प्रमुख सचेतक कुमारी द्धारा सरकारको समर्थन नभएको प्रदेस प्रमुखलाइ पत्र
हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाग्मती प्रदेशसभा प्रमुख सचेतक कुमारी तामाङले बागमती प्रदेस सरकारमा सहभागी हुने तथा समर्थन गर्ने बिषयमा कुनै पनी निर्णय नभएको हुँदा संसदीय दलको नामबाट दिएको भनेको पत्रमाथी कुनै कार्बही नगर्न अनुरोध गर्नु भएको छ । उँहाले संसदीय दलको बैठकबिनै दलका नेता उद्धव थापाले एमालेका प्रदेशसभा सदस्य किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन गर्दै प्रदेश प्रमुखसमक्ष बुझाएको पत्रमाथि कुनै कारबाही अघि नबढाउन भन्नु भएको हो ।प्रदेश प्रमुखलाई पत्र लेख्दै प्रमुख सचेतक तामाङले संसदीय दलको औपचारिक बैठक नै नबसी दलका नेताले व्यक्तिगत लेटरप्याड प्रयोग गरी मुख्यमन्त्रीमा समर्थन गरेको पत्र बुझाएको विषय सञ्चारमाध्यमबाट जानकारी पाउँदा आफूहरू आश्चर्यचकित भएको उल्लेख गर्नु भएको छ् ।तामाङले पार्टीको निर्णय र वृहत्तर हितविपरीत स्वेच्छाचारी ढङ्गबाट अघि बढेको भन्दै संसदीय दलका न...








