सम्पर्क

ब्रेकिङ न्युज १

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला अन्त्य गरेर सहमतिका साथ अघि बढ्न आह्वान गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आफ्ना भनाइ राख्नेक्रममा उहाँले सदनलाई मर्यादित रुपमा अगाडि बढाउन सबै दलहरु जिम्मेवार बन्नुपर्ने बताउनुभयो । “सदनलाई मर्यादित रुपमा अगाडि बढाऔँ । सदनमा झडपको अवस्था सिर्जना हुनु राम्रो होइन, देशलाई आशा र भरोसा जगाउन सबै जिम्मेवार बनौँ । हूलहुज्जत र बल मिचाइले सदन चन्दैन”, उहाँले भन्नुभयो । सहकारी संस्थाहरुको रकम अपचलन भएको विषयमा संसदीय छानबिन समिति गठन गर्दा व्यक्तिविशेषलाई केन्द्रित नगरी समग्र समस्या हल गर्नेगरी गरिनुपर्ने उहाँको भनाइ छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री लामिछानेलाई विभिन्न सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लगाउँदै आएकामा लामिछानेले भने त्यसको प्रतिवाद गर्नुभयो । “सहकारीका विषयमा अदालतमा...

हिमालयन लघुवित्तद्वारा बिमा दाबी रकम भुक्तानी

ब्रेकिङ न्युज १, समाचार
हिमालयन लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय किउल सिन्धुपाल्चोकले बीमा दाबी भुक्तानी गरेको छ । सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका वडा नं ०२ स्थित केन्द्र नं ००७ समूह नं १ मा रहनु भएको सदस्य पवित्रा कार्की घर्तीको श्रीमानको मृत्यु पश्यात सदस्यलाई बीमाको क्षतिपूर्ति रकम उपलब्ध गरेको छ । सदस्यले संस्थाबाट ५० हजार कर्जा लिएकोमा श्रीमानको मृत्यु पश्यात संस्थाको नियम अनुसार ५० हजार बीमा रकम र काजक्रिया खर्च बाफत कर्जाको २५% हुन आउने रकम १२ हजार पाँच सय जम्मा गरेर ६२ हजार पाँच सय रकम चेक मार्फत शाखा प्रमुख सक्षम घोरसैनीले उपलब्ध गराउनु भयो ।...

सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
गण्डकी, ६ जेठ : पोखरा महानगरपालिका–१६ अर्मलाका महिलाहरू सामूहिक कृषितर्फ आकर्षित भएका छन् । प्रगति कृषि समूह गठन गरी जग्गा भाडामा लिएर महिलाहरू सामूहिक कृषिखेतीमा लागेका हुन । समूहकी अध्यक्ष चिनमाया सुवेदी श्रेष्ठले दुई रोपनी जग्गामा मौसमअनुसार आलु, मुला, केराउ, काँक्रोलगायतका नगदेबाली गर्दै आएका र वर्षाको समयमा सोही जग्गामा परीक्षणकारूपमा विभिन्न छ जातका धान रोप्ने तयारी भइरहेको बताउनुभयो । “स्यालघारी फाँटको जग्गामा यतिखेर लटरम्म काँक्रा फलेका छन् । फागुन महिनामा लगाएका भक्तपुरे जातको काँक्राका एक सय ३२ वटा बिरुवाले उत्पादन दिन सुरू गरेका छन् । वैशाखको अन्तिम सातादेखि उत्पादन सुरू भएको काँक्रा बिक्रीबाट रु १५ हजारभन्दा बढी आम्दानी गर्न सफल भएका छौँ”, अध्यक्ष सुवेदीले भन्नुभयो । हाल प्रतिकेजी ८० मा बारीबाटै काँक्रा बिक्री हुने गरेको छ । उहाँले समूहमा आवद्ध महिलाहरूले नै बारीबाट काँक्रा खरि...

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित : अध्यक्ष बस्नेत

ब्रेकिङ न्युज १, विचार, समाचार
रौतहट, ५ जेठः प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र मानवजीवन सुरक्षित हुने धारणा राख्नुभएको छ ।तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा आयोजित ‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानअन्तर्गत आज रौतहटको चन्द्रपुर नगरपालिका—९ चेतनगर, मरधर, सिन्धुरेघारीमा भएको वृक्षारोपण कार्यक्रममा अध्यक्ष बस्नेतले त्यस्तो धारणा राख्नुभएको हो । उहाँले जलवायु परिवर्तनका कारण नेपालमा गम्भीर असरले परिरहेकाले यसको न्यूनीकरणका लागि सञ्चारमाध्यमले पनि सचेतनावृद्धिमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव गोबिन्द चौलागाइले समाजमा रहेका प्रत्येक नागरिकले आफ्नो जन्मदिनमा कम्तिमा एउटा बिरुवा रोपेर पर्यावरण जोगाउन सकारात्मक सन्देश फैलाउनुपर्ने बताउनुभयो । उहाँले अभियानलाई देशका ७७ जिल्लाका सात सय ५३ स्थानीय तहमा पुर्याउन आवश्य...

२०८४ मा एमालेलाई एक नम्बर बनाउन आन्तरिक समस्या अन्त्य गर्नुपर्छ: मन्त्री चौधरी

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
देबीका क्षेत्री मगर,सुनसरी, ५ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य भगबती चौधरीले आगामी २०८४ को निर्वाचनमा पार्टीलाई एक नम्बरको बनाउनका निम्ति पार्टीभित्रका आन्तरिक समस्याको अन्त्य गर्दै एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभएको छ ।नेकपा एमाले सुनसरी जिल्लाको आठौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो । सुनसरी जिल्ला हरेक हिसाबले सम्पन्न जिल्ला भएको भन्दै पार्टीको अवस्था पनि राम्रो भएको जिल्ला भएकाले पार्टीभित्र रहेका केही आन्तरिक समस्या हल गर्न सकेमा आगामी निर्वाचनमा पार्टीलाई एक बनाउन कुनैपनि तत्त्वले रोक्न नसक्ने बताउनुभयो ।  अहिले पनि संघ र प्रदेशको सरकारमा कुनै न कुनै रूपमा एमाले नेतृत्वमा रहँदै आएको भन्दै उहाँले सरकारको नेतृत्वमा बसेका मुख्यमन्त्री, मन्त्रीहरूले जनताले आस गरेको परिणाममुखी कामहरू, जनताले आस गरेको कामहरू ग...

आय आर्जनको काममा ध्यान दिन नगर प्रमुख तामाङको आग्रह

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
देवराज सुबेदी मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले तालिम, गोष्ठी जस्ता कार्यक्रम भन्दा पनि आयआर्जनसंग सम्बन्धित काममा लाग्न आग्रह गर्नुभएको छ । नगरपालिका स्तरीय दलित साझा सञ्जाल मेलम्चीको आयोजना तथा मेलम्ची नगरपालिकाको सहयोगमा आयोजित २ दिने दलित हक र अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रमको शनिबार मेलम्चीमा उद्घाटन गर्नुहुदैँ प्रमुख अतिथि तामाङले सिपमुलक तालिम लिएर आय —आर्जनका काममा लाग्नेलाई नगरले सहयोग गर्ने बताउनुभयो । हरेक वडा सदस्य तथा कार्यपालिकामा रहेका सदस्यहरुले दलित अधिकारका लागि के के गरे, योजनाहरुको लागि कति प्रयत्न गरेको छ चासो राख्नु पर्नेमा समेत उहाँले जोड दिनुभयो । आगामी दिनमा दलित हक अधिकार तथा विकास निर्माणका कार्यको बारेमा जनप्रतिनिधिले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।उहाँले आगामी बर्ष आय आर्जन वृद्धि तथा अन्य उपयोगी कार्यक्रम ल्याएमा दलितका लागि बजेट थप गर्ने प्रतिवद...

चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको शिलान्यास

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोकको गोसाइँकुण्ड मार्ग सडकको आज शिलान्यास गरिएको छ । हेलम्बु गाँउपालिकाको चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलाल शरदले एक कार्यक्रमका बिच शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दुलालले समयमै काम सम्पन्न गराउन लागी स्थानीयलाई उल्लेख्य सुधार गर्न आग्रह गर्नुभयो । निर्माण व्यवशायीलाई सहज रुपमा काम गर्ने वातावरण बनाउने जिम्मा स्थानीयको भएकाले आवश्यक सहयोगको लागी आग्रह गर्नुभयो । मन्त्री दुलालले हेलम्बुमा सडक विकासको प्रारम्भ भएकाले अब विकासको कामले गतिलिने बताउनुभयो । प्रदेशले मेलम्ची ग्याल्थुम,किउल तिम्बु हुँदै मेलम्ची घ्याङ सडकलाई प्रदेशले गुरु योजनाको रुपमा अगाडी बढाएको भन्दै अहिले तत्कालै मेलम्ची खानेपानीले हेर्ने भएकाले बजेट हालेर काम गर्न कानुनी जटिलता भएपनि विभिन्...

सुनसरी औराबनीका २० घरपरिवार भूमिहिनलाई भवन निर्माण गरी हस्तान्तरण

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
  देबीका क्षेत्री मगर ,सुनसरी, ४ जेठ । सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ झोराटोल औराबनीस्थित विपन्न परिवारका २० घरपरिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आज एक कार्यक्रमकाबिच उक्त बस्तीमा निर्माण भएको भवन परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।त्यहाँस्थित भूमिहीन दलित/आदिवासी जनजाति तथा अति विपन्न परिवारहरूका लागि सुरक्षित भूमि (भूमिहीन परिवारलाई भूमिको स्वामित्व हस्तान्तरण गर्ने गरी) र सुरक्षित आवास निर्माण गर्ने उद्देश्यले सुरक्षित आवास परियोजना अन्तर्गत गढी गाउँपालिका औराबनी, ह्याविट्याट फर ह्युम्यानिटी इन्टरनेशनल नेपाल र सङ्कल्प नेपालले संयुक्त रूपमा उक्त भवन निर्माण सम्पन्न गरेको हो ।गढी गाउँपालिकाले उपलब्ध गराएको जग्गामा भवन निर्माण गरी विपन्न परिवारलाई हस्तान्तरण गरिएको हो । २०७९ पुस २० गते सम्झौता भएको उक्त...

सन्दर्भ विश्व दूरसञ्चार दिवस : डिजिटल डिभाइडको अन्त्य गर्न डिजिटल पूर्वाधार अपरिहार्य

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, ४ जेठ (रासस) : आज अर्थात् मे १७ मा हरेक वर्ष विश्व दूरसञ्चार दिवस मनाइन्छ । यो वर्ष पनि विश्वव्यापीरुपमा विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइएको छ । विश्वव्यापीरुपमा ‘दिगो विकासका लागि डिजिटल नवप्रवर्तन’ भन्ने नाराका साथ यो दिवस मनाइएको छ । यो दिवसकै अवसरमा नेपालमा दूरसञ्चारको दिगो विकाससम्बन्धी सम्मेलन आयोजना गरेर मनाइएको छ । विद्यमान दूरसञ्चार बजारमा देखिएका चुनौती, दूरसञ्चार क्षेत्रको दिगो विकासका लागि नियमन सम्बन्धमा नेपाल सरकारबाट चाल्नुपर्ने कदम र नवीनतम् दूरसञ्चार प्रविधिले प्रदान गरेका अवसरहरुका माध्यमबाट आम नागरिकको जीवनस्तरमा सुधार ल्याउन के गर्न सकिन्छ भन्ने आजको हाम्रो ज्वलन्त सवाल हो । यसमा स्पष्ट रणनीति तय गरेर अगाडि बढ्न यस्ता दिवस र सम्मेलनहरु सरकारका लागि सहयोग हुने गर्दछन् । नेपाल विश्व दूरसञ्चार सङ्घ (आइटियु) को सदस्य राष्ट्र हो । नेपालको दूरसञ्चार क्षेत्रक...

पत्रकारको कार्यक्रममा उद्घाटनको फरक शैलीः आचारसंहिता पालना गर्ने सामूहिक प्रतिबद्धता

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता पालनामा सामूहिक प्रतिबद्धता गराउँदै जागरण कार्यक्रम सम्पन्न गरेको छ । मङ्गलबार भक्तपुरको डोलेश्वरमा काउन्सिलद्धारा आयोजित कार्यक्रमको उद्घाटनमै सबै सहभागीले समाचार सम्प्रेषण गर्दा पत्रकार आचारसंहिताको पूर्णपालना गर्ने र गराउने सामूहिक प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘पत्रकार आचारसंंहिताको पूर्ण पालना गर्न र गराउन हामी प्रतिबद्ध छौँ’, उद्घाटनका क्रममा सहभागी सबै पत्रकारले भने । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासङ्घ भक्तपुरको समन्वयमा भएको युट्युब, अनलाइनसहित पत्रकारिताका चुनौती र आचारसंहिताका सवाल कार्यक्रममा सहभागी भएका विभिन्न समाचार माध्यमका सम्पादक, पत्रकार तथा सञ्चारकर्मीले यस्तो प्रतिबद्धता जनाए । कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाचार सम्प्रेषण गर्ने नाममा पत्रकारलाई गल्ती गर्ने छुट नभएको ब...