मेलम्चीको गुफाडाँडामा जलबायु सम्मेलन भव्यताका साथ सम्पन्न
सिन्धुपाल्चोक जिल्लाको पहीचान बोकेको मेलम्ची नगरपालिकाको ज्यामिरेमा रहेको गुफाडाँडामा ऐतीहासिक तवरले जलबायु सम्मेलन सम्पन्न भएको छ । बागमती प्रदेश सरकारका माननीय मूख्य मन्त्री इन्द्र बाँनियाको प्रमुख अतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो । जलवायु सम्मेलनमा मेलम्ची नगरपालिका ९ मा रहेको गुफाडाँडालाइ राष्टीय स्तरमा नभइ अन्तराष्ट्रिय स्तरमा समेत पहीचान पुग्ने गरी काम गर्ने बताउँदै प्रमुख अतिथी माननीयमुख्यमन्त्री बानियाँले मेलम्ची गुफाडाडा ओखरेनी सम्मको सडक निर्माणको जिम्मेवारी लिनु भयो । उाहाले गुफाडाडालाई पर्यटकीय केन्द्र बनाउनका लागी आफुले गर्न सक्ने सबै खाले सहयोग गर्ने बताउनुभयो । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ संग आफू निरन्तर समन्वय र सम्पर्कमा रहेको भन्दै यहाँको सुखदुःखमा सधैं संगै रहने समेत बताउनुभयो ।नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरु एक ठाउँमा उभिनुपर्ने आजको आवश्य...





