कागतीको बजार खोजी गर्दै ज्ञान केन्द्र
तनहुँ जिल्लामा उत्पादित कागतीको बजारीकरणका लागि कृषि ज्ञान केन्द्रले पहल थालेको छ । जिल्लामा उत्पादित कागतीले बजार नपाएको बारेमा राष्ट्रिय समाचार समिति (रासस) बाट यही साउन २१ गते समाचार प्रकाशित भएपछि ज्ञान केन्द्रले बजारीकरणका लागि पहल थालेको हो । कागती बिक्री नहुँदा कृषक समस्यामा परेपछि ज्ञान केन्द्रले बजारको खोजीमा सहजीकरण गरेको हो । केन्द्र प्रमुख कुलप्रसाद तिवारीले आफ्नो नेतृत्वमा कालीमाटी तरकारी तथा फलफूल बजार समितिको कार्यकारी निर्देशक र कागतीका मुख्य व्यवसायीसँग यसबारेमा छलफल गरेको जानकारी दिनुभयो । उहाँले फलफूल समितिको कार्यकारी निर्देशक डिपी पुडासैनी र व्यवसायी हरिप्रसाद शर्मासँग तनहुँमा उत्पादित कागती विक्री वितरणको व्यवस्था मिलाउन आग्रह गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कागतीले बजार नपाएपछि किसान समस्यामा परेकाले बजारको सहजीकरणको प...
कृषि
रासायनिक मलको प्रयोगले माटोको गुणस्तर घट्दै
कञ्चनपुरका किसानले प्रयोगशालामा जाँचका लागि ल्याएका माटोका नमुनामा प्राङ्गारिक पदार्थसँगै अम्लीयपन, नाइट्रोजन, फास्फोरस र पोटासको कमी देखिएको छ ।
माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपरपुरका निमित्त कार्यालय प्रमुख दलबहादुर खड्काले किसानले ल्याएका अधिकांश नमुनामा प्राङ्गारिक पदार्थको मात्रा दुई दशमलव पाँचदेखि तीनसम्म पिएच देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार माटोमा प्राङ्गारिक पदार्थको पिएच पाँचभन्दा बढी देखिए उपयुक्त मानिन्छ ।
नमुना माटोमा अम्लीयपना छ दशमलव पाँच, नाइट्रोजन शून्य दशमलव ११ देखि शून्य दशमलव १२, फास्फोरस ३२ र पोटासको पिचएमान एक सय ११ देखिएको छ । माटोको गुणस्तर कायम राख्नका लागि किसानले घरमै तयार गरिएको गोठेमल, कम्पोष्ट र हरियो मलको प्रयोगमा जोड दिनुपर्ने प्रमुख खड्काले बताउनुभयो ।
“माटोमा अम्लीयपन देखिएका किसानले कृषि प्राविधिकको सल्लाहअनुसार कृषि चुनको प्रयोग गर्...
फैलियो लम्पी स्किन रोगको महामारी
हाम्रो देस नेपालमा पनी गाईभैँसी लाग्ने लम्पी स्किन रोगको महामारी फैली सकेको छ । प्राय गाउँ गाँउमा यस रोगका बारेमा जानकारी नहुादा पनी पशुपालकहरु लाइ समस्या परेको छ । हाम्रो देसको ७७जिल्ला मध्ये ७६ वटा जिल्लामा यो रोग फैलिसकेको हुँदा उक्त रोगको नियन्त्रण तथा रोकथामका लागि “आक्रामक कदम” चाल्न नेपाल पशु चिकित्सा परिषद्ले सम्बन्धित निकायहरूलाई सुझाव समेत दिएको छ।प्रिषदले तत्कालका लागि लम्पी स्किन रोग नियन्त्रण आदेश जारी गरी प्रभावकारी रूपमा उपचार, रोकथाम तथा नियन्त्रण गर्न आवश्यक व्यवस्था मिलाउन पर्ने,प्रतिकार्यका क्रियाकलापलाई थप समन्वय तथा संयोजन गर्न सङ्घीय स्तरमा लम्पी स्किन कन्ट्रोल रूम स्थापना गर्नेसङ्क्रमण देखिएका सबै स्थानीय तहमा कम्तीमा एक पशुचिकित्सक र पशुस्वास्थ्य प्राविधिकको टोलीसहित ¥यापिड रेस्पोन्स टीम अविलम्ब परिचालन गर्नेसङ्क्रमणदर उच्च देखिएका जिल्लाहरूमा पर्याप्त औषधि राख्ने
...
कुरिलो खेतीप्रति आकर्षण बढ्दो
गल्याङ, २१ असार (रासस) : पछिल्लो समय स्याङ्जाका किसान कुरिलो खेतीप्रति आकर्षित हुँदै गएका छन् । औषधिय गुण भएको कुरिलोको बजार मूल्य राम्रो भएपछि यहाँका किसान कुरिलो खेतीतर्फ आकर्षित हुँदै गएका हुन् । जिल्लाको पुतलीबजार, भीरकोट, वालिङ, चापकोट र गल्याङ नगरपालिका, फेदिखोला, आँधीखोला, बिरुवा, अर्जुनचौपारी, हरिनास र कालीगण्डकी गाउँपालिकामा कुरिलोको व्यावसायिक तथा निर्वाहमुखी खेती हुँदै आएको छ । यसमध्ये कालीगण्डकी र हरिनासमा कम खेती हुने गरेको छ । भीरकोट नगरपालिका–४ गैराथोकका रामचन्द्र रेग्मीले एकवर्ष अघि छायाछेत्र एग्रो एण्ड फार्म हाउस प्रालि दर्ता गरेर कुरिलो खेती सुरु गर्नुभएको थियो । उहाँको खेती अहिले फस्टाउँदै गएको छ । नौ रोपनी क्षेत्रफलमा फैलिएको फार्ममा कुरिलोसँगै स्टावेरी, मेवालगायत फलफूल पनि लगाउँदै आउनुभएको छ । रेग्मीले दैनिक १० किलोभन्दा बढी कुरिलो बिक्री गर्ने गरेको बताउनुभयो । “सिजन ...
कृषी र पशुपालनबाट समृद्ध बन्दै चौतारा
रुपक पुरी / चौतारा
नेपाल कृषिप्रधान मुलुक भए पनि बर्सेनि अर्बाैं रुपैयाँको खाद्यान्न, फलफूल, माछामासु र तरकारी आयात भइरहेको छ । तीनै तहका सरकारले कृषि र पशुपालनलाई प्राथमिकतामा राखेपनि कृषिक्षेत्र अझै पनि व्यावसायिक हुन् सकिरहेको छैन । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले भने कृषि र पशुपालनमा बजेट बढाएर कृषकलाई अनुदान दिँदा नगर अहिले कृषि र पशुपालनबाट समृद्ध बन्ने लयमा पुगेको छ ।
कृषककै लागि भनेर नगरपालिकाले अनुदानको व्यवस्था गरेको छ । कृषि र पशुपालन क्षेत्रमा नगरले गरेको महत्वपूर्ण काम भनेको उन्नत जातका बिउबिजन वितरण तथा कृषकलाई तालिम दिनु हो । नगर कृषिमा यन्त्रीकरण गर्न सफल भएको नगरपालिकाको उपप्रमुख सिता थापाले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षमा मात्रै नगरपालिकाले नगरमै बोलाएर ५६ जना कृषकहरुलाई ट्याक्टर तथा अन्य कृषि समाग्री वितरण गरेको छ ।
कृषि शाखा प्रमुख रामहरी दाहालका...
कफी पकेट क्षेत्र बनाउँन नगरपालिका तयार
कृषि, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा सँँगाचोकगढी नगरपालिकालाई कफी पकेट क्षेत्र बनाउँनका लागी नगरपालिका तयार रहेको नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले बताउँनु भएको छ । जिल्ला कफी सहकारी संघ सिन्धुपाल्चोकद्धारा आयोजित कफी यान्त्रीकरण सामाग्री बितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सापकोटाले यस्तो बताउँनु भएको हो । कृषी ज्ञान केन्द्रको सहयोगमा र कफी सहकारी संघको आयोजनामा सुकुटेमा भएको कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै सापकोटाले स्थानीय स्तरमा हुने उत्पादनलाई प्राथमिकता दिएर स्थानीय स्तरमा नैअर्गानीक कफी उत्पादन गरी जापान लगाएतका बिदेसमा पैठारी गरेको देख्दा आफूलाई खुशी लागेको बताउँदै आगामी दिनमा कफी उत्पादनमा नगरपालिकाबाट हुन सक्ने सहयोग गर्ने समेत बताउँनुभयो । यसैगरी कार्यक्रमको बिशेष अतिथी वडा नं. १० का वडाअध्यक्ष निल बहादुर तामाङ (सुमन) ले आफ्नो वडामा यसरी अन्तराष्ट्रिय स्तरमा नै प...
लभ एण्ड होप नेपालद्वारा ट्रयाकसुट र ब्याग वितरण
लक्ष्मी श्रेष्ठ/चौतारा
चौतारा साँगाचोकगढी नगरपालिका – ९ का विभिन्न विद्यालयहरुमा लभ एन्ड होप नेपाल संस्थाद्धारा बालबालिकहरुलाई स्कूल ब्याग र ट्रयाकसुट वितरण गरेको छ । ९ नं. का वडाध्यक्ष विमल श्रेष्ठको पहलमा कोदारीको दिक्पाल आधारभूत विद्यालय, सात कन्या कालिका देवी आधारभूत विद्यालय र सेतीदेवी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई होप नेपाल संस्थाका सञ्चालक एवं समाजसेवी शम्भु पोखरेलले उक्त सामग्री वितरण गरेको हो ।
समाजसेवी शम्भु पोखरेलले आफ्नो जिल्ला र गाउँमा बालबालिकाहरुको लागि आगमी दिनहरुमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष विमल श्रेष्ठले होप नेपाल संस्थाका सञ्चालक शम्भु पोखरेल संस्थाको सञ्चालक मात्र नभएर सामाजिक अभियन्ता समेत रहेको भन्दै संस्थाको निस्वार्थ सेवाभावको प्रशंसा गर्नुभयो । विद्यालय तथा वडाको तर्फबाट उहाँले गरेको सहयोगप्...
अनुदानमा किसानलाई प्लास्टिक टनेल
सुनकोशी गाउँपालिकाले कृषि उत्पादन बढाउनर मौसमी र बेमौसमी तरकारी खेती तर्फ आर्कर्षित गर्ने उदेश्यले कृषकहरूलाई प्लाष्टिक टनेल वितरण गरेको छ ।
कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ कृषकहरूको मागका आधारमा ७५ प्रतिशत अनुदानमा प्लाष्टिक टनेल वितरण गरिएको हो । व्यक्तिगत,कृषि समूह, कृषि सहकारी, कृषि फर्महरू सञ्चालन गरेका कृषकको मागका आधारमा २ सय ६ वटा प्लाष्टिक टनेल वितरण गरिएको छ ।
टनेल वितरण गर्दै सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले व्यावसायिक कृषि पेशामा लाग्न कृषकहरूलाई आग्रह गर्नुभयो ।
अध्यक्ष तिमिल्सिनाले उत्पादनमुखी कृषि पेशामा लागेका कृषकहरूलाई गाउँपालिकाले सहयोग गर्ने बताउँदै कृषि पेशाबाट स्वरोजगार बन्न आग्रह गर्नु भयो । गाउँपालिकाको उपाध्यक्ष कान्छी लामाले वितरण गरिएको टनेलको सही सदुपयोग गरेर आय आर्जनमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।
प्रतिपिस टनेलको मूल्य ४३सय...
अनुदानमा मिनी टिलर बितरण
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका – १४ डडुवामा जेठमा मात्र तिन दर्जन भन्दा बढी मिनीटिलर खेत जोत्ने ट्याक्टर र औषधी छर्ने पम्प अनुदानमा बितरण गरिएको छ । स्थानीय स्तरमा उतपादीत खाद्यन्नको सदुपयोग गर्दै बिद्यालय दिवा खाजा व्यवस्थापनको शुरुवात गरेको नेत्रज्याती कृषी सहकारी संस्थाले पछिल्लो समयमा नगरका सबै खाले खेती योग्य जमीनको सदुपयोग गरेर खेती गर्ने धारणा अगाडी सारेसँगै वडा कार्यलयले पनी भारी मात्रामा ट्याक्टर बितरण गरेको हो । कृषी ज्ञान केन्द्र धुलिखेलको आर्थीक सहयोगमा नेत्रज्योती कृषी सहकारी संस्थाले मिनी टिलर बितरण गरे सँगै १४ नं. वडा कार्यलयले पनी आइतबार २० वटा मिनी टिलर अनुदानमा बितरण गरेको छ । अनुदानमा मिनी टिलर र ब्यट्र्री स्पेयर बितरण गर्दै वडा अध्यक्ष उद्धब प्रसाद नेपालले जँहा बाट जसले अनुदानमा बाँडेको भए पनी सबैलाई समान रहोस भनेर वडाले एक पटक पनी अनुदान नपाएकालाई प्...
कृषिमा आत्मनिर्भर बनाउने योजनामा छौँ– मेयर सापकोटा
निर्मल बस्नेत
चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ कुबिण्डेमा करिब १६ करोडमा निर्माण हुन लागेको चिस्यान केन्द्रको उद्घाटन गर्दै नगरप्रमुख (मेयर) कृष्णप्रसाद सापकोटा (देशबन्धु) ले बहुसंख्यक मानिसहरु कृषिमा आसृत रहेकोले कृषिमा आत्मनिर्भर बनाउने योजनामा नगरपालिकाले योजना निर्माण गरिरहेको बताउनुभएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका ४ कुबिण्डेकमा निर्माण हुदै गरेको चिस्यान केन्द्रको भवनको सिलान्यास गर्दै नगरप्रमुख सापकोटाले नगरको गौरबको योजनाको रुपमा अघि सरिएको तर्क गर्नुभएको छ । उहाँका अनुसार चौतारा,बलेफी र जुगल गाउपालिको कृषिजन्य उत्पादनलाई भण्डारण गरि उपयोग गर्न सकिने चिस्यान केन्द्रको निर्माणका लागि निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा र सांसद माधब सापकोटा सुवोधको समेत परिकल्पना भित्रको योजना रहेको बताउनुभयो ।
उहाँले नगरले अघि सारेको गौरबको योजनाहरुमध्ये चिस्यान केन्द्र पनि एक भएको ट...
