नेपाली काग्रेसको १५औ महाधिवेशन अन्तरगत असोज १३ गतेको निर्वाचनमा समस्या उत्पन्न भएपछि स्थगित भएको निर्वाचन असोज १७ गते पुनः सञ्चालन गरिएको निर्बाचनमा १ नं क्षेत्रमा सगुन श्रेष्ठ र २ नैमबर क्षेत्रमा कृष्ण कुमार तामाङ निर्बाचित हुनु भएको छ ।
मतगणनाअनुसार श्रेष्ठले ६ सय ७० मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनु भएको छ । उहाँका प्रतिस्पर्धी आङदोर्जे शेर्पाले ३ सय ९९ र देवेन्द्र खड्काले १ सय ८१ मत प्राप्त गर्नुभएको थियो ।त्यस्तै, क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा बागमती प्रदेश सांसदसमेत रहनु भएका बागमती प्रदेसका पुर्ब मन्त्री कृष्णकुमार तामाङ ‘समीर’ निर्वाचित हुनु भएको छ ।
तामाङले ५ सय ७९ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनु भएको हो भने उँहाका प्रतिस्पर्धी पासाङ दोङ तामाङले ४ सय २८, करुण सागर सिग्देलले ६० र भूपेन्द्र थापाले १ सय ९ मत प्राप्त गर्नु भएको छ ।क्षेत्र नम्बर २ को सचिवमा कुमार दुलालले ५९७मत ल्याएर निर्वाचित हुनु भएको छ उँहाको प्तिस्पर्धी शुद्धी प्रसाद भटटराइले ३०३ र आशिस खड्का ले १५७मत ल्याउँनु भएको थियो । यसै गरी सहसचिवमा करिस्मा माझी र मनोजकुमार तामाङ निर्वाचित हुनु भएको छ।त्यस्तै, सदस्यमा गर्वे लामा, गोपिकृष्ण खतिवडा, थलबहादुर तामाङ, पासाङ तामाङ, बसन्त तामाङ र विदुरप्रसाद धिताल निर्वाचित हुनु भएको छ । नेपाली कांग्रेसको १५औँ केन्द्रयि महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्पः समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित महाधिवेशनको उद्घाटन दिउँसो २ बजे खुलामञ्चमा हुने भएको छ ।महाधिवेशनमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ । कांग्रेसका अनुसार यो पार्टीको इतिहासमै सबैभन्दा ठूलो प्रतिनिधि सहभागिता हो महाधिवेशनको उद्घाटनपछि सोमबारदेखि बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमा पार्टीको आगामी नीति, कार्यक्रम तथा समसामयिक विषयका प्रतिवेदन पेस हुनेछन् । सभापति गगनकुमार थापाले आगामी पाँच वर्षका लागि पार्टीको राजनीतिक, आर्थिक, उत्पादन, रोजगारी तथा विदेश नीतिसम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्र प्रस्तुत गर्नेछन् ।
केन्द्रीय निर्वाचन समितिका अनुसार २१ र २२ असोजमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ । महाधिवेशन प्रतिनिधिको नाम दर्ता शुक्रबार र शनिबार सम्पन्न भएको थियो ।
नाम दर्ताका लागि प्रतिनिधिबाट ३ हजार ५ सय रुपैयाँ शुल्क लिइएको कांग्रेसले जनाएको छ ।कांग्रेसले महाधिवेशनलाई नेतृत्व चयनसँगै नीति निर्माणमा केन्द्रित गर्ने जनाएको छ । प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनलाई ‘नेता चयनभन्दा नीति चयनको अधिवेशन’ बनाउने प्रयास गरिएको छ ।महाधिवेशनको उद्घाटन समारोहमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीसहित नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टीलगायत दललाई निम्तो दिइएको छ । भारत, चीन, अमेरिका लगायतका मुलुकका पाहुनालाई समेत आमन्त्रण गरिएको कांग्रेसले जनाएको छ ।महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि काठमाडौंका विभिन्न क्षेत्रमा होटलको व्यवस्था गरिएको छ भने महाधिवेशनस्थलमा स्वास्थ्य सेवा र आकस्मिक उपचारका लागि हेल्थ डेस्क तथा एम्बुलेन्सको व्यवस्था गरिएको छ । प्रतिनिधिका सवारीसाधनका लागि धरहरा, माइतीघर–भद्रकाली क्षेत्र, दरबारमार्ग, पुरानो बसपार्क र भृकुटीमण्डप आसपास पार्किङको व्यवस्था मिलाइएको कांग्रेसले जनाएको छ ।उद्धघाटन स्थलमान आउान नसक्नेका लागी मिडीया सेण्टरको स्थपना गरी प्रत्यक्ष प्रशारण गर्ने समेत व्यवस्था मिलाइएको छ ।
