सम्पर्क

नेत्रज्योतीकृषी सहकारीको११औ सभा नगर प्रमुखद्धारा आठलाख सहयोग प्रदान

 

नेत्रज्योती कृषी सहकारी सस्थाको एघारौ साधरण सभा शनीबार डडुवामा सम्पन्न भएको छ ।        नेत्रज्योती कृषी सहकारी सस्थाको एघारौ साधरण सभाको उद्धघाटन गर्दै चौतारा साँगाचोक गढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटालस्थानीय उत्पादनलाइ प्रोत्साहन दिएर स्थानीय स्तरमा रोजगारको श्रृजना गर्न सके स्थानीय पहीचानका साथै स्थानीयको आयआर्जनको मुख्य श्रोत हुने बताउँनु भएको छ । उँहालेसाधरण सभाको उद्धघाटन गर्दै सापकोटाले हरेक क्षेत्रमा उत्पादन भएका तरकारी फलफुल हरु भाउ नपाएर खेर गइरहेको अबस्थामा पनी सदुपयोग हुने गरी नगरपालिकाकाले उत्पादन भएका सामाग्री सङ्कलन गरी परिकार निर्माण गरि बितरण गर्नका लागी प्रशोधन केन्द्र समेत स्थपना गर्न लागिएको बताउँनु भयो । सो अबशरमा नगर प्रमुख सापकोटाले नगरमा रहेका बाँझो जग्गालाइ खेती योग्य बनाउँन सबै मिलेर लाग्नु पर्ने बताउँदै आबश्यकताका आधारमा बिकास बजेटको कार्यक्रम गरिरहेको बताउँदै उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तरगर्त ४नं वडामा आलु र १४नं वडामा गोलभेडालाइ प्रती किलो रु एकका दरले प्रोत्साहन स्वरुप अनुदानको ब्यवस्था गरिएको बताउँनु भयो। सो अबशरमा उँहाले १४ नं वडाका कृषक लाइ गोलभेडा उत्पादन गरे बापत आठलाख पाँचहजार एकशय पचास रुपैया बितरण गर्नका लागी नगरपालिका मार्फत नेत्रज्योती कृषी सहकारी सस्थालाइ जिम्मेवारी दिएको भन्दै प्रोत्साहन सहयोग रकम हस्तानन्तरण गर्नुभएको थियो । सस्थाका सचिब नेत्रबहादुर बस्नेतले सञ्चालन गर्नु भएको कार्यक्रममा बोल्दै बिशेष अतिथी वडा अध्यक्ष उद्धब नेपालले बिशेष गरि कृषी उत्पादनमा लाग्न सबैमा अनुरोध गर्दै उत्पादनमुखी काम गर्न आग्रह गर्नू भयो । यसै गरी डडुवा भवानी शङ्कर माध्यमिक बिद्यालयका प्रधानध्यापक बद्री प्रसाद नेपालले चौतारा साँगाचोकगढी नगर पालिका भरी कार्यक्षेत्र रहेको बृषी सहकारी सस्थाले कृषकहरका हितका लागी काम गरिरहेको ले उक्त कार्य अझै सफलता मा रहोस भन्नु भयो । कार्यक्रममा कसृषी बिकास बैङ्कका शाखा प्रबन्धक रमेश गौतमले कृषकहरुको आयआर्जनका लागी कृषहरु सँगै कृषी बिकास बैङ्क पनी रहेको बताउँनु भयो । नगर सचिवालयका रेशम सापकोटा,उद्योग बाणीज्य संघ सिन्धुपाल्चोकका निर्मल बस्नेत,रेडीयो सिन्धुका टिका दाहाल,राष्टीय समचारसमितीका प्रतिनीधी रुपक पुरी लगाएतको अतिथ्यतामा भएको कार्यक्रमको सभापतीत्व सस्थाका अध्यक्ष राम बहादुर तामाङ्गले गर्नू भएको थियो । सस्थाको साधरण सभाले नँया कार्य समितकिो समेत निर्बचन गर्ने छ । २०६९सालमा स्थपना भएको सहकारी सस्थाले सामुहीक रुपमा बाँझो रहेको जग्गमा टिम्मुर खेती, फलफुल खेती गर्र्दै आएको छ भने देर गइरहेको हलुवाबेदको जुस बनाएर परिक्षण सफल गरेको छ भने सिन्केधुप, साबुलन बनाउँने तालीम दिनुका साथै बिद्यालय दिवाखाजाको समेत ब्यवस्थापन गरिसकेको छ ।अब सस्थाले गोलभेडाको शस अचार निर्माण गरी बितरण गर्ने , बाँझो जग्गालाइ खेतीयोग्य बनाउँने नगरका सबै वडाका बिद्यालयहरुमा दिवा खाजाका लागी स्थानीय स्तरमा खाद्यन्न उत्पादन गर्नका लागी प्रोत्साहन गर्ने, सहकारी भुमी बैङ्क स्थपना गरी कार्यन्वयनमा ल्याउँने, अन्न बैङ्क स्थपना गरी कार्यन्वयनमा ल्याउँने लगाएतका कार्यक्रमहरु अगाडी सारेको छ ।