सम्पर्क

स्वास्थ्य

आज दिउँसो देशभर आंशिक बदली हुने

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
काठमाडौँ, ८ जेठ: हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै विहार आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मुख्यतया मौसम सफा र रहेको छभने कोशी ,मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिउँ पर्नसक्नेछ । त्यसैगरी, आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने अन्य बाँकी क्षेत्रमा आंशिक बदली भई मुख्यतया मौसम सफा रहने छ । कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाडी भागका...

चौतारा साँगाचोकगढी नपाद्धारा स्वास्थ्यकर्मीलाई तालिम

ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले नगर भित्रका स्वास्थ्य कर्मीहरुलाई ६ दिने आधारभुत तालिम दिएको छ । समुदायमा आधारित नवजात शिशु तथा बालरोग एकीकृत व्यवस्थापन सम्बन्धी स्वास्थकर्मीहरुका लागि गत जेठ ३ गते विहिबारदेखि तालिम दिइएको नगर स्वास्थ्य शाखा प्रमुख शिव पुरीले जानकारी दिनुभयो ।     उहाँका अनुसार जेष्ठ ३ गते नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा उपप्रमुख सिता थापा, प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने लगाएतको बिशेष उपस्थितीमा सुरु भएको तालिम ८ गते मगंलबार समापन हुने भएको छ । सहभागी स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण दिदै राष्ट्रिय प्रशिक्षक विर बहादुर बोहोराले ५ बर्ष मुनीका बालबालिकाहरुको मृत्युदर कम गर्न, स्वास्थ्य कर्मीहरुको ज्ञान र सिपलाई अध्यावधिक गर्न विरामी परेका बालवालिकाहरुलाई राष्ट्रिय निर्देशिका (परिमार्जित २०७८ं) बमोजिम उपचार र प्रेषण गर्नका लागि र पा...

काभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
काभ्रेपलाञ्चोक, ५ जेठ : काभ्रेपलाञ्चोकको करिब १८ हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइने भएको छ । तत्कालीन अवस्थामा खोप आपूर्ति बन्द भएकाले पोलियोविरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई यही जेठ १३ गतेदेखि दुईहप्ते अभियानमा खोप लगाउन लागिएको हो । विसं २०७३ जेठदेखि २०७५ भदौसम्म नेपालमा सुईमार्फत लगाइने पोलियोविरुद्धको खोप (आइपिभी) आपूर्ति बन्द हुँदा उक्त सङ्ख्याका बालबालिका खोपविहीन बन्न पुगेका जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । विसं २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएका बालबालिकालाई अभियान सञ्चालन गरी जेठ १३ गतेदेखि २६ गतेसम्म ‘फुल–डोज’का रुपमा खोप लगाइने जिल्ला खोप समन्वय समितिका सदस्य–सचिव एवं जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको प्रमुख रागीश्री कक्षपतिले जानकारी दिनुभयो । उहाँका अनुसार खोप अभियान विद्यालयमा सञ्चालन गरिने भएकाले विद्यालय बाहिर रहेका बालबालिकालाई भने समे...

पोलियो रोग विरुद्धको खोप अभियान सम्बन्धी जिल्ला स्तरीय अभिमुखिकरण मेलम्चीमा

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नागरिकको स्वस्थ रहन पाउने अधिकार सुनिश्चितताका लागि खोप अभियान प्रभावकारी हुने बताउनु भएको छ । बिहिबार मेलम्चीमा आयोजित पोलियो रोग विरुद्ध आइ पी भी खोप अभियान सम्बन्धी जिल्ला स्तरीय अभिमुखिकरण तथा योजना तर्जूमा गोष्ठिमा प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै प्रमुख तामाङले स्वास्थ्य क्षेत्रमा आएका समस्या समाधान गर्न आफू प्रतिवद्ध रहेको बताउनु भएको हो । कार्यक्रममा जिल्लाका ९ पा  लिकाका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्य संस्था प्रमुख लगायत सहभागी थिए । सिन्धुपाल्चोकमा जेठ १३ बाट पोलियो रोग विरुद्ध आइ पी भी खोप अभियान सुरु हुने जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाँइले जानकारी दिनुभयो। उहाँले खोप अभियान सफल बनाउन सबैको साथ आवश्यक रहेको बताउनुभयो । ३ पालिका मेलम्ची , चौतारा सागाँचोकगढी र भोटेकोसीका लागि कार्यक्रम यस अघि सुनकोशीमा सम्पन्न...

सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको पुनरुत्थान, आन्तरिक उत्पादन वृद्धि तथा रोजगारी सिर्जनामा जोड दिएको छ । (राष्ट्रपति पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको पूर्णपाठः) प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, सङ्घीय संसद्का माननीय सदस्यहरू, १) सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिको हैसियतले सम्मानित सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा मलाई खुसी लागेको छ । २) यस अवसरमा म सर्वप्रथम नेपाल राष्ट्रको रक्षा, सङ्घीय लोकतान्त्रिक ग...

रोग नलुकाइ डाक्टरलाई भने मात्र समयमा उपचार हुन्छ ः नगरप्रमुख तामाङ

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
आफ्नो शरिरमा लागेको रोग नलुकाइ डाक्टरलाई भने मात्र समयमा उपचार हुने मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले बताउँनु भएको छ । नगरपालिकाको आयोजना र सामुदायिक सेवा प्रतिष्ठान नेपाल भक्तपुरको प्राबिधिक सहयोगमा निशुल्क महिला स्वास्थ्य परिक्षणको उद्धघाटन गर्दै उँहाले यस्तो बताउँनु भएको हो । शिविरको उद्घाटन गर्दै नगर प्रमुख तामाङले नगरवासिलाई स्वस्थ्य राख्न र सहज बनाउन नगर अस्पतालबाट टोल टोलमा,वडा वडामा र समय समयमा विगत देखिनै शिविर गर्दै आएको बताउनुभयो । उहाँले निर्धक्क आफ्ना समस्या नलुकाइ स्वास्थ्यकर्मिलाई भन्न आग्रह गर्दै आफुलाइ परेको समस्या लुकाउँदा उपचारमा समस्या पर्ने बताउँनु भयो । नगर उपप्रमुख उमा प्रधानले विभिन्न समस्याहरु सहेर घरमै बस्ने गर्नाले महिलाहरु अहिले ठुलो पिडामा रहेको बताउनुभयो । आफुमा भएको समस्या लुकाउने ,स्वास्थ्य परिक्षण नगर्ने आफ्नो समस्या अरुलाइ नभन्ने कारणले निको हुने रोग...

चौतारामा मनोपरामर्श सेवा सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाले सोमबार बिभिन्न कारणले मानसिक समस्यामा परेकाहरुलाई मनोपरामर्श सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम गरेको छ । नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा र उपप्रमुख सिता थापाको अध्यक्षतामा नगरका मानसिक समस्यामा परेकाहरुलाई मनोपरामर्श सेवा प्रदान गरिएको हो । सो अबशरमा नगर प्रमुख सापकोटाले बिभिन्न कारणले जोखिममा परेका ब्यक्तिहरुको समस्याका समधान गर्देै उँहाहरुको हितका लागी आफुले अरु बिषयमा भन्दा बढी समय दिएर नगरबाट गर्न र हुन सक्ने सहयोग गरिरहने बताउँनु भयो । उहाँले यो समस्या रहरले आउँने नभई बाध्यता र मनोवल कमी भएकाहरुमा आउँने भएकोले यसको उपचार सँगै समस्या आउँन नदीनका लागी नगरपालिका लागी परेको बताउँनु भयो । चौतारा साँगाचोकगढी नगरपालिका उपप्रमुख सिता थापाले कसैले पनि नदेख्ने खतारनक समस्या भनेको मानसिक समस्या भएकोले यो समस्या आउँन नदीने...

नेपाल मेडिकल कलेजद्वारा नर्सहरु सम्मानित

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
  काठमाडौं । अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा नेपाल मेडिकल कलेजले नर्सहरुलाई सम्मान गरेको छ । अन्तराष्ट्रिय नर्सिङ दिवसमा विशेष कार्यक्रम गर्दै कलेजले १० वर्षदेखि कार्यरत स्टाफ नर्स तथा इन्चार्जहरुलाई सम्मान गरेको हो ।नर्सहरुलाई सम्मान गर्दै कलेजका प्रबन्ध निर्देशक प्रा।डा। जैनुद्धिन अन्सारीले मानवीय सेवामा समर्पित नर्सहरु सम्मानको हकदार भएको बताउनु भयो । कुनैपनि बिरामी पूर्णरुपमा निको हुन नर्सहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै प्रबन्ध निर्देशक प्रा।डा। अन्सारीले कलेज परिवार नर्सिङ पेशामा समर्पितहरुको हक अधिकार र सम्मानका लागि सदैव सकारात्मक रहेको बताउनु भयो । ‘तपाईहरुको कारण नै अस्पताल चल्छ । तपाईहरुको सेवाबाट नै बिरामी पूर्ण निको हुन्छन् । मानवीय सेवामा समर्पित तपाईहरु सम्मानको हकदार हुनुहुन्छ ।’ उहाँले भन्नुभयो ।कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल प्रा।डा। प्रमोदकुमार क्षेत्...

जल्केनी मोडमा मोटरसाइकल दुर्घटना १ जनाको मृत्यु, एक घाईते

ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगर पालिका ८ स्थित स्थित दियाले भन्ने स्थानमा मोटर साइकल दुर्घटनामा परी वडा ७ को ईन्दिरा अधिकारीको मृत्यु भएको छ । वनदेउ चौतारा सडक खण्डस्थित जल्केनी दियाले मोडमा चौतारा तर्फबाट बन्देउ तर्फ जाँदै गरेको टिपर विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकआपसमा भेट हँुदा मोटरसाईकल अनियन्त्रीत भइ पल्टिँदा अधिकारीको मृत्यु भएको जनाइएको छ । वनदेउबाट चौतारातर्फ आउदै गरेको प्रदेश ३–०२–००६ प. ९५३९नं. को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१–००६ ख. २७१६ नं. को टिपर भेट हुँदा मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ भने टिपर चालक चौतारा साँगाचोक गढी न.पा. ११का मनोहरी गिरी लाइ प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।प्रहरीकाअनुसार मृत्यु हुने अधीकारी मोटरसाइकलको पछाडि सवार रहनु भएको थियो भने उहाँका श्रीमान् सन्तोष दुलालले मोटरसाइकल चलाउँनु भएको थ...

सामूहिक आमरण अनशनसँगै संयुक्त संघर्ष समितिको मौन जुलुस,

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
राष्ट्रिय संयुक्त संघर्ष समितिले विभिन्न १८ बुँदे मागसहित काठमाडौँको कलङ्कीमा सामूहिक सत्याग्रह सुरु गरेका छैटौं दिनमा कालो पट्टी बाँधी कलंकी चोकमा मौन जुलुस गरेको छ ।अनशन बसेको आज छैटौं दिन सम्म पनी सरकारका तर्फबाट कुनै उपस्थिति भएको छैन ।   अनशनकारीको अवस्था दिनप्रतिदिन नाजुक हुँदै गएको अवस्था छ । जनताको पिडा र आम नागरिकको समस्यामा सहन नसक्ने भयो भन्दै कलंकी चोकमै आन्दोलनकारीले रुँदै आफ्नो पिडा व्यक्त गरेका थिए ।अन्धो सरकार आँखा खोल, कलंकीमा बसेका आमरण अनशनकारीको मागहरू पुरा गर , युवा बेच्न बन्द गर जस्ता पम्पपेलेट टासी आँखामा कालो पट्टी बाँधेर गरिएको मौन जुलुस कलंकी चोकमै कोड सभामा परिणत भएको हो ।स्वर्ग जस्तो देशका नागरिक आज बाच्नकै लागी बिदेशिनु पर्ने, आफ्नै देशमा केहि गरेर खान्छु भन्दा काम गरि खाने वातावरणा नदिने, दिनप्रतिदिन नेपाली नागरिक पलपलमा मर्नुपरेको आन्दोलनकारीको  आरोप छ । ह...