क्रिकेट रंगशालाहरू प्राथमिकतामा राखेर काम अगाडि बढाएको छु ः खेलकुदमन्त्री चौधरी
३ भदौ, काठमाडौं। युवा तथा खेलकुदमन्त्री तेजुलाला चौधरीले क्रिकेट खेलाडीका लागि भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताउँनु भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार काठमाडौंको सोल्टी होटलमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताउँनु भएको हुो ।नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गर्दै उँहाले ’क्रिकेट रंगशालाहरू बनाउनको लागि प्राथमिकतामा राखेर धमाधम काम अगाडि बढाएको छु। धनगढी क्रिकेट रंगशाला, चितवनको अन्तराष्ट्रिय क्रिकेट रंगशालालगायतका खेल पूर्वाधारहरू मेरै पालामा सुरू गर्छु।’ भन्नु भयो । उहाँले क्रिकेटका लागि धनगढीमा बन्न लागेको क्रिकेट रंगशाला सभ्य र भव्य रुपमा निर्माण हुनेमा विश्वाससमेत दिलाउँनु भयो ।मन्त्री चौधरीले नेपालका मुख्य शहरहरूको नाममा आधारित फ्रेन्चाइज प्रणालीमा खेलिने क्रिकेट संघको उद्देश्य एकदमै सराहनीय रहेको भन्दै स्थानीयस्तरबाट क्रिक...
