सम्पर्क

बाढीले बगायो खाग्दलको अस्थायी सडक बेलीब्रीजका कारण बाह्र्बिसे खतारामा

अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोक जिल्लाको बाह्र्बिसे नगरपालिाकमा पर्ने खाग्दलमा असार ३०गते राती आएको बाढीका कारण बेलीब्रीज बगाएको र अबरुद्ध रहेको सडक बाह्र्बिसे नगरपालिकाको सक्रीयतामा हिमपाइप राखेर अस्थाइ रुपमा सञ्चालनमा आएको भएता पनी बिहीबार राती आएको बाढीका कारण हिमपाइपमा लेदो भरिएर थुनीन गइ बिपरत स्थानमा सडक बगाएर पुन सडक अबरुद्ध बनाएको छ । पहीरो गएको स्थानमा सडक खुलाउँनका लागी मननीय मोहन बहादुर बस्नेतले निर्देशन दिनु भए पछी बाह्र्बसिे नगरपालिकाले आफ्रनो सम्पुर्ण शक्ती प्रयोग गरी हिमपाइप राखेर सुचारु ग्रिएको सडक पुन अबरुद्ध हुँदासयौ कण्टेनर बाटौमा अलपत्र परेका छन । खाग्दल खोलाले धार बदलेर बिहीबार जोडिएको ह्युमपाइप छेउको संरचना पनि बेलुकीनै बगाइदिएको छ । खाग्दल खण्ड अवरुद्ध बनेपछि सामाग्री बोकेका र खाली फर्किएका कन्टेनर वारिपारि थन्किएको छ । यसरी सडक अबरद्ध भएपछी नगर उपप्रमुख मनजु तामाङ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेत, नेपाल ट्रक कन्टेनर संघका अध्यक्ष अर्जुन सापकोटा, सुरक्षा कर्मी समाजसेवी युवाहरु लगाएतका समुहहरुले पुन सडक खुलाउँनका लागी प्रयास गरिरहनु भएको छ । खोलाले धार बदलेका कारण तीन एक्जाभेटर प्रयोग गरि साबिकमा खोला फर्काएर सडक जोडने प्रयास गरीएको छ । बाह्र्बिसे नगरपालिको खाग्दल खोलामा बिगत केहि दिन देखि आएको बाढीका कारण धन जन को क्षति नभए पनि मानाव बस्ती मा खोला पसेर असर पर्ने सम्भाना धेरै भएकोले पानी बस्तीमा न पसोस भन्नका लागी हिम पाइप को प्रयोग गरेर पानी निस्कासन गरिएको थियो । बाह्र्बिसे नगरपालिकाको उप प्रमुख मन्जु तामाङले उक्त स्थानमा ३० मिटर लामो बेलि बृज हाल्ने कुरा बताउनु भयो । यसका लागी मोहन बस्नेतले व्यवस्था गरिदिन लाग्नु भएको समेत उँहाले सो अबशरमा जानकारी दिनु भयो । बासिन्दा, ससस्त्र प्रहरी बल, र आर्मि सबै मिलेर काम भएको र त्यो विपदबाट चाँडै नै मुक्ति पाउने बताउनु हुँदै तामाङले अलपत्र अबस्थामा रहेको बेलि बृज त्यस्तै अबस्थामा छोड्यो भने पानी को वहाभ बडेर बेलि बृज बगेर बाह्र्बिसे पुलमा क्षेती पुर्याएर बजारको बस्ती नै जोखीममा पर्ने भएकाले यो बेलीब्रिज तुरुन्त हटाउँन माननीय मोहन बस्नेतले दिनु भएको निर्देशन अनुसार यो पुल काटेर, भए पनी बाहीर निकाल्न लागेको बताउँनु भयो । तामाङले माननियको निर्देशन अनुसार तत्काल बाह्र्बिसे नगरपालिकाले यो सडक खुलाउँने र बस्ती जोगाउँने काममा लागेको बताउँदै खोलाको छेउमा रहेका जोखिममा परेको घर परिबारलाइ सुरीक्षीत स्थानमा सर्न अनुरोध गर्नु भयो ।उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बुद्धरज बस्नेतले यो भबितब्य घटना हो । यस्को समधान हुन्छ हामी सबै एक जुट भएर लागी रहेका छौ । मानीय मोहन बस्नेत बाह्र्बिसे नगरपालिका ले बाढीबाट सडक अबरुद्ध भए देखी खटीरहेको र यसको समस्या समधानका लागी स्थानीय सरकारले ठुलो सहयोग गरेको बताउँनु भयो । बाटो खुलाउन त्यो ठाँउका समाजसेवी यँहाका स्थानिय सरकारवाला नगर प्रमुख र उप प्रमुख सँगै पुर्ब मन्त्रि माननीय मोहन बहादुर बस्नेत आफू पनि स्वयम् बसेर बाटो खुलाउँने काममा लाग्नु भएको सहयोग गरेको बस्नेतले बताउनु भयो । स्थानीय समाजसेवी नेत्र बहादुर थापाले मोहन बहादुर बस्नेत तत्काल याँहा आएर सडक सुचारु गर्नका लागी सबै लाइ सक्रीय गराएर आफै खट्नु भयो अनी तत्काल सडक खोल्नका लागी सम्बन्धीत सबै निकायलाइ निर्देशन दिनु भएको कारण र नगरपालिकाका पदाधिकारीहरुको सक्रीयताका कारण छिटै सडक सुचारु भए पनी पुन अबरुद्ध भएको र यसलाइ पुन सुचारु गर्न नगरपालिका लागी परेको बताउँनु भयो । स्थानीय समाजसेवि सन्दिप बस्नेतले बाढी आएर सडक अबरुद्ध हुन साथ स्थानीय सरकारले सफा गरेर सडक खुलाए पनी पुन बगाएको छ । यसका लागी स्थानीय सरकार लागी परेको बताउँनु भयो ।     बाह्र्बिसे नगरपालिकाको सक्रीयतामा सवारी साधन आवत जावत गर्नै बाटो खोल्ने प्रयास भइ रहँदा मानीसहरु आवत जावत गर्नका लागी फलामे पुल हालेर केही सहज बनाइएको भएता पनी खोलाको किनारामा सडकको छेउमा घर बनाएर बसेकाहरुलाइ उपप्रमुख मन्जु तामाङले तत्काल नगरपालिकाले व्यवस्था गरिदिएको सुरक्षीत स्थानमा बस्न अनुरोध गर्नु भएको छ। उँहाले भगवानकै कृपाले अहीले सम्म मानबीय क्षेती भएको छैन मानीसहरु पनी चलाख हुन पर्यो नगरपालिका र सुरक्षा निकायको कुरा मानीदिन पर्यो भन्दै स्थानीयहरुलाइ तत्काल जोखीमबाट बच्न अनुरोध गर्नू भयो ।