सम्पर्क

कांग्रेसका दोस्रो चरणको प्रचार प्रसार मेलम्ची बाटै शुरु भयोे महासागर,

आगामी २१गते हुने प्रतिनिधिसभा निर्वाचन मिती नजीकीदै गर्दा नेपाली काँग्रेससिन्धुपाल्चोक क्षेत्र नं २ले पहीलो चरणको मतदाता घर दैलो कार्यक्रम सकेर दोश्रो चरणको प्रसार प्रचार शुरु गरेको छ । पहीलो चरणको मतदाता भेटघाटबाट जितको निश्चीतता भएको नेपाली काँग्रेसले पुर्ण होसलाका साथ दोश्रो चरणको प्रचार प्रसार अभियान शुरु गरिएको महाधिबेशेन प्रतिनिधी बिल बहादुर तामाङले जानकारी दिनु भयो । उँहाले पहीलो चरणको मतदाता घर दैलो कार्यक्रममा बंसलालको उमेदवारीले मतदाताहरुमा उत्साह र खुशी छाएको आफुले पाएको बताउँनु भयो । निर्बाचन जिकिँदै गर्दा बंशलाल तामाङ को पक्षमा चुनावी माहोल थप शशक्त र उत्साजनक ढङ्गबाट अगाडी बढीरहेको देखीएको बताउँदै बिलबहादुरले दोश्रो चरणको कार्यक्रममा पुरै जनलहर बंसलालाको पक्षमा देखीने बताउँनु भयो । शुक्रबार मेलम्चीमा भएका नगर स्तरिय कार्यक्रममा देखीएको उत्साहजनक उपस्थितीले पनी यसको प्रमाणीत गरिसकेको उँहाले बताउँनु भयो ।    यसै बिच शुक्रबार मेलम्ची बाट काँग्रेसको दोश्रोचरणको प्रचार प्रसार अभियान शुरु भएको छ । मेलम्चीमा भएको चुनाबी सभामा नेपाली काग्रेसका युवा नेता कृष्ण कुमार तामाङले बंसलाल जस्तो बिकास प्रेमी जन प्रेमी उमेदवार पाउँनु नै आफुहरु भाग्यमानी भएको बताउँनु भयो । पुर्ब गृह राज्य मन्त्री बिष्णु बिक्रम थापाले बंसलालाको जित निश्चीत भइसकेको र अब खाली कती मतान्तरले जित्ने भन्ने बाकी रहेको बताउँनु भयो । नेपाली कााग्रेसका क्षेत्रीय सभापती आइतमान तामाङले जनसागर देखेर बिपक्षीहरु आतीसकेको बताउँदै नेपाली काँग्रेस बिधी र बिधानमा चल्ने पाटी हो अहीले काँग्रेस सुध्रीएर आएको छ अब देस र बिकास सुधार्नका लागी रुखमा मतदान आबश्यक छ यो आबश्यक आजको जनसागरले पनी पुष्टी गरेकोछ भन्नु हुँदै सबैलाइ आआफ्नो वडाबाट पाटीलाइ धेरै भन्दा धेरै मतले अगाडी लैजान मेहनत गर्न अनुरोध गर्नु भयो । यसै गरी नगर सभापती बसन्त गुरुङले मेलम्ची नगरपालिका का सबै साथीहरुले बंसलाल ले जिती सकेको छ भनेर ढुक्क बस्ने अबस्था छैन अब मेलम्ची बाट कती बढी मत खसाल्ने भन्ने कुरामा लाग्न पर्ने बताउँनु भयो । सभामा नेपाली काग्रेसका जिल्ला नेताहरुलगाएत ले समबोधन गरेको थिए भने नेकपाएमाले लगाएतका पाटी परित्याग गरी नेकामा प्रबेश गर्नेहरुलाइ स्वागत गरिएको थियो । सभा शुरु हुनु अघी तरूण युवाहरूको अगुवाइमा बाहुनीपाटीदेखि मेलम्चीसम्म बाईक र्याली आयोजना गरिएको थियो। सयौँ बाईक सहभागी रहेको उक्त र्यालीले बजार तथा ग्रामीण बस्तीहरूमा चुनावी माहोल झन् तताएको देखिन्थ्यो। झण्डा र नारासहित युवाहरूले कांग्रेसको पक्षमा समर्थन जनाउँदै उम्मेदवार तामाङलाई बाहुनीपाटीबाट मेलम्ची बजारसम्म पु¥याएका थिए।र्याली मेलम्चीस्थित मेलम्ची खानेपानी आयोजनासम्म पुगेको थियो। सडक किनारमा स्थानीय सर्वसाधारणले हात हल्लाउँदै स्वागत गरेका दृश्यहरूले क्षेत्र नं २ मा कांग्रेसप्रतिको समर्थन बलियो रहेको संकेत दिएकोमा नगर सभापती गुरुङले नगरबासी प्रती आभार ब्यक्त गर्नू भएको छ ।