हरेक पालिकामा एउटा औद्योगिक ग्राम बनाउने सरकारको नीति छ: मन्त्री भण्डारी
काठमाडौँ, २१ वैशाख: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले हरेक पालिकामा एउटा औद्योगिक ग्रामको विकास गर्ने वर्तमान सरकारको नीति रहेको बताउनुभएको छ ।
अछामको कमलबजार नगरपालिका–६ स्थित कातइत्यानी हात्तीबास शैक्षिक एवं ज्ञानविज्ञान धार्मिक महामहोत्सवको आज उद्घाटन गर्दै उहाँले तीनै तहका सरकारको समन्वयमा उत्पादनको वर्गीकरण गरेर औद्योगिक ग्राम बनाउन सरकारले नीति ल्याउने बताउनुभयो ।
सरकारले उत्पादन र रोजगारी वृद्धि गर्ने नीति अख्तियार गरेको उल्लेख गर्दै उहाँले उद्योग मन्त्रालयले उद्यमशिलतामा जोड दिएको बताउनुभयो । मन्त्री भण्डारीले नेपालमा थुप्रै खनिज तथा खानीजन्य उत्खननलाई मन्त्रालयले प्राथमिकता दिन आन्तरिक नीतिगत अप्ठ्यारालाई सुधार गर्न लागेको जानकारी गराउनुभयो ।
पूँजीगत बजेट चालु आवमा खर्च गर्न नसकेको उल्लेख गर्दै उहाँले त्यसले समृद्धिको लक्ष्यमा मुलुकलाई केही पछाडि पारेको ...

