु भएको छ ।२ दिन अघि मात्रै बाह्रबिसेमा भएको युवा भेलाको अवसरमा ३ सय २३ जनाले एमाले, काङ्ग्रेस लगायत अन्य पार्टी परित्याग गरि नेकपा प्रबेश गरेका थिए ।नेपाली कम्युनिस्ट पार्टीका उमेदवार सुबोधले नेपाली कम्युनिष्ट पाटीको बिचारमा सहमत भएर पाटी प्रबेश गर्नेहरुको लहरै चलेकोमा आफुलाइ खुशी लागेको बताउँदै आफ्नो निर्बाचान क्षेत्रमा मात्रै ठुलो संख्यामा बिभिन्न राजनिती दल त्याग गरी नेकपामा प्रबेश गर्नुले आफुले बिगतमा गरेका कामहरुको मुल्याङ्कन भएको बताउँनु भयो । आगामी दिनमा पनी मतदाताको समस्याहरु समधान गर्नका लागी सँधै मतदाताहरु सँग सरसल्लाह गरेर काम गर्ने समेत बताउँनु भयो ।