हिमालयन लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय किउल सिन्धुपाल्चोकले बीमा दाबी भुक्तानी गरेको छ । सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका वडा नं ०२ स्थित केन्द्र नं ००७ समूह नं १ मा रहनु भएको सदस्य पवित्रा कार्की घर्तीको श्रीमानको मृत्यु पश्यात सदस्यलाई बीमाको क्षतिपूर्ति रकम उपलब्ध गरेको छ ।
सदस्यले संस्थाबाट ५० हजार कर्जा लिएकोमा श्रीमानको मृत्यु पश्यात संस्थाको नियम अनुसार ५० हजार बीमा रकम र काजक्रिया खर्च बाफत कर्जाको २५% हुन आउने रकम १२ हजार पाँच सय जम्मा गरेर ६२ हजार पाँच सय रकम चेक मार्फत शाखा प्रमुख सक्षम घोरसैनीले उपलब्ध गराउनु भयो ।
