सम्पर्क

मोहन बस्नेतद्धारा बाढी पहिरोको स्थलगत निरिक्षण तत्काल राहतमा जुट्न अनुरोध

पूर्व स्वास्थ्य मन्त्री माननीय मोहन बहादुर बस्नेत आफ्नो जन्म सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं. १ खाग्दल पुल बगाएको ठाउँ लगाएत निर्बाचन जितेको क्षेत्र २ का बिभिन्न स्थानमा स्थलगत निरिक्षणगरी क्षती भएका स्थानहरुमा तत्काल उद्धारका साथै राहतमा जुट्न र सम्भावीत स्थानमा रहेका नागरिकहरुलाई सुरक्षित स्थानमा बस्न र सतर्क रहन अनुरोध गर्नु भएको छ ।उहाँले सिन्धुपाल्चोक जिल्लाको बाढी प्रभावित बाढीले पु¥याएको क्षतिको विवरण संकलन, सम्भावित जोखिम न्यूनीकरण तथा राहत उद्धारको काममा सहजताका लागी क्षेत्र नम्बर १ को भोटेकोशी, दुगुनागढी, लिपिङ, कोदारी, तातोपानी, चाकु बजार, खागदल र खाडीचौर तथा क्षेत्र नं. २ को तिपेनी बजार लगायत आसपासका क्षेत्र, याङ्री बजार हेलम्बु , मेलम्ची लगायतका क्षेत्रहरूमा स्थलगत निरीक्षण गर्नुभएको छ ।उहाँले बागमती प्रदेश सभाका माननीय, मसिना खड्कालाई साथमा लिएर १ नं. क्षेत्रमा गएर तत्काल राहतमा जुट्न नेपाली काँग्रेसका कार्यकर्ता, स्थानीय सरकार, जिल्ला सरकार सबैलाई अनुरोध गर्नुभएको थियो । बाह्रबिसे नगरपालिकालाई यसका साथै खाग्दलमा बगाएर खोलाको बिचमा रहेको बेलीब्रीजले बाह्रबिसे बजारमा क्षेती पुर्याउँने भएकाले तत्काल व्यवस्थापन गर्न र तत्काल सडक सुचारु गर्न निर्देशन दिनुभए लगत्तै शुक्रबार आफ्नो निर्वाचन क्षेत्रमा बागमती प्रदेसका माननीय कृष्ण कुमार तामाङलाई साथमा लिएर बाढी पहिरो गएको ठाउँमा सडकबाट जान सहज नभएपछी हेली मार्फत स्थलगत रुपमा जानकारी लिन जानुभएको थियो ।   सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, सिन्धुपाल्चोकका प्रहरी प्रमुख सन्तोष खड्का, राष्ट्रिय अनुसन्धान अधिकृत राजन प्रजापति लगायतको सहभागितामा जिल्लाका विभिन्न बाढी प्रभावित क्षेत्रको निरीक्षण गरिएको हो ।निरन्तर वर्षापछि आएको बाढीले सिन्धुपाल्चोक जिल्लाका विभिन्न ठाउँहरूमा ठुलो मात्रामा भौतिक क्षति पु¥याएको र सबै क्षेत्रहरूमा गाडी मार्फत निरीक्षण सम्भव नभएकाले नेता बस्नेतले जिल्लाका सरोकारवालहरूलाई सँगै लिएर क्षतिग्रस्त ठाउँहरूको निरीक्षणतथा राहतका लागी समेत यथाशीघ्र पहल थाल्न अनुरोध गर्नूभएको छ ।माननीय बस्नेतले विगतदेखि नै हरेक विपदजन्य अवस्थामा पीडितहरूको उद्धार तथा राहतका लागी काम गर्दै आउँनु भएको छ । यो वर्ष पनि वर्षा शुरु भए लगत्तै उहाँले प्रभावित क्षेत्रमा निगरानी बढाएर स्थानीय प्रभाबितहरु कहाँ पुगेर उँहाहरुको समस्याको समधानमा लाग्ने काम गर्न लाग्नु भएकोमा स्थानीयहरु खुशी रहेको समाजसेबी नेत्र थापाले बताउँनु भयो । प्राय सिन्धुपाल्चोकमा बिपद आइपर्छ जुरे पहिरो, भुकम्प, अनी बाढी पहिरोले धेरै क्षेती पुर्याएको जिल्ला हो । हरेक बिपदमा तत्काल त्यस्ता स्थानहरुमा पुग्ने पहिलो नेताका रुपमा चिनिनु भएका बस्नेत आफु राजनितीक दलको नेता मात्र नभए दुखमा साथ दिने सारथीको रुपमा काम गरिरहेको बताउँनु भयो ।