साल्ट ट्रेडिङले कृषि क्षेत्रमा पनि योगदान गर्न आवश्यक : उद्योगमन्त्री रिजाल
काठमाडौँ, २७ भदौ : मुलुकमा सहजरूपमा आयोडिनयुक्त नुन उपलब्ध गराउने मुख्य उद्देश्यका साथ स्थापित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड आफ्नो स्थापनाको ६० वर्ष पूरा गरी ६१ औँ वर्ष प्रवेश गरेको छ ।
साल्ट ट्रेडिङको वार्षिकोत्सव कार्यक्रममा बोल्नुहुँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले दैनिक उपभोग्य वस्तु उपलब्ध गराइरहेको साल्ट ट्रेडिङ कर्पोरेशनले नेपाली उत्पादनको बजारीकरण र कृषि क्षेत्रमा पनि योगदान गर्नुपर्ने बताउनुभयो ।
आन्तरिक उत्पादनले मात्र माग पूरा नहुने अवस्थामा उपभोग्य वस्तु आयात गरी उपभोक्ता हित संरक्षणमा टेवा पु¥याउन साल्ट ट्रेडिङले महत्त्वपूर्ण भूमिका खेलेको र सार्वजनिक–निजी अवधारणाको दरिलो उदाहरण बनेको मन्त्री रिजालको भनाइ छ । “आगामी दिनमा दैनिक उपभोग्य वस्तुको कारोबारका अतिरिक्त कृषि क्षेत्रमा पनि प्रत्यक्ष योगदान पु¥याउन सकेमा संस्थाको महत्त्व अझ बढ्दै जानेछ । कर्पोर...
