शिखर सम्मेलन गर्न लागेको जी–२० ले युद्ध रोक्न सक्ला ?
यही भाद्र महिनाको अर्को साता भारतको नयाँ दिल्लीमा आयोजना हुन लागेको जी – २० शिखर सम्मेलनबाट यतिबेला निकै ठूलो अपेक्षा लिदै गरेको देखिन्छ । बर्तमान बिश्वको बढ्दो द्वन्द्वको समस्या अर्थात यूक्रेन युद्धबाट बिश्वलाई मुक्त गर्न यो सम्मेलनले पहल गरोस् भन्ने अपेक्षा गरेको पनि पाइन्छ । यूक्रेन युद्ध भनिने यो अमेरिकी नाटो र रुसका बीचको यो लडाई रोक्न र यसलाई शान्तिको बाटोमा लैजान शिखर सम्मेलन साच्चिकै सफल होला भन्ने कुरामा भने अझै पनि ठूलो सन्देह छ । गएको बर्ष इण्डोनेशियाको बालिमा आयोजित यस जी–२० को शिखर सम्मेलनमा जति कुरा हासिल भएको भनिएको थियो त्यत्ति पनि नयाँ दिल्लीमा हासिल होला न होला भन्न सकिन्न भन्दैछन् पर्यबेक्षक बिश्लेषकहरु । त्यो सम्मेलनमा बालीमा अमेरिकाका राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति शी जिनपिङ्गका बीचमा भेट बार्ता पनि भएको थियो । त्यो बार्ताको मूख्य बिषय बस्तु यूक्रेन युद्ध नै थ...
