आगामी जेठ १३ गतेदेखी सूरु हुने पोलियो बिरुद्धको खोप अभियानमा सिन्धुपाल्चोक जिल्लाका १० हजार भन्दाबढी बालबालिकालाई लक्षित गर्दै पोलियो विरुद्धको खोप लगाउने भएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख डा. दुर्गा बजगाईले २०७३ वैशाख देखि २०७५ असोज महिनासम्म जन्मिएका १० हजार भन्दा बढी बालबालिका लागि लक्षित गर्दै खोप अभियान सुरु गर्न लागेको जानकारी दिनुभयो । खोप अभियान जेठ १३ गते देखि १७ गतेसम्म सञ्चालन हुने भएको छ ।
पोलियो रोग बिरुद्ध आई.पि.भि खोप अभियान २०८१ को सम्बन्धि जिल्ला स्तरिय पुर्ण खोप दिगोपना समन्वय समिति तथा सरोकारवालाहरुको बुधबार बसेको बैठकमा उँहाले यस्तो जानकारी दिनुभएको हो । जिल्ला समन्वय समितिका प्रमुख तथा खोप समन्वय समितीका अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा जिससका उप प्रमुख पदम नेपालले सहभागिहरुलाई स्वागत गर्दै हरेक वडा हरेक घरमा यो अभियानमा लान पर्ने बताउनु भयो । साहयक परमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीले यो सबैको साझा कार्यक्रम भएकोले जनस्वास्थ्य कार्यालयको मात्र भर पर्न नहुने बताउँदै सबैले सहयोग गरेर अभियान सफल पार्न लागि पर्नुपर्ने बताउँनु भयो ।
जिल्ला शिक्षा समन्वय समितिका प्रमुख कृष्ण सुवेदीले हरेक बालबालिकालाई लगाईने हरेक प्रकारका खोप कार्यक्रममा शिक्षकहरुको समन्वयकारी भुमिका महत्वपुर्ण रहेकाले यो अभियानमा पनी जिल्लाका सबै बिद्यालयहरुले सहयोग गर्ने बताउँनु भयो । चौतारा साँगाचोकगढी नगरपालिका– ५ का वडा अध्यक्ष शिव श्रेष्ठले वडा स्वास्थ्य कार्यालयहरुमा यो खोप सम्बन्धी छलफल गरि अभियानलाई फिल बनाउँन लागि परेको बताउँनु भयो ।
नगर सामाजिक बिकास समितिमा संयोजक तथा वडा नं. १३ का वडाअध्यक्ष राम प्रसाद गौतम लगाएत सरोकारवालाहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता गरिरहनु भएको समन्वय प्रमुख बालकृष्ण श्रेष्ठले राज्यले सबै नागरिकको स्वास्थ प्रती ख्याल गरेर यो अभियान चलाएको बताउँदै सबै स्थानीय सरकार संघ संस्थाहरुले यो अभियानलाई सफल पार्न पर्ने बताउँनु भयो । यसैबिच खोप कार्यक्रम चौतारा साँगाचोकगढी नगरपालिकाको कृष्ण रत्नगंगा माबिबाट सुरु गरिने डा. दुर्गा बजगाईले बताउनु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाद्वारा आयोजित पोलियो बिरुद्धको खोप अभियान सम्बन्धि अभिमुखिकरण कार्यक्रममा खोप अभियानका बारेमा जानकारि दिदै उहाँले यस्तो बताउँनु भएको हो । चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख कृष्ण पणरसाद सापकोटा, विशेष अतिथि उपप्रमुख सीता थापा रहनु भएको अभिमुखिकरण कार्यक्रममा नगरका बिद्यालयका प्रअहरु स्वास्थ्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
