राष्ट्रिय बाल नाटक मेलाको सम्पूर्ण तयारी पुरा
काठमाडौं । बालबालिकामा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित राष्ट्रिय बाल नाटक मेलाको दोश्रो संस्करण यही फागुन १८ गतेदेखि हुने भएको छ । नाट्यकर्मी महासंघ नेपालको आयोजनामा हुन गइरहेको बाल नाटक मेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।२ महिना अगाडीबाट देशभरबाट आएका नाटकहरु मध्ये उत्कृष्ट नाटकहरु छनौट गरी फाइनल चरणका नाटकहरु छनौट गरिएको आयोजक नाट्यकर्मी महासंघका केन्द्रीय अध्यक्ष राजेन्द्र रिमालले बताउँनु भयो । ‘दोश्रो चरणको बाल नाटक मेलाको सम्पूर्ण तयारी पुरा भएको छ । हामीले देशभर खुल्ला आब्हान गरी नाटकहरु माग गरेकोमा उत्कृष्ट ११ वटा नाटक फाइनलका लागि छनौट गरेका छौं ।’ अध्यक्ष रिमालले विद्यालय स्तरबाटै बालबालिकाहरुलाई नाट्य क्षेत्रमा अग्रसर हुन प्रेरित गर्ने उद्देश्यले बाल नाटक मेला हुन लागेको बताउँनु भयो ।मेलामा कक्षा ८ देखि माथि अध्ययनरत विद्यार्थीहरुले ...
